परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

माटो बचाऊँ अब

छन्द: शार्दूलविक्रीडित

आए बाज बनेर हेर अरिले झम्टा लगाई दिए
पारे हेमकपोत घायल खुनै आलो बगाई दिए
कैलासै पहुँचेर घुम्न सकिने बाटो बचाऊँ अब
नाङ्गोनाच गरेर भेदन गरे माटो बचाऊँ अब॥१

 

कविता

रामशरण न्यौपाने
धर्ती नै परिधान देश यसको आधार हो शान हो
धर्ती मन्दिर प्रेमको विजयको उत्कर्ष पैचान हो
धेरै स्तम्भ टुटे, फुटे र उखले साटो बचाऊँ अब
नाङ्गो नाच गरेर भेदन गरे माटो बचाऊँ अब॥२

 

 

सत्ता भोगविलासको र धनको ठानेर बस्छौ कति?
धोकेवाज पुँजी वशिष्ट गुरु नै मानेर बस्छौ कति?
नासोमा जुन पाइयो विगतमा पाटो बचाऊँ अब
नाङ्गो नाच गरेर भेदन गरे माटो बचाऊँ अब॥३

 

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

के नेपाल रहन्छ यै तरहले सारे सिमाना फसे?
सारा उर्वर रम्य ठाउँ उनको सेना र बेना बसे
पुर्खाको बलिदानपूर्ण मलिलो टाटो बचाऊँ अब
नाङ्गो नाच गरेर भेदन गरे माटो बचाऊँ अब॥४

 

नेपाली जन देशभित्र रहँदै होलान् विदेशी सब
सत्तासीन उदास भैकन हटे के हुन्छ खै सम्भव
खोजी न्यायनिसाफ जागृत हुँदै आँठो बचाऊँ अब
नाङ्गोनाच गरेर भेदन गरे माटो बचाऊँ अब॥५

 

पुर्खाले अघि जो भिरेर खुकुरी झण्डा गरेथे खडा
टिष्टा पूर्व पुगेर पश्चिमउता किल्ला गरे काँगडा
कायाकल्प विशेष आवरणको काँठो बचाऊँ अब
नाङ्गो नाच गरेर भेदन गरे माटो बचाऊँ अब॥६
Facebook Comments