परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मरेर स्वर्ग जाने कि आफ्नो ठाउँ स्वर्ग बनाएर मर्ने!

उच्च शिक्षाको सिलसिलामा करिव दुई वर्ष वेलायत र नौ वर्ष अमेरिका बसेर पनि म स्वदेश फर्कदा परिवारजन र कतिपय साथीसंगीहरु निकै चकित भए । म देशै बनाउन नभए पनि यहाँको समाजलाई मेरो ज्ञान र सीपको खाँचो बढी छ भन्ने लागेर नेपाल फर्केको हुँ । आजसम्म मलाई विदेश नबसेकोमा कुनै पछुतो छैन । तर, कहिले काँही यहाँको धुवाँधुलो र राजनैतिक खिचातानी देख्दा अलि दिगदार भने पक्कै लाग्छ । अझै सरकारले जनताको पीडा ब्यथा नसुनेको र समाजमा बेथिती बढेको देख्दा म निरास पनि हुन्छु । तर म आशाबादी छु, जनता एकदिन सचेत हुनेछन् र हाम्रो समाज फेरिनेछ ।

आफ्नो जन्मथलो फर्कन मलाई कुनै दोधार थिएन । तर मलाई नेपाल आएकोमा आजसम्म कुनै गुनासो र पछुतो पनि भएको छैन । आफु यही माटोमा जन्मेको, हुर्केको र यहीँ केही गर्ने क्षमता र साहस छ भने के चिन्ता । आफन्त र अन्य मानिसहरुको अनुहारमा खुशी ल्याउन सके कतिजाती ।

म सानोमा पूर्वी भारतको सिलिगुढी, मिरिक र दाजिलिङ्ग बाहेक कतै गएको थिइन । २०४५ सालपछि हेटौडा क्याम्पस पढने क्रममा अध्ययन भ्रमणका लागि देशका थुप्रै ठाउँहरु घुम्ने अवसर मिल्यो । कामको सिलसिलामा देशका विभिन्न क्षेत्र गए पनि विदेशको नाममा भारतको जोगवनी, रक्सौल, बर्गनियाँ, सुनौली, रुपाडिहा र दार्चुला जस्ता नाकाहरु मात्र देखेको थिए । सन् २००२ मा पहिलो पटक स्वीडेन यात्राबाट मेरो विदेश जाने ढोका खुल्यो । एक महिना स्टकहोल्ममा परियोजना ब्यवस्थापन सम्बन्धी तालिममा म सरिक थिए । यही क्रममा फिनल्याण्डको राजधानी हेलसिन्की देखियो । लगतै अर्को साल बंगलादेश अनि २००३ मा फेरि अर्को तालिमको लागि मैले जापान जान पाएँ । यहस् साल दुई पटक थाइल्याण्डको पनि भ्रमण गरेँ । अनि २००४ मा स्नातकोतर अध्ययनका लागि बेलायत गएँ । बेलायत बसाईमा दुई जाडो हिउँदको मौसम अनुभव गरियो । नितान्त फरक भुगोल र मौसम भएपनि उतै बस्ने अवसर नभएको होइन । तर आफू कार्यरत संस्थाको एक जिम्मेवार कर्मचारीको हैसियतले त्यसतर्फ सोच्न पनि सकिन ।

फेरि २००७ मा करिव १० महिनाको लागि एशिया प्याशिफिक लिडरसिप फेलोसिप मिल्यो । जसमा करिव पाँच महिना अमेरिकाको हवाई गएँ । बाँकी पाँच महिना स्वदेशमै आएर त्यो कार्यक्रम सम्पन्न गर्न सकिने अवस्था थियो । यसै क्रममा दुई हप्ताका लागि चीन पनि जाने अवसर मिल्यो । उहीबेलामा हवाइ विश्वविद्यालय अन्तर्गत स्कुल अफ सोसल वर्कमा समाज कल्याणमा विद्यावारिधी अध्ययनका लागि पनि मेसो मिलाउन सकँे । यसरी भई राखेको राम्रो जागीर पनि राजीनामा गरी सपरिवार २००८ को अगस्टमा अमेरिका पसियो ।

