परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गिलासवादी नेता

चट्याङ-प्रहार

दुई र दुई जोड्दा कति हुन्छ ?
फ्याट्ट उत्तर आयो ‘चार हुन्छ’
किन र कसरी ?
‘बि. पि. ले भन्नु भएको थियो’
जसले उत्तर दियो ऊ कांग्रेसी नेता थियो ।

 

दुई र दुई जोड्दा कति हुन्छ ?
फ्याट्ट उत्तर आयो ‘चार हुन्छ’
किन र कसरी ?
‘लेनिनले भन्नु भएको थियो ।
जसले उत्तर दियो ऊ कम्युनिष्ट नेता थियो ।

 

व्यङ्ग्य

चट्याङमास्टर
दुई र दुई जोड्दा कति हुन्छ ?
फ्याट्ट उत्तर आयो ‘चार हुन्छ’
किन र कसरी ?
‘श्री ५ बाट त्यही हुकुम भएको थियो’
जसले उत्तर दियो, ऊ राजावाादी नेता थियो ।

 

दुई र दुई जोड्दा कति हुन्छ ?
फ्याट्ट उत्तर आयो ‘चार हुन्छ’
‘यो प्रश्न लिएर जनता समक्ष जानुपर्छ
जनताले सडकबाट जति भन्छन्, दुई र दुई जोड्दा त्यत्ति नै हुनुपर्छ
जसले उत्तर दियो ऊ चुनाव हारवादी नेता थियो ।

 

दुई र दुई जोड्दा कति हुन्छ ?
अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

फ्याट्ट उत्तर आयो ‘चार हुन्छ’
‘यो प्रश्नको उत्तर खोज्ने प्रक्रियामा जानुपर्छ
प्रक्रियामा जाँदा बहुमतले जति भन्छ दुई दुई जोड्दा त्यत्ति नै हुनुपर्छ’
जसले उत्तर दियो ऊ दुई तिहाईवादी नेता थियो ।

 

दुई र दुई जोड्दा कति हुन्छ ?
फ्याट्ट उत्तर आयो ‘कहाँ २/४/६ हुन्छ?’
‘यसको उत्तर त हजार, लाख, करोड, अरब, खरब हुन्छ’
जसले यो उत्तर दियो, ऊ पैसावादी नेता थियो ।

 

दुई र दुई जोड्दा कति हुन्छ ?
फ्याट्ट उत्तर आयो ‘देश एक छ, एकता आवश्यक छ’
त्यसैले उत्तर एक हुन्छ’
जसले उत्तर दियो, ऊ नेपालवादी नेता थियो ।

 

दुई र दुई जोड्दा कति हुन्छ ?
फ्याट्ट उत्तर आयो ‘कहाँ यति सजिलै उत्तर हुन्छ?’
‘यसका लागि त अन्तर्राष्ट्रिय जगतलाई सोध्नुपर्छ’
जसले उत्तर दियो, ऊ विदेशवादी नेता थियो ।

 

दुई र दुई जोड्दा कति हुन्छ ?
फ्याट्ट उत्तर आयो ‘छ हुन्छ’
किन र कसरी ?
‘भट्टीवाल्नीले छ गिलाससम्म उधारो पत्याउने गरेकी छन्
जसले उत्तर दियो ऊ सबैवादी भइसकेर बनेको गिलासवादी नेता थियो !
Facebook Comments