परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दशैँको आशिर्वाद

चट्याङ-प्रहार

“बाबु तिमी ठूलो ठूलो मानिस बन्नु

सधैँ मीठो खानु राम्रो लगाउनु

कसैको आस गर्न नपरोस्

आस गर्नेको आस पूरा गर्न सक्ने बन्नु

 

सहरमा ठूलो घर बनाउनु

चिल्ला मोटर सरर कुदाउनु

छोराछोरी विदेशमा पढाउनु

हाम्रो उपचार पनि उतै गराउनु

 

सिन्को नभाची खान पुगोस्

सबैलाई सिकाउने बुद्धि खुलोस्

तिमी हिँड्दा अरुले बाटो छोडून्

अगाडि पर्ने सबले ढोग गरुन्

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

ढुकुटी सधैँ भरी रहोस्

अरुको सेवा तिमीलाई मिलोस्

तिम्रो नाम सबैले बोलिरहुन्

कसैले तिम्रो केही बिगार्न नसकुन्”

 

भ्रष्टाचार गर्न हुन्न, रोक्नु पर्छ भन्छन केही भोका नाङ्गाहरू

उपबुज्रुक तर कुरा नबुझ्नेहरू  –

भ्रष्टाचार नगरी आमाबुवाको त्यत्रो इच्छा मैले कसरी पूरा गर्नु ?

के अब आमाबुवाको आशिर्वाद पनि लाग्न नपाउनु?

Facebook Comments