परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

तिम्रो माया मेरो लागि

चट्याङ-प्रहार (व्यङ्ग्य बिधा)

मेरो माया तिम्रो लागि भ्रष्टाचार जस्तै भयो

शून्यमा झारौँ भन्दा दिनका दिन बढ्दै गयो

 

तिम्रो माया मेरो लागि मेलम्चीकै पानी भयो

आउने आशमा कुर्दाकुर्दा उमेर त्यसै ढलिगयो

 

तिम्रो माया मेरो लागि नेताजीको नारा भयो

भन्ने एउटा गर्ने अर्कै, सुन्ने ब्यर्थै पागल भयो

 

तिम्रो माया मेरो लागि क्रान्तिको प्राप्ति भयो

देख्न भोग्न पाइँदैन हल्ला धेरै, सास्ती  भयो

 

तिम्रो माया मेरो लागि पार्टी एकता झैं  भयो

सँगै बस्ने भन्दाभन्दै सम्बन्ध झन् टाढा गयो

 

तिम्रो माया मेरो लागि नयाँ नेपाल जस्तै भयो

नयाँको आश गर्दा गर्दै पुरानो झन् थोत्रो भयो

 

तिम्रो माया मेरो लागि नेताजीको भाषण भयो

सुन्दा मजा भोग्दा दुःख, छोड्नु पर्ने आसन भयो

 

तिम्रो माया मेरो लागि राष्ट्रिय गौरव भयो

न राष्ट्रिय न गौरव, व्यर्थको यो तनाव भयो

 

तिम्रो माया मेरो लागि गणतन्त्रको चाला भयो

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

सप्रिएला भन्दा भन्दै झन्झन् बिग्रिएरै गयो

 

तिम्रो माया मेरो लागि कोरोनाको भ्याक्सिन भयो

चाहिया आज, पाइने भोलि, आकाशको तारा भयो

 

तिम्रो माया मेरो लागि कोरोनाको प्रकोप भयो

न छ भन्नु न त छैन, अन्योलमा ज्यान जाने भयो

 

तिम्रो माया मेरो लागि सरकारी बाचा भयो

नपत्याउँ आश लाग्ने, पत्त्याउँदा झन् आशै गयो

 

तिम्रो माया मेरो लागि नेताजीको गाला भयो

देख्दै ठोकौँ ठोकौँ लाग्ने तिम्रो छाडा चाला भयो

 

तिम्रो माया मेरो लागि अदालतको आदेश भयो

मैले चाहिँ मान्नै पर्ने, तिम्ले  नमान्दा नि भयो !

 

तिम्रो माया मेरो लागि आफ्नै देशको चुच्चो भयो

छैन भनौँ नक्सामा छ, जान बस्न हुन्न भयो

 

मेरो माया तिम्रो लागि बजारभाउ जस्तै भयो

घटे हुन्थ्यो भन्दाभन्दै झन्झन् धेरै बढ्दै गयो ।

*

 

 

 

 

Facebook Comments