ज्यादतीको पराकाष्ठा
कविता (सन्दर्भ ५ नं. प्रदेश-सदनको विध्वंश)
जान्छौ, पुग्छौ कल-छल गरी कोट खैरो लगायौ।
जे-जे गर्छौ कति म थपडी मात्र राजा! बजाऔँ।
आफैँ बस्ने घर र बुकुरो आज आगो लगायौ।
उन्मादीले नजर शरमी काम तिम्रो बनायौ।।
**
कुस्ती राम्रो सिक सदनमा भाँच्न कुर्सी हुनेछ।
आफ्नो-आफ्नो लहड मनको गर्न दामी हुनेछ।
ठूला तिघ्रे महसुर लगे जोश धेरै हुनेछ।
यस्ता राम्रा इलम गरिँदा नाम ठूलो हुनेछ।।
**
बैरी हाम्रा हँसमुख हुने काम के के गरेका।
खोटा मान्छे सदन तलमा लग्न कस्ले चुनेका।
दोषी जो हो म हजुर तपाईं समाल्नै भुलेका।
कस्तो रद्दी चलन थपिए लाज साह्रै पचेका।।
**
तिम्रा कानून् सदन बिचमा लाग्छ लाग्दैन के हो ?
त्यस्ता ज्याद्रा अबुझ बनिँदा ऐनले छुन्न के हो ?
साना मान्छे गरिप दरिए लाग्छ कानून हेर।
गुण्डा मुन्द्रे भरसक उँचो बाँध्न सक्दैन के र!!
**
आहा! राम्रो असल गतिलो धाप राम्रो मिल्यो कि।
तिम्रो फेटा मुकुट सुनको भेट्छु भन्ने थियो कि।
कस्ले गर्दा गलत फजिती काम यस्तो गरेको ।
नेपालीको शिर-शिर ढल्यो काम कस्तो गरेको ??
**
रक्सी, मासु, नगद धनमा धर्म आफ्नू नफाल्नू।
जानीजानी अब त जनता दुष्टलाई नछान्नू।
ब्यर्थै हाम्रो मत वचनमा चोट पार्यो किराले।
ढोका राम्रो चुकुल भरिलो ढोक्न कर्मी समाले।।
छन्दः मन्दाक्रान्ता
अन्य आकर्षणहरू
Facebook Comments