परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

फोन खै आउँदैन !

बुढ्यौली साहित्य (छन्द : मन्दाक्रान्ता)

मेरो लठ्ठी पटपट फुट्यो लौ न केले म टेकूँ
मेरो चस्मा धुमिल हुन गो लौ न केले म हेरूँ
मेरा गोडा सिथिलतम छन् के गरी भेट्नु मित्र
भोकै कैयौं दिन बितिगए पेटले माग्छ भित्र ।१

 

छोराछोरी पर मुलुक छन् फर्की खै आउँदैनन्
कामै गर्दा छिन भर उनी बोल्न नै पाउँदैनन्
हाम्रो सन्चो, विरह मनको बुझ्न खै भ्याउँदैनन्
साँच्चै हो वा मन मरिसके बुझ्न नै चाहदैनन् ? २

 

बर्षौं पैह्ले घर सर बने यी पुराना असाध्यै
पट् पट् गर्छन् दलिन र बला खस्न होला कि साच्चै
फुत् फुत् गर्दै रङ अनि सिमेन्टी झरेको झर्यै छ
सुक्का खोकी दिन दिन अझै लाग्छ घाँटी सुक्या छ ।३

 

मेला जात्रा पनि सब टुटे भन्छ गोडा म जान्न
अन्य आकर्षणहरू

होशियार ! बाबुआमाहरू

बुढ्यौलीको पीडा

पेन्सने बूढा बाको गुनासो

बिर्स्यो अरे कालले

पीडामा बूढी आमा

जिब्रो लाटो अझ बहुत भो भन्छ खस्रो म खान्न
खाना लाग्दो अब शिव हरे अस्ति भन्दा नमीठा
फोटा हेर्दै प्रहर दिनका चार कट्छन् नमीठा ।४

 

भाडा उठ्थ्यो अलि अलि कुनै बस्न कोठा दिएमा
गर्जो टर्थ्यो अलिक रुपियाँ मास सिङ्गो बितेमा
कोरोनाले अब त घरमा बस्न खै आउला को
कोठा भाडा दिन पनि त खै सार्छ भन्ने डरै भो ।५

 

मेरा जस्तै कति कति जना पीर बोकेर बस्छन्
कस्ताकस्ता पल अब हरे आउने याम हुन्छन्
धेरै हेरें सुदुर परको फोन खै आउँदैन
बिग्र्यो फोनै कि त न बजने, टोन वा आउँदैन ?६ 
Facebook Comments