परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रधानमन्त्रीदेखि प्रेश सल्लाहकारसम्मलाई सामाजिक सञ्जाल हमला !

तत्कालीन अवस्थामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका उघ्र विरोधी माओवादीहरु थिए । उनीहरु ओलीलाई प्रमुख दुश्मन ठान्थे । माओवादीलाई घमण्ड नगर्न र ‘साइज’ मा रहन खरो गरी सटिक तरिकाले ललकार्ने नेता पनि केपी शर्मा ओली नै हुनुहुन्थ्यो । उहाँले भन्नु भएको थियो – माओवादी खहरे हो छिट्टै सुक्छ । केही समयपछि धरहराको टुप्पोमा चडेर हेर्दा पनि माओवादी देखिने छैन ।

गत शुक्रवार प्रधानमन्त्रीका विशेष सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकिय सचिव इन्द्र भण्डारी र समाचार विज्ञ रामशरण बजगाईलाई कोरोना पोजेटिभ देखिएको रिपोर्ट आयो । उहाँहरुमा कुनै लक्षण थिएन । तथापि उहाँहरुले पछिल्लो समय आफूसंग भेट भएका महानुभावहरुलाई सतर्क रहन र आफ्नो ख्याल गर्न सामाजिक सञ्जाल मार्फत् सन्देश दिनु भयो । यसो गर्नु उहाँहरुको कर्तव्य थियो, मानवियता, संवेदना र परम्पराको निरन्तरता थियो । तर, प्रधानमन्त्रीकै पार्टी अथवा सूर्य थापाकै पार्टीका व्यक्तिहरुले सामाजिक सञ्जालमा संवेदनहिन बन्दै प्रेश’ सल्लाहकार थापाको सन्देशमा टिप्पणी गरे । सन्देशमा तल्लो स्तरको टिप्पणी गरे ।

आखिर माओवादीसंग पञ्चतन्त्र कथाको दमाहामा भए जस्तो ‘ठूलो’ आवाज थियो । अरु केही थिएन, खोक्रो थियो । त्यही कारणले गर्दा अस्थिर माओवादीहरु निख्रिदै गए । मोहन वैद्यको टुक्रो पाखा लाग्यो । विप्लव र बाबुरामहरुको झुण्ड पनि दर्गादिशा हानियो । अनि लखतरान परेको प्रचण्ड झुण्ड ओलीको शरणमा त्वम शरणम् हुन आईपुग्यो । माओवादीका पूर्व मन्त्री गोपाल किराँती र लोकेन्द्र विष्टले ‘एमाले–माओवादी एकता भएको होइन । एमालेमा माओवादी विलय भएको हो’ भन्ने ठोकुवा गरे ।

आफूले सबभन्दा ठूलो दुश्मन ठानेको ब्यक्ति, कुनै तर्कले पछि पार्न नसक्ने प्रखर विरोधी, आफ्नो केही नलागेपछि ‘मानसिक सन्तुलन गुमाएको’ भन्दै आफैंले आरोप लगाएका नेकपा एमालेका अध्यक्षलाई नै अहिले आएर नेता मानेर गुडुलकिनु परेको विडम्वनापूर्ण अवस्था पूर्व माओवादीले वर्तमानमा भोग्दै छ । पार्टी एकता भएको घोषणा त गरियो तर मन मिलेन, भावनात्मक रुपमा एकता भएन, थलो किलो र ब्यवहार मिलेन । त्यसैले अहिले नेकपा भित्र ‘पूर्व माओवादी’ नाम गरेको एउटा समूह जीवित छ र छटपटाई रहेको छ ।
कुण्ठा, आक्रोस, डाहा र इष्र्याले ग्रस्त त्यो समूह भित्रको एउटा झुण्ड सामाजिक सञ्जालमा असामाजिक भएर विकृत रुपमा प्रस्तुत हुने गरेको छ । बेला कुबेला त्यो झुण्ड कहिले प्रधानमन्त्री माथि र कहिले प्रधानमन्त्रीको सचिवालय सदस्यहरु माथि आक्रोस पोखिरहेको हुन्छ । कहिले कुनै विषयलाई बंग्याएर, कहिले कुनै शब्दलाई टिपेर अपशब्द प्रयोग गर्दै हुन्छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेश सल्लाहकार सूर्य थापामाथि त्यो झुण्ड अमर्यादित तवरले खनिदै छ ।

