परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

यो पत्रकारिता कि दलीय पक्षधरता ! 

नेपालमा २०४६ सालको जनआन्दोलनको सफलता पछि फष्टाएका चार वटा क्षेत्र मध्य एक हो पत्रकारिता । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि शिक्षा, स्वास्थ्य, यातायात र पत्रकारिता क्षेत्रले अन्य क्षेत्रभन्दा बढी नै ब्यापकता लियो । स्कूल–कलेज र स्वास्थ्य संस्थाहरु प्रसस्त खुले । यसका साथै पुल र सडक निर्माणले पनि ब्यापकता पायो । जसले गर्दा यातायातका साधनहरु दुर्गम क्षेत्रहरुमा समेत पुग्न थाले । अनि संगसंगै फस्टायो पत्रकारिता क्षेत्र पनि ।

हाम्रो सम्पादक र सञ्चार गृहका मालिकहरुको कित्ता एउटै र दलगत पक्षधरता एउटै थियो । निकै लामो गलफती भयो रमरम भै सकेका सम्पादकले कुनै पनि हालतमा त्यो समाचार छाप्ने भनेपछि युवराजजीले एउटा शर्तमा छाप्न सकिने भन्नुभयो । त्यही समाचारको चिर्कटोमा पछाडि पट्टी ‘यो समाचार कपोलकल्पित भ्रामक र पित पत्रकारिताको नमुना हो । तथापि छाप्नै पर्ने भएको हुँदा छापेको हुँ भन्ने कुरा सम्पादकलाई नै लेख्न लगाएर सही गर्नु पर्ने शर्त युवराजजीले राख्नु भयो । सम्पादक खुसी हुँदै सही गरेर अर्कोतिर लाग्नु भयो । र, युवारजजीले समाचार बनाई सकेपछि बडो जतनसंग चिर्कटो खल्तिमा हाल्नुभयो । सायद २५ वर्ष अगाडिको त्यो चिकस्टो अहिले पनि युवराजजीसंग सुरक्षित होला ।

यस लेखमा चर्चा गर्न खोजिएको पत्रकारिता क्षेत्रकै हो । संख्यात्मक रुपमा पत्रकारिता क्षेत्र राम्रैसंग फष्टायो तर गुणात्मक विकास हुन सकेन । समाजको ऐना बन्दै राष्ट्रलाई नै दिशानिर्देश गर्नु पर्ने पत्रकारिता पछिल्लो समयमा आएर आफ्ना मूल्य–मान्यता  विपरितका आचारणहरु भरमार लिएर देखा पर्न थालेको छ । छिमेकी राष्ट्र भारतको प्रभावले होला नेपालका सञ्चारमाध्यमले दिने समाचार पनि पत्याइ हाल्न मुस्किल पर्ने खालका हुन थालेका छन् ।

भारतमा अहिले ‘गोदी मिडिया’ नामाकरण गरेर सर्वसाधारण पाठकले पत्रकारहरु माथि आक्रमण गर्न थालेका छन् । झुठो समाचार प्रकाशन–प्रशारण गर्ने, हुँदै नभएका मनगढन्ते समाचार प्रचार गरेर भ्रम सिर्जना गर्ने, पत्रकार र मिडिया हाउसहरु अहिले पाठकको निशानामा पर्न थालेका छन् । भारतमा पछिल्लो चुनाव हुनुभन्दा केही दिन अघि काश्मिर क्षेत्रमा पाकिस्तान–भारत युद्ध भएको र त्यहाँ तीन सय पचास जना पाकिस्तानी सेना मारिएको खबर भारतीय मिडियाहरुले खुव प्रचार गरे । वास्तविकता भने अर्कै थियो । पाकिस्तानले एउटा भारतीय सैनिक विमान खसालेको र एकजना क्याप्टेन कब्जामा लिएको थियो । पछि युरोपतिरका मिडियाहरुले वास्तविक समाचार प्रशारण गरेपछि मात्र क्याप्टेन मुक्त भए। तथापि यही मिडियावाजी मोदीका लागि चुनाव जित्ने एउटा हतियार बन्यो ।

