परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुढ्यौलीमा पुत्र शोक

कविता (छन्द: शार्दूलविक्रीडित)

कस्तो यो विधिको विधान बनियो छाडेर आमा बुवा
मान्छे भर्खरको समात्दछ हरे भाँच्यो नयाँ आँकुरा
मेरो एक छिमेकको म घटना बिस्तार भन्दै छु यो
आँखा भर्दछ आँसुले गह भरी गाह्राे निकै पो भयो ।१

 

बा आमा अति वृद्ध छन् घर यता सानै छ सन्तान ता
आफू जो छ उमेर दार घरको मात्रै गयो सो उता

बुढ्यौली साहित्य (शृङ्खला — १२)

घनश्याम रेग्मी
बा आमाकन ता विदा दिन यता सन्तान बस्दा हुँदी
सुल्टो शोक हुने थियो भुवनको उल्टो भयो यो गति।२

 

के भो यो कसरी भयो सब कुरा सोध्दै थिए मानिस
बाबा आँसु चुहाइ बर्बर उता खोल्छन् कुराका गठ
जेठो पुत्र भनेर खुब ममता राखी गर्यौं पालन
केही दु:ख थिएन यो सुतकनै पढ्दा र बढ्दातक ।३

 

भर्ती भो पछि फेरि यो पुलिसमा सम्मान कस्तो थियो
माओवाद उठ्यो उही समयमा जागीर छोडी दियो ।
आफन्तैसँग धेर भन्सुन गरी अर्को कुनै काममा
लायौं काम गरेन पूर्ण मनले दुष्टादि साथी हुँदा ।४

 

अन्य आकर्षणहरू

बा-आमा देवता हाम्रा

हाम्रो गणतन्त्र कस्तो होस् ?

बाल कविता – शान्ति गीत गाऊँ

काम केही हुँदैनन्

सन्तान यस्ता न दे

रक्सीको लत जो खराब बहुतै थाल्यो सँगीसाथमा
बानी चौपट भो नशा हुन गयो गाँज्यो त्यसैले यहाँ
ऐले हेर भयो दशा शिव हरे रोएर बस्छौं सबै
रक्सीको लतमा कुनै जन कतै लाग्दै नलागोस् कबै ।५

 

सानो भर्खर बाह्रको छ घरमा यो नाति केटो कठै
के गर्ली बिचरी अबोध छ यता मेरी बुहारी अझै
कस्ता दुःख परे अहो अब यता छोरा र पत्नी कन
बैंसैमा विधवा बनाउन पुग्यो पोल्दो छ भित्री मन ।६

 

अर्को पुत्र विदेशमा छ घरको यो दुःख क्यारी भनौं
आमा धेर अशान्त छे म उसका पीडा कसोरी हरौं
छाती यो छ छियाछिया सुत गयो आउन्न फर्केर सो
रक्सीको लतमा नलाग जन हो लाग्छौ त चोला गयो ।७

 

सारा काम बिगार्छ मानिस खुदै सास्ती सधैं आउने
गल्ती गर्दछ एकले तर सजा धेरै जना पाउने
बानीले परिवारमा दुख भयो लाने उही काल हो
बिथ्थामा अबगाल पर्छ उसमा लाने स्वयं चाल हो।८
Facebook Comments