परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

तिब्बतका लागि महावाणिज्यदूत र नेपाल-तिब्बत व्यापारीहरूबीच छलफल

काठमाडौँ । मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतका लागि नवनियुक्त माहावाणिज्यदुत तथा संघका पदाधिकारीहरू वीच आज भेटघाट गरी व्यापार, पर्यटन तथा आर्थिक प्रवर्द्र्धनका विषयमा छलफल गरेको छ ।

छलफलका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिव्वतबीच सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्नु हुँदा संघका गतिविधिहरू तथा विद्यमान व्यापारिक सम्भावना र समस्याहरू वारे जानकारी दिनु भयो । संघले तिव्वतका व्यापारीक संगठनहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, पर्यटन प्रवर्द्र्धन, व्यापारिक मेला, एस्पो, सेमीनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढिरहेको कुरा बताउनुभयो ।

अध्यक्ष तुलाधरले कोभिड १९ का कारण नाकामा पूर्ण रुपमा सुचारु हुन नसकेको यातायात सुचारु गर्न पहलका लागि अनुरोध गर्नुभयो । दुई देशवीच व्यापार सहजीकरणका लागि सडक विस्तार गरिनुपर्ने, चीन सरकारद्वारा ८०३० नेपाली उत्पादनमा प्रदान गरिएको शुन्य भन्सार सदुपयोगका लागि प्रक्रिया सरलिकरणका लागि अनुरोध गर्नुभयो । साथै नेपालले चीन निर्यात गर्दा नेपाली क्वारेन्टाइन प्रमाण पत्र स्वीकार नगरिने, दुई देशको भन्सार कोर्डमा ८ अंक र ६ अंक प्रयोग हुँदा समस्या हुने गरेको गरिनु आदि प्रक्रियालाई एक रूपमा बनाई नेपालको निर्यात प्रवद्र्धनका लागि जोड दिनुभयो ।

छलफलका क्रममा नवनियुक्त महावाणिज्यदुत नवराज ढकालले आफुले दुईवीचको व्यापार प्रवर्धन तथा समस्याहरू समाधानका लागि प्रयास गर्ने बताउनुभयो । साथै संघद्वारा प्रदान गरिएका सल्लाह सुझाव अत्यन्त महत्त्वपूर्ण रहेको र दुई देश वीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, पर्यटन आदि प्रवर्द्र्धन तथा विभिन्न आर्थिक क्रियाकलापहरू मार्फत् दुई देश वचिको विविध सम्बन्ध सुदृढ गर्नु कुरा बनाउनुभयो ।

Facebook Comments