परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेकपा केन्द्रीय कमिटीको बैठक मङ्सिरमा

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीको बैठक एक महिनापछाडि सारेको  छ । यसअघि कात्तिक १५ देखि १७ गतेका लागि गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक मङ्सिर १५ देखि १७ गते आयोजना गरिनेभएको छ ।

पार्टीका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण केन्द्रीय कमिटीको बैठक हाललाई स्थगित गरिएको उल्लेख छ ।

पार्टीभित्र विकसित पछिल्लो विवाद र कोभिड-१९ दुबै केन्द्रीय कमिटी बैठक स्थगनका कारक भएको जानकारहरू बताउँछन् ।

 

 

Facebook Comments