परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गुजारा हाम्रो यो परमुलुकमा चल्छ कसरी?

कविता (छन्द; शिखरिणी)

पिता माताको नै मन कलुषले बेस्कन भरी

हिमाली माटोको जय विजयको ख्याल नगरी

चिरा पारी छाती ह्रृदय बिचमा खन्जर धरी

गुजारा हाम्रो यो परमुलुकमा चल्छ कसरी?॥१

 

भए बाँझा सारा जमिन रसिला उर्वर जति

घरैको छानामा वरिपरि ठुला घाँस छ कति

निभाई बत्ती नै अमर-पुरको ओझल परि

गुजारा हाम्रो यो परमुलुकमा चल्छ कसरी?॥२

 

गुमाई माटोका हर किसिमका स्रोत यसरी

खुबी शिल्पी सारा परमुलुकमा पोषण गरि

ढलाई तेलै जो चपचप चुसे कोल जसरी

गुजारा हाम्रो यो परमुलुकमा चल्छ कसरी?॥३

 

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

जुगाले झैँ चुस्छन् प्रतिनिधिबनी दुर्जनहरू

रमाई पैसामा गरि गरिबको शोषण बरु

बसेका छन् धेरै खल धरणको दोहन गरि

गुजारा हाम्रो यो परमुलुकमा चल्छ कसरी?॥४

 

सबै पाखा लागे श्रम बल तथा बुद्धि यसरी

बसी अज्ञानीले जय मुलुकको गर्छ कसरी?

सिकारीले ताकी शर ह्रृदयमै हान्छ जसरी

गुजारा हाम्रो यो परमुलुकमा चल्छ कसरी?॥५

 

बढेको माटोको ऋण ह्रृदयमा बोझ छ अति

दिलै यो रोएको दमन बिचमा रोज छ कति

सधैँ अर्काको नै कहर खपदै दास जसरी

गुजारा हाम्रो यो परमुलुकमा चल्छ कसरी?॥६

Facebook Comments