परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जनता कब्जा

चट्याङ-प्रहार

व्यङ्ग्य

चट्याङमास्टर
तँलाई हेपेकै हो, के गर्छस् ?

भोट माग्नु थियो र यो गर्छु, त्यो गर्छु भनेको थिएँ, अब गर्दिन के गर्छस्
हो हो, मैले भनेको मै मान्दिन जा तँ के गर्छस् ?

तेरो भोट मैले पाएँ पच भयो, अब तँ के गर्छस् ?
जे जे माग्नु मागिराख, म दिन्न तँ के गर्छस् ?

आफूभन्दा ठूलो मलाई बनाइसकिस् अब तँ के गर्छस् ?
नमस्कार तैँले गर्नू, म फर्काउन्न, तँ के गर्छस् ?

जे जे मुखमा आउँछ म त्यैत्यै बोल्छु, तँ के गर्छस् ?
मैले बोल्या मै बुझ्दिन, तैँले बुझेर पो के गर्छस् ?

गणतन्त्र लोकतन्त्र घोकेर बसिराख, अरु के गर्छस् ?
अर्थ मैल्यै बुझाउने हो, तँ जेसुकै बुझ्, के गर्छस् ?

पाँच वर्षलाई अब टन्न खान्छु, खेल्छु, तँ के गर्छस् ?
मेरो चर्चा परिचर्चा गरिराख् जा, तँ जे गर्छस् ?

अर्को चुनावसम्म सुती–सुती खाउँ कि उठी–उठी, तँ के गर्छस् ?
फेरि भोट माग्न आउँछु, नदिएर तँ के गर्छस् ?

Facebook Comments