परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चुडामणि रेग्मीलाईअम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार

काठमाडौँ, कात्तिक ३ । झर्रोवादी नेपाली साहित्यकार चुडामणि रेग्मी एक लाख एक हजार एक सय एघार रुपैंयाँ राशीको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार–२०१९ बाट सम्मानित हुनुहुने भएको छ ।

रुद्र–गौरी, श्री–अम्बिकाओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसादओलीले जारी गर्नुभएको विज्ञप्तिअनुसार, साहित्यकार रेग्मीलाई  झर्रोवादी नेपाली भाषा अभियानमा उल्लेख्य योगदान पु¥याए बापत यो पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको हो । काव्य, निबन्ध, कथा, समालोचना, हास्य व्यङ्ग्य, भाषा व्याकरणमा समान रूपले कलम चलाउने बहुमुखी प्रतिभाका रूपमा साहित्यकार रेग्मी सुपरिचित हुनुहुन्छ ।

साहित्यकार रेग्मीले २०१२ सालमा पहिलो यात्रा नामक कथा सङ्ग्रहबाट आफ्नो साहित्यिक यात्राको थालनी गर्नु भएको थियो । उहाँका अन्य चार कथा, आठ निवन्ध, दुई हास्य व्यङ्ग्य, सातवटा समालोचना र तीनवटा भाषा ब्याकरण कृतिहरु प्रकाशित छन् । यसबाहेक दर्जनौ साहित्यिक पत्रिकाहरुको सम्पादनमा पनि उहाँको संलग्नता रहेको छ । ०१२ सालमा संखुवासभाबाट सुरु भएको झर्रोवादी नेपाली भाषा अभियानका अभियन्ता श्री रेग्मी लगायतले २०१३ मा झर्रोवादी अभियानको कोशेढुङ्गा मानिने “नौलो पाइलो“ त्रैमासिक पत्रिका प्रकाशित गर्नु भएको थियो । नेपाली साहित्यकारहरूका निम्ति उत्प्रेरक व्यक्तित्व रेग्मी, विभिन्न साहित्यिक संघ संस्थाहरूमा विभिन्न भूमिकामा संलग्न रहँदै आउनुभएको छ । पूर्वका मोतीराम र साहित्य भाष्कर उपनामले पनि चिनिनुहुने रेग्मी साहित्यिक सद्भाव यात्राका परिकल्पनाकार र अभियन्ता पनि हुनुहुन्छ । २०७६ सालमा मात्रै उहाँ नई पुरस्कार, इन्जा श्रष्टा सम्मान र अम्बिका ओली राष्ट्रिय साहित्य पुरस्कार प्राप्त गर्दै साहित्य पुरस्कारमा ह्याट्रिक गर्ने पुरस्कृत साहित्य महारथी बन्नुभएको छ । यसबाहेक दर्जनौँ साहित्यिक प्रतिष्ठान र संघ संस्थाबाट विभिन्न अवसरमा अभिनन्दित पनि हुनु भएको छ ।

२०७७ साल वैशाख पहिलो हप्ताभित्र समर्पण गर्ने भनिएको यो सम्मान तथा पुरस्कार वितरण कार्यक्रम कोभिड १९ का कारणबाट  स्थगित गर्नु परेकोमा क्षमायाचना गर्दै प्रतिष्ठानले सामान्य अवस्था रहेमा  सन २०२० को लागी गर्ने सम्मान तथा समर्पण कार्यक्रममा समावेश गरी प्रदान गरिने जानकारी दिएको छ ।

खतिवडालाई श्रीप्रसादओली स्मृति साहित्यिक पुरस्कार

स्व. श्रीप्रसाद ओलीको स्मृतिमा प्रत्येक वर्ष एकाउन्न हजार एक सय एघार रुपैंयाँको श्रीप्रसाद ओली स्मृति साहित्यिक पुरस्कार प्रदान गरिदै आएकोमा तेस्रो पटक बि.सं.२०७६ को लागि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व प्राध्यापक डा. भीम खतिवडा सम्मानित र पुरस्कृत हुनुभएको छ ।

प्रदेश नं. १ र मुलुकबाहिर रहेर नेपाली भाषा, साहित्यमा सक्रिय रूपमा योगदान पुर्‌याउने स्रष्टाहरू र संघ संस्थालाई सम्मान र पुरस्कृत गर्ने हेतुले २०७४ सालदेखि लेखनाथ पुस्तकालयको सहकार्यमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मजयन्तीको दिन यो पुरस्कार प्रदान गर्ने गरिएको पनि प्रतिष्ठानले जानकारी दिएको छ ।

 

Facebook Comments