परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

रुँदैछन् यहाँ लोक ती हाड गाली

(कविता-छन्द: भुजङ्गप्रयात)

डु बे गोठ आवास खाद्यान्न बाली
अनाचारले साँधमा बाँध हाली
बनी पौरखी रोक्छ कस्ले नियाली?
             रुँदैछन् यहाँ लोक ती हाड गाली॥१

 

 

मिची साँध अर्को सधैँ मार्छ बाजी
सही बात नै बोल्न सक्तैन काजी
कहाँ हुन्छ समृध्दि खाल्टो नटाली
रुँदैछन् यहाँ लोक ती हाड गाली॥२

 

 

मुनाफा र नाफा लिने हुन्छ अर्को
सधैँ यातना साँधमा हुन्छ चर्को
डुबे लोक माझी बिना नाउ ढाली
रुँदैछन् यहाँ लोक ती हाड गाली॥३

 

सुरक्षा र जिम्मा लिने छैन कोही
पुगी साँधमा उभ्भिने छैन कोही
भयो ताल बस्ती पसे भित्र नाली
रुँदैछन् यहाँ लोक ती हाड गाली॥४

 

 

कुनै हुन्न सानो ठुलो भाइ भाइ
छ अस्तित्व एकै र एकै कजाइँ
कहाँ गर्न पाइन्छ यो काम जाली
रुँदैछन् यहाँ लोक ती हाड गाली॥५

 

 

भयो न्याय औ धर्म के देशमाथि
सधैँ चोट नै चोटले पोल्छ छाती
समस्या छ बढ्दो समाधान खाली
रुँदैछन् यहाँ लोक ती हाड गाली॥६

 

 

बसेको छ चारै दिशा भेग रोई
गरौँ आज वार्ता गरौँ धोइ फोइ
भलो हुन्न यो घातकी रोग पाली
रुँदैछन् यहाँ लोक ती हाड गाली॥७

 

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

Facebook Comments