सन् २०१४ डिसेम्बरमा पढाइ सकेर एकाध वर्ष काम समेत गरे पनि नेपाल फर्कन म आतुर थिएँ । किनकि मेरो उद्धेश्य पढाइ सक्ना साथ देश फर्कने नै थियो । तर नेपालमा छोरीको १० कक्षामा भर्ना नभएकोले हाम्रो बसाई अरु थपियो । तर २०१६ को जुनमा हामी सबैजना नेपाल फर्कियौं । करिव ९ वर्षको अमेरिकाको हवाइको वसाई त्यागेर म नेपाल आइछाडेँ ।

अमेरिकाको पनि स्वर्ग मानिने ५० औं राज्य हवाईको होनोलुलु शहर । संसारका मान्छेहरुको जिन्दगीमा एकपल्ट पुग्नै पर्ने ठाँउको सुचीमा पर्ने स्थान। सफा, निला समुन्द्र र सेता तटीय क्षेत्रहरु । पूर्वी एशिया र प्रशान्त सागरीय मूलका अति मिलनसार र संस्कारी मानिसहरुको बाहुल्यता भएको ठाँउ । त्यहाँ काला र गोरा जाति त अल्पसंख्यक मानिन्छन् । विचित्रको मौसम, बाह्रमासै जाडो र गर्मी दुबै नहुने सरदर २४ डिग्री सेन्टिगे्रड तापक्रम भएको ठाउँ हो हवाई । खानपीनको र मनोरञ्जनका प्रशस्त विकल्पहरु थिए । कतिपय रुख विरुवा (आँप, लिची स्वामी, मेवा, केरा, एभोकाडो) र चराहरु (सारौं र काग) समेत हाम्रो देशमा पाइने संग मिल्दछन् ।

हाम्रो अमेरिका बसाईमा विभिन्न भोगाइहरु भए । विद्यार्थीको जीवन संधै ब्यस्तता नै हुन्छ । अनुसन्धान सहायकको काममा सर्भे, तथ्यांक विश्लेषण र लेखापढीको काम धेरै गरियो । बेला–बेलामा अन्य टापुहरुको भ्रमण पनि गर्नु पर्ने हुन्थ्यो । पारिवारिक जिम्मेवारी पनि छँदै थियो । छोरीको पढाइ, खेलकुद र अतिरिक्त क्रियाकलापको पात्रो, अन्य सामाजिक गतिविधीले सास फेर्ने कमै समय मिल्थ्यो । सानो शहरमा रहेका हरेक नेपाली बीच राम्रो सम्बन्ध र कतिपय अवस्थामा किचलो पनि हुन्थ्यो । अमेरिका बसाइका बेला नै मैले प्रशान्त महासागर बीचमा रहेका ससाना देशहरु माइक्रोनेसिया र मार्सल आइल्याण्डस् समेत जाने मौका पाएँ ।

अमेरिका बस्नु र नेपाल फर्कनुमा एक पेशाकर्मीलाई तात्विक रुपमा खास फरक नपर्न सक्छ । आफ्नो पेशा गर्ने, कमाउने, परिवार चलाउने, खानेपीने, बालबच्चा हुर्काउने र सुखी जीवन गुजार्ने लक्ष्यहरु मिल्छन् । तर पनि आम रुपमा हेर्दा नेपालमा विदेश मोह नै कायम थियो । देशमा शिक्षितहरुका लागि कम अवशर भएर पनि विदेश पलायन स्वाभाविक हो । तर यहीँ पनि त केही गर्न सकिन्छ भन्ने कुरामा म स्पष्ट थिएँ । मैले २०५० को अन्त्यतिरबाट निरन्तर गैरसरकारी क्षेत्रमा काम गरेर देशको खाँचो बुझ्नुका साथै यहीँ प्रशस्त अवसर छन् भन्ने कुरामा आत्मविश्वास लिइसकेको थिएँ ।

