परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

महामारी नियन्त्रणका लागि प्रभावकारी सञ्चार आवश्यकः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रकासन तथा प्रशारण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि जनतालाई सही सूचना दिन सरकारी सञ्चार माध्यमहरुले विशेष भूमिका निर्वाह गर्नु पर्ने पनि स्पष्ट पार्नु भयो । मंगलबार (आज) सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको काठमाडौंस्थित केन्द्रीय कार्यालयको छुट्टाछुट्टै अनुमगन गर्ने क्रममा उहाँले सरकारले गरेका राम्रा काम जनताको माझ लैजाने दायित्व सञ्चार माध्यामहरुको भएको उल्लेख गर्दै त्यसमा नचुक्न पनि सचेत गराउनु भयो ।

‘जनतालाई सही सूचना दिने दायित्व संचार माध्यमको हो,’ मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसका लागि सरकारी सञ्चार माध्यामले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’ सञ्चारमन्त्री गुरुङले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, गोर्खापत्र संस्थानजस्ता सरकारी सञ्चार माध्यमलाई प्रभावकारी बनाउन एकीकृत ढंगले सञ्चालन गर्ने योजना पनि अघि सार्नुभयो । त्यसका लागि विज्ञहरुसँग आवश्यक छलफल गरी नीति ल्याउने मन्त्री गुरुङको भनाई छ । मन्त्री गुरुङले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर समाचार सम्पे्रषण गर्न पनि सञ्चार माध्यमहरुलाई आह्वान गर्नुभयो । उहाँले सरकारी सञ्चार माध्याम विगतमा राजनीतिक आस्थाको गोटी बनेकाले त्यसको स्थायित्व र विकासमा समस्या देखिएको उल्लेख गर्दै अब त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो।

सञ्चार मन्त्रालय सम्हाल्नु भएका मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमको अनुगमन गर्ने क्रममा उहाँलाई राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले आ–आफनो कार्यालयमा स्वागत गर्नु भएको थियो ।

Facebook Comments