सामाजिक सञ्जालमा देखिने त्यो असामाजिक जत्था वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अनुहार मन पारउँदैन, उहाँ बोलेको मन पराउँदैन र उहाँलाई समर्थन गर्नेहरुलाई झन् पटक्कै रुचाउँदैन । हो यही कारणले हो प्रधामन्त्रीका प्रेश सल्लाहकार थापा माथि उक्त जत्था खनिनु पर्ने बाध्यता । सूर्य थापाले नलुकाइकन सत्य बोली दिदा त्यो झुण्डको मथिङ्गल हल्लिन्छ, कसैले सत्य बोल्यो भने उ आफ्नै थाप्लोमा कुल्चिएको अनुभव गर्छ । अनि त्यो कुण्ठा र आक्रोस सामाजिक सञ्जालमा पोख्छ ।

सायद तीन वर्ष अघि हुनुपर्छ सूर्य थापाले प्रदेश पाँचको राजधानी दाङको भालुवाङ उपयुक्त हुन्छ भनेर लेख्नु भएको थियो । त्यसमा उहालाई तथानाम गाली गरेर सामाजिक सञ्जालमा उहाँकै पार्टीकाहरुले विरोध गरे । डेड वर्ष अघि होला प्रचण्डको दुई खाले कुरा गर्ने वानीको सूर्यले विरोध गर्दा युवासंघतिरका एक ब्यक्तिले सामाजिक सञ्जाल मार्फत् मार्नेसम्मको धम्की दिएका थिए ।

अन्य आकर्षणहरू

नेता वामदेव गौतमलाई ३४ सूत्रिय प्रतिवद्धता सम्झाउदा पनि सूर्य थापा माथि सामाजिक सञ्जाल मार्फत् तथानाम भन्ने काम गरियो । पछिल्लो समयमा एउटा टेलिभिजन कार्यक्रममा बोलेको शब्दको एक टुक्रालाई टिपेर प्रधानमन्त्रीको प्रेश सल्लाहकार सूर्य थापाले हामीलाई ‘पाखे’ भन्यो भन्ने आरोप लगाउदै सामाजिक सञ्जालमा तथानाम गाली गर्न पुगे । कार्यक्रम सुन्नेहरुले त्यो आरोप मिथ्या भएको थाहा पाए । तर, आरोप लगाउनेहरु परिचालित थिए । उनीहरु अर्थको अनर्थ लगाउदै सामाजिक सञ्जालमा असामाजिक, अमर्यादित र अमानविय तवरले थापालाई गाली गर्न पुगे ।

यसका बारेमा प्रधानमन्त्रीले समेत बोल्नु प¥यो । एक पक्ष विष्लेषणलाई थापाले ‘एक पाखे’ भनेको शब्दलाई ‘एक’ हटाएर ‘पाखे’ भन्ने शब्द मात्र टिपेर सामाजिक सञ्जालमा आफ्नै अनुहारमा छिटा पर्ने गरी सञ्जालेहरु थुक्न थाले । त्यो थुकले उनिहरु आफैंको लतपतिएको अनुहार भित्र संवेदना, मानवियता र पहिला देखि चली आएको मूल्य मान्यता मान्नु पर्छ भन्ने थोरै चेत पनि थिएन ।
अहिले कोरोना महामारीका कारण विश्वका सवै मुलुक आतंकित बनेका छन् । सबै क्षेत्र, तह तप्का, समूह, धनी–गरिब, ठूलो–सानो यसको प्रभावमा पर्दैछन् । कोरोना भाइरसले अमेरीकी राष्ट्रपति देखि ग्रामिण क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई पनि आफ्नो पञ्जामा पार्न थालेको छ ।

