परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

‘कोरोनाः लाग्नुअगाडि डराउनू, लागेपछि नडराउनू’

हरिवंश आचार्यको अनुभव र आग्रह

काठमाडौँ,कात्तिक १। चर्चित हास्यकलाकार हरिवंश आचार्यले कोरोना लाग्नुअगाडि लाग्नबाट डराउन र लागिसकेपछि डराउन नहुने भनाइ राख्नुभएको छ । यसले कोरोनाबाट मुक्त हुन मनोवल बढने उहाँको बुझाइ छ ।

मुलुकमा निम्तिने अनेक समस्याको समाधानका लागि निस्वार्थ रूपमा सक्रिय हुने सोचका साथ गठित कम्पास (युवाहरूको समूह) ले इन्स् एण्ड आउट्स् अफ कोभिड १९ (कोभिडको आगमन र बहिर्गमन) विषयमा शनिबार गरेको बेभिनारमा कलाकार आचार्यलेकोरोनालाई सामान्य रूपमा नलिन सवैसँंग विशेष आग्रह गर्नुभयो ।

‘यो वर्षको दसैंमा टिका थाप्न म कसैको घरमा पनि आउँंदिन, तपाईहरु पनि कोही पनि मेरो परिवारमा नआउनुहोला, उहाँले भन्नुभयो, कोरोनाबाट बच्नका लागि हामी आफूले आफूलाई नै मन्दिर सोचौं, आफनो घर नै मन्दिर सोचौं र आआफनै घरमै बसेर दसैं मनाऔं ।’

कोरोना पोजेटिभमा रहेका आचार्यले दसैं दशा हुनेतर्फ विशेष सतर्क रहन आग्रह समेत गर्नुभयो । उहाँले आफू बच्ने मात्रै होइन, अरुलाई कोरोनाबाट बचाउनु पनि आफ्नो दायित्व सम्झन आग्रह गर्नुभयो । यो वर्षको दसैं बाँंच्ने उत्साहको रूपमा लिन उहाँले सवैसँंग आग्रह गर्नुभयो । हामी बाँंची राखे दसैं अर्काे वर्ष पनि आउने र भगवान हामीसँंगै रहने चर्चा गर्दै उहाँले सार्वजनिक सवारी साधन प्रयोग गरी दसैंमा यताउति नजान पनि सवैसँंग अनुरोध गर्नुभयोे ।

आफूलाई कोरोना लागेकोे आज १३ दिन पुगेको र भोलि परिक्षण गर्ने योजनामा रहेको भन्दै उहाँले भोलिको परिक्षणबाट आफू र आफ्नी श्रीमती दुवै कोरोनामुक्त हुने विश्वास प्रकट गर्नुभयो । कोरोनाले छाडातन्त्र मन पराएको भन्दै उहाँले छाडा नभई अनुशासनमा बस्न आग्रह गर्नुभयो । अहिलेको विषम परिस्थितिमा चिकित्सक नै भगवान सम्झेर चिकित्सकलाई सम्मान गर्नुपर्ने पनि उहाँको आग्रह थियो ।

कार्यक्रम तालिका अनुसार, पहिलो चरणमा नेपलिज सोसाइटी अफ न्युरो सर्जनका अध्यक्ष डा. प्रवीण श्रेष्ठले नेपालमा कोरोनाको अवस्थाबारे जानकारी दिनुभएको थियो । उहाँको विश्लेषणमा नेपालमा कोरोनाको जोखिम अझ बढ्दै गएकाले विशेष सतर्कता अपनाउनुपर्ने आवश्यक छ । कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूसँंग छलफल अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको सहजीकरण त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. नारायण कोजूले गर्नुभएको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य नै कोरोनाबारे व्यापक जनचेतना जगाउनु रहेको कार्यक्रम आयोजक संस्था कम्पासका कमलराज गोसाईले जानकारी दिनुभयो । ‘यसबाट हामीले कोरोनासँंग बढी सजग हुने विश्वास लिएका छौंं’, गोर्साइले अपेक्षा प्रकट गर्नुभयो ।

कार्यक्रममा देशभरका डाक्टर, इन्जिनियर, व्यवस्थापक, नीतिनिर्माता, शिक्षक, कर्मचारी, विद्यार्थी लगायतका तह र तप्काका बुद्धिजीवीहरूले सहभागिता जनाएका थिए ।

Facebook Comments