अझै पनि धेरै मानिसहरुले किन फर्केको भनी सोध्ने गर्छन् । उहीँ पनि साथीहरुले मलाई मूर्ख नै बनाए । जब मैले नेपाल फर्कने कुरा बताउन थाले कतिपय साथि संगीले ‘ओ माइ गड, रियल्ली, साँची’ भनी सोध्थे । एक अमेरिकीले त तिम्रो देशमा इन्टरनेट चल्छ र सम्म भनिन् । उनलाई के थाहा यहाँ हामी पनि 4G चलाउँछौं भन्ने कुरा । कतिले एक्लै आउने, कतिले कलेज जानलागेकी छोरी छाड्ने उपाय पनि सुझाएका थिए । तर म मेरो निर्णयमा कति पनि विचलित भइन । मैले गोठै उठाएर देश फर्कने पक्का गरेँ । अधिकाँश साथीहरु उतै ‘सेटल’ पनि भएका छन् । कतिले नेपालमा के छ र पनि भन्छन् । थोरै प्रतिशत फर्कने मध्ये आफू परेकोमा मलाई गर्व लाग्छ । सुर्खेत बडिचौर जनज्योति मा.वि. का प्र.अ. नारायण सिग्देल सरको भनाई “मरेर स्वर्ग जाने कि स्वर्ग बनाएर मर्ने” भन्ने कुरामा म एकदम सहमत छु, छनौट आफ्नो हो ।

ज्वारभाटा जस्तो गरी मनमा मुस्लो भएर उठ्ने गरेको देश, जन्मथलो, आफ्नै धर्म, संस्कृति र परम्परालाई मैले मनभित्रै दवाउन सकिन । मेरा आफन्तजनले सहृदयतापूर्वक अमेरीकामै बसेर सुखी जीवन विताए हुने थियो भन्ने धारणा राख्नु भएको थियो । तर, मैले उहाँहरुको भावनाको कदर गर्न सकिन । यिनै चीर परिचित ढुङ्गा, माटो, डाँडा–पाखा, हिमाल–पहाड र तराईका समथर फाँटहरुमा आफ्नो सीप पोख्ने अठोट गरेर म धेरैका लागि स्वर्ग लाग्ने ठाउँबाट फर्कें ।

अन्य आकर्षणहरू

विकल्पको खोजिमा जनता !

नेकपामा छोडपत्रको तरङ्ग

सन्तान, छोई र संस्कार

हामी लगभग राष्ट्रपती वाराक ओवामाको २ कार्यकाल २००८ देखि २०१६ भरी त्यहाँ थियौं । त्यहाँ धेरै राम्रा कुरा नभएका होइनन्, भौतिक विकास र सरसफाइ, सरकारी सेवा सुविधा, शान्ति सुरक्षा, यातायात र अन्य ब्यवस्थापकीय पक्ष । पौडी पोखरी सहितको सामुदायिक र डिस्ट्रिक पार्क, पुस्तकालय आदि । त्यहाँको शिक्षा प्रणाली अति राम्रो । सरकारी हाइस्कुलसंग हाम्रो देशको भन्दा राम्रा खेल मैदान र अन्य सुविधाहरु । प्राचार्य जतिकै शक्तिशाली खेलकुद निर्देशक र उनका मातहतमा सबैजसो खेलका प्रशिक्षकहरु काम गर्छन् ।

