परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुढ्यौली पन

कविता

इच्छा मानवमा हुँदैन कुनमा भोग्ने सदा यौवन

बोक्दै देश उठाउने र हिँडने फाल्ने सबै उल्झन

देखिन्थ्यो किन हेर विश्ववनमा सर्वत्र पाकाजन

धोई फाल्न सके खुदै च्यवनले जस्तै बुढ्यौलीपन॥१

 

कविता

रामशरण न्यौपाने

आफ्नो देश बनाउने विषयमा लाग्यौँ लगायौँ मन

हुन्थ्यो देश कहाँ स्वतन्त्र सवलै हामी नजागीकन

राख्थ्यौँ देश अझै सके त श्रमले पारेर वृन्दा-वन

धोई फाल्न सके खुदै च्यवनले जस्तै बुढ्यौलीपन॥२

 

वैरी धेर ढले उहाँ विगतमा हाम्रा निसाना परि

किल्लामा चढियो र युद्ध लडियो सङ्घर्ष भारी गरी

इच्छाले कुन भोग्छ दुर्दिन हरे! निस्तेज पारी तन

धोई फाल्न सके खुदै च्यवनले जस्तै बुढ्यौली पन॥३

 

थाप्लोभित्र दिमागमा छ जसको भूलोक नै बाटुलो

अन्य आकर्षणहरू

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

माली हुन् खुद जेष्ठ नागरिक नै 

बूढो ज्यान विचार बुद्धि गुणको हो पाठशाला ठुलो

फेर्थे रीत समस्त यो प्रकृतिको भिर्थे जरा को जन

धोई फाल्न सके खुदै च्यवनले जस्तै बुढ्यौली पन॥४

 

चुत्रो काफल त्यो टिपेर बनको साँधेर खाईवरी

गाइन्थ्यो मधुमास गीत सुरिलो पाखा पखेरा गरी

लाइन्थ्यो नवप्रीत के कहरले कक्रक्क हुन्थ्यो तन

धोई फाल्न सके खुदै च्यवनले जस्तै बुढ्यौली पन॥५

 

गर्दै पौरख देशका उपरमा अर्पी सदा जीवन

नेपाली सब देश-भक्तहरु नै जम्मा गराई कन

सातो खान दलाल भ्रष्टहरुको चुक्थे कहाँ को जन?

धोई फाल्नसके खुदै च्यवनले जस्तै बुढ्यौली पन॥६

छन्द: शार्दूलविक्रीडित

Facebook Comments