तर तत्काल पाठक–स्रोतालाई भ्रममा राख्न सफल भए पनि ती सञ्चारकर्मी र मिडिया हाउसप्रति विश्वास गुम्दै गयो । अहिले भारतका कतिपय मिडिया जनताको कोपभाजनको शिकार बन्दै छन्। विवादित भूमी डोक्लाम क्षेत्रमा भएको चीनसंगको युद्धका बारेमा पनि भारतीय मिडियाले भारतको ठूलो जित भएको घोषणा गर्दै २० जवान आफ्ना सैनिक गुमाउनु परे पनि चाइनिज सेनालाई पाँच किलो मिटर उता धपाएको समाचार प्रचार प्रसार गरे । तर विविसी लगायतका पश्चिमा मिडियाले भारतको १५ किमी भूमि भित्र प्रवेश गरेको चाइनिज सेनाले पाँच किमी मात्र पर गएर क्याम्प खडा गरेको जानकारी दिए । अहिले आएर भारत आफ्नो त्यही १० किमी भूमि चाइनाले फिर्ता गर्नु पर्ने माग सहित चीनसंग वार्तामा छ । अर्थात् मिडियाले जतिसुकै लुकाए पनि वास्तविकता उजागर भएपछि मिडियाप्रति नै अविश्वास बढ्दै गएको छ ।

केही समय अघि नेपालका प्रधानमन्त्री र नेपाल स्थित चाइनिज राजदुतका बारेमा भारतीय मिडियाले तल्लो स्तरमा ओर्लिएर प्रचार गरे। तर केही समयपछि नै भारतमा त्यो कुसमाचारको ठूलो विरोध भयो । नेपाल जस्तो छिमेकीको सम्बन्ध बिगार्ने मिडिया नै हो भन्ने आरोप सर्वसाधारणले लगाउन थाले । यस्ता भ्रामक समाचारले केही समय कसैलाई सन्तुष्टी र मनोरञ्जन त दिन सक्ला तर जब वास्तविकता थाहा हुन्छ तब मिडिया माथिको जनविश्वास नराम्ररी गुम्छ ।

नेपालमा भने सञ्चार माध्यम अलि भिन्न तरिकाले अगाडि बढ्न खोजेको देखिन्छ । जस्तो कि जब–जब भारतसंग सीमा विवाद हुन्छ तब–तब उत्तर छिमेकी चीनले नेपाली भूमी कब्जा गरेको समाचार बकाइदा प्रचार प्रसार गर्न थाल्छ । चाहे चुच्चे नक्शा पास गर्दाका बखतको विवादमा होस् चाहे सुस्ता र मानेभञ्ज्याङ सीमा विवाद भएको बेला होस् यो प्रवृत्ति निरन्तर छ । विश्वास नलागे भारतसंग सीमा विवाद बढेका बखत प्रकाशित भएका पत्रपत्रिका पल्टाएर हेर्दा हुन्छ ।

नेपालमा २०४८ सालपछि अति फष्टाएको आमसञ्चार क्षेत्रले विश्वास गुमाउदै जानुमा धेरै कारणहरु हुन सक्छन् । त्यस मध्ये एउटा कारण हो दलगत पक्षधरता । यो दलगत पक्षधरताले समाचारको वास्तविकतालाई पूर्ण रुपमा नकारेको अवस्था अहिले नेपाली पाठक, श्रोता र दर्शकले भोग्नु परिरहेको छ । हालैसालैको कुरा गर्ने हो भने हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ६ को नेपाल चीन सीमानामा चीनले निर्माण गरेको भवनहरुको बारे भ्रमपूर्ण समाचारहरु पस्किने काम हुदैछ । ‘स्कूप’ मार्ने प्रतिस्पर्धामा रहेका कतिपय पत्रकारले नाम्खा गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामासंग सम्पर्क नै नगरी उहाँलाई नै ‘कोट’ गरेर समाचार लेखे । अध्यक्षले पनि सीमा क्षेत्रमा पुग्दै नपुगी संवेदनशील विषयमा बोलेर केही पत्रकारलाई भ्रममा पार्ने काम गरे । नेपालमा रहेको चिनिया दुतावासले वक्तव्य नै निकालेर त्यस्तो भएको छैन, यदि भूलवस भएको रहेछ भने आपसी छलफल गरेर विवाद निराकरण गर्न सक्ने जनायो । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि त्यही आशय प्रष्ट्याउनु भयो । तर पत्रकारको बलमिच्याइँले सरकार र दुतावसाको भनाईलाई मान्यता दिनु पर्ने आवश्यकता देखेन ।

अर्को घटना पनि उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । जस्तो कि केही दिन अघि नेपालमा रेल भित्रियो । नेपाली जनता उत्साहित भए । तर कतिपय सञ्चार माध्यम र सञ्चारकर्मीलाई दलगत पक्षधरताले नराम्रोसंग चिमोट्यो । मुटुमा चसक्क बिझायो । किन भने ती सञ्चार गृह र सम्बन्धित पत्रकारलाई वर्तमान प्रधानमन्त्रीको अनुहार पटक्कै मन पर्दैन । रेल ल्याउने सपना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै देख्नु भएको थियो । त्यसैले उहाँहरुले पुरानै रेल हो, हामीलाई झुक्याए भनेर लेखे । कतिपयले भारतले रेल नेपाललाई उपहार दिएको हो भनेर प्रचार प्रसार गरे । जब कि रेल नेपालले पैसा हालेर किनेको हो । रेल मार्ग मात्र भारतले बनाई दिएको हो ।

