परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्लास्टिकका झोला 

सामानसँगै सित्तै आउने प्लास्टिकका झोला
घरमा ल्याई नफ्याकेर राख्ने किन होला ?
घरमा सामान झिकेपछि कच्याककुचुक झोला
सबै झोला थिचीमिची हाल्यो अर्को झोला

 

चट्याङ–प्रहार

चट्याङमास्टर
सेता, राता, काला, निला प्लास्टिकका झोला
झोलाभित्र अर्को झोला भित्र अर्को झोला
त्यो भित्र झन् अर्को झोला भित्र झोलै झोला
“कुनै बेला काम लाग्छ” भन्यो राख्यो झोला

 

त्यो चैँ “कुनै बेला” फेरि आउने कहिले होला ?
काम पर्दा नभेटिने ठिक्क चाहिने झोला
एउटा खोज्दा हातभरि पचास ओटा झोला
झड्कालेर तन्काएर छान्नु पर्ने झोला

 

सामानसँगै सित्तै आउने  प्लास्टिकको झोला
जत्रो जत्रो सामान किन्यो, आउने उत्रै झोला
अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

उसले दिँदा चाहिन्न भन्न किन हुन्न  होला ?
इत्रो सामान उत्रो झोला, कत्रो कत्रो झोला !

 

भान्छा नजिक कुनाकाप्चा प्लास्टिकका झोला
झुन्डिएका थिच्चिएका कुच्चिएका झोला
दिक्क लाग्यो भने हेर्नु बिचरा ती झोला
ती झोलालाई सोच्नुहोस् त कस्तो लाग्यो होला ?

 

बाल्यो भने वरिपरि बिषालु दुर्गन्ध
जथाभावी फाल्यो भने ढल निकास बन्द
खोलातिर फ्याँको भने नदी बग्न बन्द
माटोमुनि पुर्‍यो भने बालीनाली बन्द

 

 

प्रदूषण र फोहोर यी प्लास्टिकका झोला
लिन दिन आजैदेखि बन्द गरे होला
एकैछिनको सजिलोले बिग्र्यो सप्पै कुरा
बन्द गर, बन्द गराउ प्लास्टिकका झोला ।
Facebook Comments