अहिलेसम्म विश्वमा दश लाख भन्दा बढीको मृत्यु कोरोनाकै कारणले भई सकेको छ भने नेपालमा पनि पाँच सय पचासको हराहारीले ज्यान गुमाई सकेको अवस्था छ । कसलाई कतिखेर यो भाइरसले भेट्छ भन्न सक्ने अवस्था छैन । जसलाई जतिखेर पनि भेट्न सक्छ भनेर नै सतर्क र सुरक्षित हुन सरकारले बारम्वार अनुरोध गरिरहेको सुनिन्छ ।

मानिससंग बढी नै सम्पर्क गर्नु पर्ने स्थानमा कार्यरत व्यक्तिलाई यो भाइरस लाग्नु अस्वभाविक होइन भन्ने पुष्टी हुदै आएको छ । हाम्रो ग्रामिण क्षेत्रका टोलदेखि प्रधानमन्त्री निवास वालुवाटारमा पनि यसले प्रवेश गर्नु अहिलेको अवस्थामा अस्वभाविक मान्नु हुदैन । गत शुक्रवार प्रधानमन्त्रीका विशेष सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकिय सचिव इन्द्र भण्डारी र समाचार विज्ञ रामशरण बजगाईलाई कोरोना पोजेटिभ देखिएको रिपोर्ट आयो । उहाँहरुमा कुनै लक्षण थिएन । तथापि उहाँहरुले पछिल्लो समय आफूसंग भेट भएका महानुभावहरुलाई सतर्क रहन र आफ्नो ख्याल गर्न सामाजिक सञ्जाल मार्फत् सन्देश दिनु भयो । यसो गर्नु उहाँहरुको कर्तव्य थियो, मानवियता, संवेदना र परम्पराको निरन्तरता थियो । तर, प्रधानमन्त्रीकै पार्टी अथवा सूर्य थापाकै पार्टीका व्यक्तिहरुले सामाजिक सञ्जालमा संवेदनहिन बन्दै प्रेश’ सल्लाहकार थापाको सन्देशमा टिप्पणी गरे । सन्देशमा तल्लो स्तरको टिप्पणी गरे ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै पूर्वहरुले मनको भडास पोख्दै थापाको सन्देशमा कमेन्ट गर्नु भयो । पूर्वहरुले ‘कोरोना भन्दा पनि हैजा लाग्नु पर्ने हो; खबर सुन्दा सारै मजा लाग्यो’ आदि इत्यादि लेख्नु भएको थापाको स्टाटस्को कमेन्टमा पढ्न पाइन्छ । कसैले मनको डाहा र अपराधिक मनोवृत्तिको विम्व प्रस्तुत गर्दै प्रधामन्त्रीका प्रेश सल्लाहकार सूर्य थापाको तस्वीरमा कालो पोतेर पठाउनु भएको छ । यस विषयमा एक अनलाइनले समेत समाचार प्रकाशित गरेको छ ।

वास्तवमा प्रेश सल्लाहकार थापा सत्य कुरा नलुकाई स्पष्ट बोल्ने गर्नु हुन्छ । उहाँका विरोधीलाई सत्य नबोल्दिए हुन्थ्यो भन्ने लाग्दो हो । नलागोस् पनि किन सत्य लुकाउन पाए आफ्नो हैकम जमाउन पाइन्छ भन्ने सोच जुन मनमा पालेर उहाँहरुले हुर्काउनु भएको छ ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीदेखि प्रधानमन्त्रीका प्रेश सल्लाहकारलाई समेत तथानाम लेखेर आफ्नो कुण्ठा पोख्नेहरु अल्प ज्ञानी र मन्द बुद्धि मात्र होइनन् विकृत मानसिक अवस्थाका रोगीहरु पनि हुन् । सभ्य भाषामा तर्कद्वारा आफ्ना भनाइहरु राख्न नसक्नेहरु नै ठूलो स्वरले बोल्ने, अर्काको कुरा सुन्न नसक्ने र असभ्य, असामाजिक, अव्यवहारिक, अमानवीय साथै संवेदनहिन हुन्छन् । होइन भने प्रधानमन्त्रीले किड्नी फेर्दा होस् वा प्रेश सल्लाहकार थापालाई कोरोना लग्दा होस् ‘मरी जाओस्’ भन्ने खालका भनाई मानसिक रोगी बाहेक अरुले भन्न सक्तैन ।

Facebook Comments