अन्य आकर्षणहरू

जब सञ्चार गृह र पत्रकारको दलीय पक्षधरता मिल्छ तब सत्य–तथ्य समाचारको हत्या हुन्छ र प्रोपगण्डा शुरु हुन्छ । तर जागिरे पत्रकारको हकमा यो लागु नहुन सक्छ । यस पंक्तिकारलाई एउटा घटनाको याद खुवै आउने गर्छ । व्यवसायिक पत्रकारिताको दुहाई दिदैं निजी क्षेत्रबाट शुरुभएको पहिलो दैनिक पत्रिकामा बरिष्ठ पत्रकार युवराज गौतम र मैले ‘नाइट डेस्क’ समाल्नु पर्ने भयो । नेपाली काँग्रेसको एकमना सरकार ढलेर मध्यावधी चुनाव हुन सायद छ दिन जति बाँकी हुँदो हो । हामी त्यो रातको अन्तिम र मुख्य समाचार सम्पादन गर्दै थियौं । समाचारको एउटा सानो चिर्कटो बोकेर जाँडले ‘राघेराघे” भइसकेका सम्पादक चुरोट तान्दै हाम्रो कोठामा प्रवेश गरे । सम्पादकले आज ‘स्कुप’ मार्नु पर्छ । यी यो सानो न्यूज ‘बक्स’ बनाएर पहिलो पेजमा हाल्नुहोस्’ भन्दै चिर्कटो दिनुभयो । युवराजजी र मैले त्यो समाचार हे¥यौं ।

मैले तुरुन्तै समाचार भनिएको घटनाबारे प्रतिवाद गरें । किनभने समाचारमा कपोलकल्पित र भ्रामक कुराहरु लेखिएको थियो । समाचार पुरै झुठ थियो । त्यस चिर्कटोमा काभ्रे जिल्ला जनमोर्चाको उम्मेदवार कमान सिंह लामालाई एमालेका कार्यकर्ताले ढुङ्गै ढुङ्गाले हानेर विभत्स तरिकाले मारेर खोल्सामा फ्याँकेको र अहिले काभ्रे जिल्ला तनावग्रस्त रहेको भनेर उल्लेख गरिएको थियो । म त्यो समाचार नछाप्ने अडानमा रहें । युवराजजीले पनि नछाप्नका लागि जोड गर्नुभयो । निकै प्रतिरोध गर्नु भयो । तर हामी जागिरे पत्रकारको केही लाग्नेवाला थिएन । किन भने हाम्रो सम्पादक र सञ्चार गृहका मालिकहरुको कित्ता एउटै र दलगत पक्षधरता एउटै थियो । निकै लामो गलफती भयो रमरम भै सकेका सम्पादकले कुनै पनि हालतमा त्यो समाचार छाप्ने भनेपछि युवराजजीले एउटा शर्तमा छाप्न सकिने भन्नुभयो । त्यही समाचारको चिर्कटोमा पछाडि पट्टी ‘यो समाचार कपोलकल्पित भ्रामक र पित पत्रकारिताको नमुना हो । तथापि छाप्नै पर्ने भएको हुँदा छापेको हुँ भन्ने कुरा सम्पादकलाई नै लेख्न लगाएर  सही गर्नु पर्ने शर्त युवराजजीले राख्नु भयो । सम्पादक खुसी हुँदै सही गरेर अर्कोतिर लाग्नु भयो । र, युवारजजीले समाचार बनाई सकेपछि बडो जतनसंग चिर्कटो खल्तिमा हाल्नुभयो । सायद २५ वर्ष अगाडिको त्यो चिकस्टो अहिले पनि युवराजजीसंग सुरक्षित होला । त्यो समाचार छाप्नै पर्ने कारण के थियो त !

त्यसबेला एमाले र जनमोर्चा चितवन लगायतका केही जिल्लामा मोर्चा बनाएर चुनावमा मिलेर लडेका थिए । त्यो समाचार छापिए पछि एमाले र जनमोर्चको आपसमा मारामार सुरुभयो । पत्रिका धेरै जसो चितवन जिल्लामा लगेर वितरण गरियो । सञ्चार गृहमा थुप्रै छलफल भयो । सायद तेस्रो दिन भित्री पृष्ठमा सानो खण्डन छापियो । जुन दिन मौन अवधि सुरु भइसकेको थियो । त्यही समाचारले गर्दा एमाले र जनमोर्चा मिलेर उठेका जिल्लामा नेपाली काँग्रेसले सहज जित हासिल ग¥यो ।

