परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

म एक्लो 

चट्याङ-प्रहार

बैको भएँ म, मेरा कोही भएनन् 

जो जो थिए मेरा अब ती रहेनन् 

 

गुरु भन्नु हुन्थ्यो यहाँ सब छन् एक्लै 

भएछ र भ्रान्ति खोजें आफ्ना बेग्लै 

भयो पाएको झैँ तर होइन रहेछन्

आए जे लिन ती लिएर गएछन् 

 

म मात्रै छु मेरो, मेरो छु म मात्रै

ती मेरा भनेका थिए भ्रान्ति मात्रै 

आयो सत्य सामु अब भ्रान्ति छैन 

यहाँ मेरो भन्नु कतै कोही  छैन  

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

सबै एक्ला एक्लै कोही छैन बेग्लै 

म हाँस्छु, म रुन्छु, म मेरो छु एक्लै 

यही सत्य पूर्ण छ अरु सत्य छैनन् 

सबैको भएँ म, मेरा कोही भएनन् 

 

गुनासो यो होइन न ता पश्चाताप हो 

सबैको मेरै हाल शायद श्राप नै हो 

बुझेँ सत्य बल्ल अब भ्रम रहेनन् 

धेरैको भएँ म, मेरो कोही भएनन्  ।

 

Facebook Comments