त्यहाँ धेरै चुनौती र समस्याहरु पनि छन् । सामाजिक सुरक्षा र स्वास्थ्य सेवा भने अलि जटिल छ । उच्चतहको पेशागत काम पाउन पनि गाह्रो नै थियो । विदेशी विद्यार्थी भएकोले स्थायी सेवामा जान केही वाधा अड्चन थिए नै । अरु त के पोस्टडक गर्न पनि २ वर्षको अनुभव माग्न थालिएको थियो । अमेरिकी सरकार आप्रवासीहरु प्रति अनुदार बन्दै थियो । ट्रम्पको उदयपछि त यो झन् कठोर बन्दै गएको जगजाहेरै छ । तर मैले उनको शासनकाल भोग्नु परेन ।

अमेरिकामा पनि सामाजिक समस्याहरु बढ्दैछन् भन्दा विश्वास नलाग्ला । तर त्यहाँ पनि गरिवी र सुकुम्बासी समस्या साथै मानसिक रोगी बढ्दैछन्। २०१७ को प्रतिवेदन अनुसार हवाइ राज्यको मुख्य टापु ओहाउमा मात्र हरेक महिना सरदर ६१६ र जम्मा ६९२४ नयाँ घरविहिन मानिस थपियो, जुन राज्यको सरदर भन्दा अलि बढी हो । जब कि त्यस राज्यको जनसंख्या नै करिब १४ लाख मात्रै छ । उनीहरुलाई राज्य सरकारले स्थायी बसोबास गर्न बाध्य गरायो । तर पारिवारिक कलह, पारपाचुके, गोलीकाण्ड र अन्य अपराधका घटनाहरु पनि बढेका थिए । एकातिर खाना खेर फालिने र अर्कातिर खान नपाउनेको संख्या बढेको थियो ।

यही बेला अमेरिकाको अर्थतन्त्र पनि ओरालो लाग्दै थियो । आवास र अन्य बस्तुको बजार भाउ आकसिदै थियो । अझ हवाइ राज्यको अर्थतन्त्र पर्यटनमा आधारित भएको र पूर्वी एशियाको बजारमा समेत आश्रित थियो । अन्य अवसरहरु सीमित थिए भने पेशागत बजारमा ब्यापक प्रतिसपर्धा थियो नै । विश्वविद्यालयहरुमा पनि कतिपय अनुसन्धान, जनस्वास्थ्य र समाज कल्याणका परियोजनाहरुमा भारी कटौती गर्नु पर्ने अवस्था आयो । खासगरी संघीय सरकारको आर्थिक सहयोग कम भएको पीडा थियो ।

एक दिन मलाई पढाउने प्रोफेसरले भेट्दा आफू पोस्टडकको काम खोज्दैछु भनेको त उनले गाली गरेर तुरुन्त देश (नेपाल) जाने । अनुभव भएको मान्छे, उही सेवा गर्ने, किन अरु तालिम लिने पो भने । वास्तवमा विद्यावारिधी एक तालिम हो र पोस्टडक पनि तालिम नै हो ।

यता घर परिवारको अपेक्षा पनि अर्कै । हामी उतै बसे कसो होला । हामी फर्किने कुराले पाको हुँदै गरेका हाम्रा आमा–बाबा भने रमाउनु भएको थियो । अरुको के कुरा आफ्नै दाजुले एकदिन सोध्नुभयो, उतै बसे हुन्नथ्यो ? जहाँ गएपनि फिर्ता आउने के हो ? मैले सम्झाउन खोजँे, “म त तालिम वा अध्ययनका लागि गएको, त्यहाँ पनि काम नै गर्ने हो, विविध कष्ट पनि छन्” । दाजुले प्वाक्क भने “मलाई के सम्झाउँछौ, मेरो हाकिम त उतै बसेका छन् । उहाँको कुरा पनि ठिकै हो । गतसाल कालीकोट जिल्ला अन्तर्गत तिलागुफा नगरपालिकाकी उपमेयर एक कार्यक्रममा सहभागी हुन अमेरिका गएर फिर्ता नआएको खवर आएको थियो ।