नेपालको पत्रकारिता अहिले दलीय पक्षधरताले गर्दा पर्चाकारितामा परिणत भएका छन् । र पाठक, श्रोता र दर्शकले पनि कुन सञ्चार गृहको, कुन सञ्चार माध्यमले, कुन पार्टीको, कुन नेताको कस्तो समाचार दिन्छ भनेर बुझ्न थालेका छन् । तसर्थ अब पक्षधरता नाङ्गो रुपमा देखापर्न थालेको छ । त्यसैले ती सञ्चारमाध्यमहरु त्यति लामो समय टिक्ने देखिदैन । जनविश्वास गुमाएर पत्रकारिताले समेत अपूरणीय क्षति बेहोर्नु पर्ने छ । यसै कारण पेशाको गरिमा र मर्यादा बचाउँन पत्रकारहरु स्वयं सजग हुन जरुरी छ।

प्रदीप नेपाल र कमान सिंह लामाले निकै नराम्रो मान्नु भयो । समाचारको उद्देश्य पुरा भएकोमा सञ्चारगृहका मालिक र सम्पादकले राष्ट्रिय सभाको सदस्य बन्न पाउनु पर्छ भन्दै सम्बन्धित पार्टीमा निवेदन दिनुभयो भन्ने हल्ला चल्यो । सायद पहिलो पटक नै हुनु पर्छ यसरी ‘गोयबल्स् शैली’मा पित पत्रकारिताको विरुवा रोप्ने कामको सुरुवात नेपालमा भयो । यसपछि अरुतिर पनि यो रोग फैलिदै गयो।

पाठक, श्रोता र दर्शकका लागि समाचार सामग्री वास्तविकतामा आधारित सत्य–तथ्य र विश्वसनीय हुनुपर्छ भन्ने पत्रकारिताकाको न्यूनतम मूल्य–मान्यता विपरित समाचारहरु अहिले छ्यासछ्यास्ती देखिएका छन् । विगत एक वर्ष भित्र नेपालका अभिकाशं सञ्चारमाध्यमले पचास पटक भन्दा बढी मन्त्रीमण्डल परिवर्तन हुने भनी नयाँ मन्त्रीमण्डलमा पर्ने मन्त्रीहरुको नाम सहित समाचार छापे । तर अहिलेसम्म मन्त्रीमण्डल एक पटक पनि परिवर्तन भएको छैन । यस्ता नियोजित, मनगडन्ते, कुण्ठाग्रस्त, आग्रह–पूर्वाग्रहले भरिएका समाचारले राष्ट्र र समाजलाई केही दिन त भूलभुलैयामा राख्न सक्ला तर निकट भविश्यमा नै यसले सम्बन्धित सञ्चारगृहलाई नै उठ्नै नसक्ने गरी थला पार्ने छ ।

अहिले समाज नयाँ प्रविधिसंग सहज रुपमा गाँसिएको छ । पाठक, श्रोता र दर्शक समाचार सही सत्य हो वा होइन भनेर पर्गेल्न सक्ने भएका छन् । सामाजिक सञ्जाल र मोवाइल फोनको सहजताले ‘चिर्कटो’ समाचारले जस्तो प्रभाव पारिहाल्ने अवस्था अब छैन । हुम्लाको नाम्खा टाकुले होस् वा संखुवासभाको किमाथाङका होस् वा ताप्लेजुङको ओलाङचुङगोला होस्, जतासुकै अहिले तुरुन्तै सम्पर्क गरेर के हुदैँछ भनी बुझ्न सकिन्छ । तसर्थ आमसञ्चारको क्षेत्रले अरु सजग र सचेत हुदै पत्रकारिताको महत्व बुझेर समाचार दिन सक्नु पर्छ । अन्यथा यो क्षेत्रलाई दुर्गन्धित हुनबाट कसैले रोक्न सक्तैन ।

नेपालको पत्रकारिता अहिले दलीय पक्षधरताले गर्दा पर्चाकारितामा परिणत भएका छन् । र पाठक, श्रोता र दर्शकले पनि कुन सञ्चार गृहको, कुन सञ्चार माध्यमले, कुन पार्टीको, कुन नेताको कस्तो समाचार दिन्छ भनेर बुझ्न थालेका छन् । तसर्थ अब पक्षधरता नाङ्गो रुपमा देखापर्न थालेको छ । त्यसैले ती सञ्चारमाध्यमहरु त्यति लामो समय टिक्ने देखिदैन । जनविश्वास गुमाएर पत्रकारिताले समेत अपूरणीय क्षति बेहोर्नु पर्ने छ । यसै कारण पेशाको गरिमा र मर्यादा बचाउँन पत्रकारहरु स्वयं सजग हुन जरुरी छ ।

Facebook Comments