परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

 अलि विचार गर्नु पर्छ 

जनताको पिर नेताले बुझ्दैन, बुझ्नै मिल्दैन
चुनावको बेला छ भने अलि विचार गर्नु पर्छ।

मानिसको हत्या गर्नु हुँदैन,
सहिद घोषणा गर्न मिल्ने भए अलि विचार गर्नु पर्छ।

चोरी डकैती लुट जस्ता अपराध गर्नु हुँदैन,
आमुल परिवर्तनको लागि हो भने अलि विचार गर्नु पर्छ।

व्यङ्ग्य

चट्याङमास्टर
आफूलाई अरुले जिस्क्याएको कसैलाई मन पर्दैन
तर सालीले जिस्क्याई भने अलि विचार गर्नु पर्छ।

सालीलाई जिस्क्याउँदा मजा आउँछ,
तर आफ्नी सालीलाई अरुले जिस्क्यायो, अलि विचार गर्नु पर्छ।

लोकसेवाबाट आएका कर्मचारीले घुस खानु हुँदैन
संवैधानिक नियुक्ति हो भने अलि विचार गर्नु पर्छ।

घुस पनि प्रक्रिया मिलाएर खाए ठिकै हो
प्रक्रिया नै मिलाएको छैन भने अलि विचार गर्नु पर्छ।

कानुनभन्दा माथि कोही हुदैन
आफूभन्दा कानुन माथि  परे अलि विचार गर्नु पर्छ।

संविधान सबैले मान्नु पर्छ
आफैले पनि मान्नु परे अलि विचार गर्नु पर्छ।

देशमा जुलुस हड्ताल बन्द गर्न हुँदैन
आफु सत्तामा छैन भने  अलि विचार गर्नु पर्छ।

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

ठिक कुरालाई ठिक र बेठिक कुरालाई बेठिक भन्नु पर्छ
आफ्नै नेताले बेठिक गरे अलि विचार गर्नु पर्छ।

 

खाएको ऋण तिर्छु भनेको बेलामा तिर्नु पर्छ
आफैले खाएको ऋणको भने अलि विचार गर्नु पर्छ।

 

जागिर दिँदा छानी छानी योग्यलाई मात्रै दिनु पर्छ
आफुलाई जागिर चाहिएको छ भने अलि विचार गर्नु पर्छ।

 

ट्राफिक नियम सबैले मान्नु पर्छ
आफु हतारमा भएको बेला परे अलि विचार गर्नु पर्छ।

 

असल नेता छानेर भोट हाल्नु पर्छ
आफ्नै श्यामे चुनावमा उठेको छ भने अलि विचार गर्नु पर्छ।
Facebook Comments