परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विजया दशमी २०७७ को हार्दिक शुभकामना !

आज २०७७ सालको विजया दशमी । मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने दिन । परिसंवाद परिवार यहाँको सुस्वास्थ्य, दीर्घ जीवन र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछ । कोरोनाको कहरबाट आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित राख्दै यो महान चाड मनाऔँ । शुभकामना !

पञ्चाङ्ग निर्णायक समितिका अनुसार, बिहान १०:११ मा टीकाको शुभ साइत भए पनि आज टीकाको दिन अनुकूलता हेरी जुनसुकै समय टीका लगाउन सकिने कुरा पनि समितिले जनाएको छ ।

 

टीका लगाउँदा दिइने आशीर्वाद मन्त्रः

आयु द्रोण सुते, श्रृयं दशरथे, शत्रुक्षयं राघवे
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।।
सौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

Facebook Comments