पर्दा उघार्न आओ कविता (कव्वाली) तृणविन्दु कौशिक शनिबार, भदौ २०, २०७७ मा प्रकाशित Share पर्दा उघार्न आओ हेर्ने भए तमासा नेपथ्यमा हुँदैछन् खेलाहरू अनौठा। यो मञ्चमा त के छ ढाँचा बनावटी छ देखावटी छ खालि जाली कमाल यौटा। * हाँसी मुसुक्क मीठो खल्ती लिँदै कटारी बारी उजाड पारे मुन्टा मुना बटारी। बास्साहरू सवैले आफ्नै गुलाम पोषे रित्तो हुँदैछ भन्छन् यो देशको भकारी। * हर्दम् सुतिरहन्छौ छैनौ भने चनाखा काला कुटील चाला चल्छन् ठुलाबडा ता। तिम्रै नसीव खुर्की खाने पनि यतै छन् चालै नपाई झिक्छन् आँन्द्राभुँडी कलेजा। * छोरी,बधू र साला, साली सधैँ पियारा ईर्ष्या गरेर के भो सम्धी भए सहारा। निर्धा निरीह लुम्रा जाऊ विदेश भन्दै तिम्रा निमित्त लाए अग्ला ठूला तगारा। अन्य आकर्षणहरू नशालु ती आँखा शनिबार, भदौ १३, २०७७ बल्झिएर रोएँ ! शनिबार, भदौ ६, २०७७ साम्यवादको नक्कली रटान शनिबार, साउन ३१, २०७७ पश्चाताप शनिबार, साउन २४, २०७७ जीवन शनिबार, साउन १०, २०७७ Facebook Comments Share