परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आजको नियति

कविता (छन्दः शार्दूलविक्रीडित)

हुन्छन् जो पदमा उतै नजर छन् झर्ला कि खाऊँ भनी।
सारा छन् धनमा सदा निहुरिने आएर पाउ धुने।
           बाली पाक्छ भनी सदा लहरमा ताली दिई बस्दछन्।
          हाम्रा झन् अगुवा उहीँ रहरमा “बासा” बनी मस्त छन् ।।१
                                           **
केही खण्डन हुन्न शब्द रसले “जी साव” ठूला भए।
होलै मिल्दछ बोसबाट घरमै ब्रिफ्केस भर्ती गए।
किन्ने किन्दछ नोटबाट निमुखा ठूला बडा जोसुकै।
बेचिन्छन् पद मान भाउ अनुसार् ढ्याके कि वा हुन् सुके।२
                            **
किन्ने मख्ख हुने र काम सजिलो बाटो बनायो दह्रो।
जो बेचिन्छ छ मख्ख ऊ पनि सदा थैलो भरायो भरो।
यस्तै छन् विधि या बिधान अघिकै मास्छन् कसैले भने।
ती साँढे अघि कै भए लहरमा के मास्छ होला गुने।।३
अन्य आकर्षणहरू

ज्यादतीको पराकाष्ठा

ओछ्याएका वाद र तगारा

भोलिवाद

                             **
ठेक्का बन्दछ देश दोहन हुने श्रेेस्ता मिलाई दिँदा।
टक्का गन्ध सुगन्ध मालिक भए पोको “मलाई” हुँदा।
खोली द्वार खुला प्रवन्ध गरिने छन् झुन्ड आँखा पर।
छैनन् बन्धन बाँध्न कोशिश कतै बन्छन् खुला औसर।।४
                             **
यो कस्तो गुमनाम अस्त्र करमा बोक्ने म मा मात छ।
यो यस्तो बदनाम तन्त्र हुनुमा हाम्रो सबै हात छ।
पायो के अब अस्त्र त्यो प्रगतिको बाटो लड्यो नोटले।
हार्‌यो रे जनता परे अमलका पासो कि वा ओटले।।५
                           **
शब्दावलीःअमल = शासन, ओट = पक्षपात
Facebook Comments