अमेरिकामा पनि सामाजिक समस्याहरु बढ्दैछन् भन्दा विश्वास नलाग्ला । तर त्यहाँ पनि गरिवी र सुकुम्बासी समस्या साथै मानसिक रोगी बढ्दैछन्। २०१७ को प्रतिवेदन अनुसार हवाइ राज्यको मुख्य टापु ओहाउमा मात्र हरेक महिना सरदर ६१६ र जम्मा ६९२४ नयाँ घरविहिन मानिस थपियो, जुन राज्यको सरदर भन्दा अलि बढी हो । जब कि त्यस राज्यको जनसंख्या नै करिब १४ लाख मात्रै छ। उनीहरुलाई राज्य सरकारले स्थायी बसोबास गर्न बाध्य गरायो । तर पारिवारिक कलह, पारपाचुके, गोलीकाण्ड र अन्य अपराधका घटनाहरु पनि बढेका थिए । एकातिर खाना खेर फालिने र अर्कातिर खान नपाउनेको संख्या बढेको थियो ।

आफ्नो जन्मथलो फर्कन मलाई कुनै दोधार थिएन । तर मलाई नेपाल आएकोमा आजसम्म कुनै गुनासो र पछुतो पनि भएको छैन । आफु यही माटोमा जन्मेको, हुर्केको र यहीँ केही गर्ने क्षमता र साहस छ भने के चिन्ता । आफन्त र अन्य मानिसहरुको अनुहारमा खुशी ल्याउन सके कतिजाती । मलाई वाल्यकालमा शिक्षादिक्षा दिने गुरुहरु खासगरी तत्कालीन मनकामना प्राविका गोपाल घिमिरे, टेक प्रसाद गौतम, भक्त बहादुर बस्नेत, दण्डपाणी भट्टराई, शावित्री पौडेल, ईश्वरी श्रेष्ठ लगायत पछि हिमाविका प्रअ जंग बहादुर ठाकुर, हरि श्रेष्ठ, भुपमणी निरौला, निलमणी पन्त, सोमनाथ घिमिरे, जगदिश श्रेष्ठ, विश्व वज्राचार्य प्रति विशेष कृतज्ञ छु । दुई वर्ष कलेज पढ्नासाथ जागीर खानुपर्ने पारिवारिक वाध्यताले जीवनमा धेरै पढ्ने इच्छा झण्डै मारेको थियो । तर अलि भाग्य र कर्म तर ज्यादा मेहनत र लगनले होला आफ्नो उच्चशिक्षा हाँसिल गर्ने आकांक्षा पूरा गरेरै छाडेँ । म जागीरे भएपछि ८ कक्षामा पढ्ने कान्छी वहिनीलाई काठमाडौं झिकाएँ, उनले पनि अष्ट्रेलीयाबाट पिएचडी सकेर नेपालमा नै सेवा गर्दैछिन्।

मैले जनस्वास्थ्य र समाज कल्याण विषय पढेँ । जसमा कमजोर, केटाकेटी, वृद्धवृद्धा, गरिव, निमुखा, असहाय, विरामी, सीमान्तीकृत र अपाङ्गता भएका मानिसहरुको जीवन बदल्ने लक्ष्य रहन्छ । अमेरिकी सरकारले यस सन्दर्भमा धेरै कामहरु गरिसकेको छ । मलाई आम नागरिकको सेवा गर्ने अवसर उताभन्दा धेरै यता छ भन्ने लाग्यो । फेरि गैरसरकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव भएकोले पनि यसमा थप बल पुगेको थियो । मैले यहाँका आम मानिसको खाँचो र समाजलाई दिन सक्ने योगदानको तराजु बढी थिचिएको देखेँ । सानो पोखरीको ठूलो माछा हुने कुराले पनि सँधै हौसला दियो । यहीँको सम्मानित जीवनको सपनाले पनि झन् तान्यो । आफ्नो देश र माटोमा गर्न सकेको योगदान सानो भएपनि यसबाट पाउने आत्मसन्तुष्टी शायदै विदेशको सुखसुविधाले दिने थियो होला ।

Facebook Comments