परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

धनीराम

गाउँमा सबैका घरमा

कविता

प्रतीक भण्डारी

 

एक छाक टार्न गाह्रो छ

 

उसका घरमा दुई छाक खाेले पाक्छ

 

वर्षमा एकदिन तुर्लुङ झाेल मासु पनि खान्छन् ।

 

अरुका केटाकेटी नाङ्गो खुट्टा हिँड्छन्

 

र, एक त्यान्द्राेले आङ ढाक्छन्

 

उसका घरकाले वर्षमा एकजाेर लुगा फेर्छन् ।

 

वर्षामा अरु सबै छाना चुहिएर ठाउँ सार्दै रात विताउँदा

 

उसको घरकाे चार किनार मात्रै भिज्छ

 

त्यसैले गाउँमा सबै उसलाई हुनेखाने ठान्छन्

 

नाम नै ‘धनीराम’ राखेका छन् ।

Facebook Comments