परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

होशियार ! बाबुआमाहरू

बुढ्यौली साहित्य (छन्द : शार्दूलविक्रीडित)

कत्रो आश गरेर बाल वयका सन्तान हुर्काइयो

गर्ला पालन पोषणादि मनले सप्ना मिठा साँचियो

गान्धारी धृतराष्ट्रको जुन गति पैले भएको थियो

सोही हाल यहाँ भयो र ममता बेकार खेरा गयो ।१

 

बारी खेत गरेर सौ जति बिघा जम्मा गरेको थिएँ

छोराका सुखका निमित्त दुःखका पर्खाल चढ्दै थिएँ ।

जम्मा आठ भए तथापि कति ता सन्तान बोल्दैनथे

कान्छो पुत्र चलाख भो र यसमा सारा धनै अर्पिएँ ।२

 

टाढा धेर थिए यतातिर नभै ती पाठशाला कतै

छोरो बस्न त छात्रबास पनि भो ताहाँ छुटायौन है

छोरीले नपढे हुने समय सो, मैले उसै गर्दिएँ

छोरो चढ्छ भनेर साइकलको जोहो यता गर्दिएँ ।३

 

खाना लाउनमा भएन कहिल्यै छोराकनै दुःख ता

मेरा इज्जतले बिकेछ उसको नामै उतासम्म हा

बाठो धेर थियो फराक मनले बोल्ने र फिर्ने सदा

खै के के उसले सिकेछ अहिले पाइन्छ लौ दुःख हा ।४

 

राम्रा इष्ट कुटुम्बका घर गई मागी बिहे गर्दियौं

जे जे दौलत चाहियो सब कुरा पूरा गरेका थियौं

लौ उद्योग गरौं भनी सुर कसे लौ हुन्छ मैले भनें

सारा यी घरबार खेत ऋणमा राखेर पैसा लिए ।५

 

नौलो कर्म चुनेर काम सुरु भो राम्रो छ भन्दै थियो

सारा दाम उड्यो, कतातिर गयो गोदाम रित्तो भयो

साथीका सँगमा बसेर मदिरा मांसादि खाएपछि

ताला ठोकिन गो र बन्द हुन गो दामै हराएपछि ।६

 

केहीसम्म कुरेर सूचित गर्यो किस्ता र सावाँ बुझा

अन्य आकर्षणहरू

फोन खै आउँदैन !

बुढ्यौलीको पीडा

पेन्सने बूढा बाको गुनासो

बिर्स्यो अरे कालले

पीडामा बूढी आमा

सोही माफिक तिर्न दाम नहुँदा ब्याजै बढी पो हुँदा

यो बस्ने घरबार लौ अब गयो सारा लिलामीतिर

भन्दै चिट थमाइयो म त खसें गैह्रो समुद्रैतिर ।७

 

आफ्नो भाग जति थियो सब दिएँ बासै बचाऊ भनी

सोही भाग सकेर यो घर बच्यो खाली भएँ मै पनि

केही बर्ष अगाडि नै गरिसकें चौरासियौं पूजन

मेरा हात र पाउ यी गलिसके बाटो कहाँ अन्तिम ?८

 

रोगी धेर जहान छे शयनमा खाँचो छ सेवा कति

यै बेला घरमा अशान्ति चुलियो बिग्रेर छोरो अति

राम्रो शील र भाव युक्त दुहिता जस्तै वधू पुत्रकी

छुट्टा पत्र गरेर दूर हुन गै छोरो छ यो कैफती ।९

 

अर्को फेरि बिवाहको रङ झिकी हिँड्दै छ रे सुन्दछु

हे भोला अब चेत देऊ न प्रभो बिन्ती म यै गर्दछु  

मोहैका वशमा परेर पहिले धेरै लगानी गरें

त्यो माया अहिले त कन्टक भयो खाल्डातिरै जाकिएँ।१०

 

छोरा मात्र नहेर ए जनहरू सन्तान छोरी पनि

शिक्षाले सब पूर्ण पार उनको खुसी हवस् जीवनी

पैसा धेर नबाँढ सन्ततिकनै आचार शिक्षा भए

छोरीले पनि पाल्न सक्छन यता छोरा खराबी भए ।११

 

घेरे मोह गरेर पुत्र जसरी दुर्योधनै बिग्रियो

बा आमा सबमा विपत्ति थपियो वंशै सबै नष्ट भो

उस्तै चाल यता हुँदै छ कि अहो लौ होसियारी हुनू

चाला बिग्रिन गो भने सक्किन गो राम्रो बिचारी लिनू ।१२

(८६ वर्षिय बृद्धसँग गरिएको कुराकानीमा आधारित )

 

Facebook Comments