परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाली नारीको महान सनातनी चाड तीज

सम्बत् २०७७ सालको तीजमा हामी कोरोना महामारीसँग लडिरहेका छौँ । स्वास्थ्य क्षेत्रमा विश्वमै एकैपटक यति ठूलो त्रासदी कल्पना बाहिरको विषय थियो । रोकथामका लागि गरिएका प्रयास र मानिसहरुमा आएको चेतनाकै कारण यो महामारी विस्तारै कम हुँदै जाला भन्ने आशामात्रै छ अहिलेसम्म ।

यो तीज श्रमिक महिलाको चाड रहेन । आर्थिक रुपले समृद्ध महिलाहरुले नयाँ नयाँ गहना र महँगा बस्त्र किन्ने क्षमताको होडवाजी नै अहिलेको तीज हो । आर्थिक रुपले असक्षम महिलाहरु भित्रभित्रै निरास र कुण्ठित हुनुपर्ने बाध्यता यस पर्वले जन्माउँदै छ । पारिवारिक औकातभन्दा धेरै बढी खर्च गर्न खोज्ने, देखावटीपन सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्ट्राग्राम) आदिमा प्रतिस्पर्धा गर्नु तीजको अर्को विकृत स्वरुप देखापरेको छ ।

नेपालमा लकडाउन खुलेपछि संक्रमितको संख्या दिनानुदिन बढेर समुदायस्तरमा पैmलिदैँ गएपछि फेरि ठाउँठाउँमा निषेधआज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकामा भाद्र ३ गतेदेखि भाद्र १० गतेसम्म निषेधाज्ञा जारी छ । यही निषेधाज्ञाको बीचमा परेको छ, नेपाली नारीहरुको सनातनी चाड तीज । समुदायस्तर मनाइने तीज यस वर्ष कोरोना त्रासले खुम्चिएको छ । आफ्ना आफन्तहरु भेलाभएर मनाउने तीज यस वर्ष भने आ–आफ्ना घरमा मनाउन बाध्य छन् हिन्दु नारी । कोरोना संक्रमणको त्रासले सबैलाई घरघरमा खुम्च्याउँदा यसपटक तीजको रौनकता मलिन बनेको छ ।

तीज नेपाली नारीहरुको महान् सनातनी पर्व हो । आफ्ना श्रीमान्को सुस्वास्थ्य, दीर्घायूको कामना गरेर लिइने यस पर्वले पितृसत्तात्मकता बोकेको पाइन्छ । अविवाहित महिलाले पानी नखाई व्रत बस्दा महादेवजस्तो पति पाइन्छ, विवाहित महिलाले ब्रतका दिन पानी खाए श्रीमान्को रगत खाए जस्तै हुन्छ भन्ने दृढ विश्वासमा अझै नेपाली नारीहरु रुमलिएको पाइन्छ ।

माता पार्वतीले एक सय आठ पल्ट जन्मिएपछि ठूलो तपस्या गरेर भाद्र तृतीयाका दिन निराहार व्रत गरेकाले आपूmले चाहेको योग्य वर पाएको जनविश्वासमा अहिलेसम्म पनि भाद्र तृतीयाका दिन निराहार व्रत बस्ने परम्परा चलिआएको छ । नेपाली समाजमा महिलाले शिक्षित भएर यस कुरालाई पत्याउन छाडेको कुरा पुरानो पुस्तालाई अभैm स्वीकार्य छैन । विज्ञानलाई संस्कारसंग जोडेर हेर्ने हो भने सातामा एकदिन बेला बेलामा पानी र फलपूmल आदिको रस खाँदै उपवास राखियो भने ब्रत बस्नेको स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

नदी तलाउमा स्नान गरेर घाममा बसेर पूजा गर्दा भिटामिन डी प्राप्त हुने, ऋषि पञ्चमीका दिन दँतिवनले दाँत माझ्दा दाँत सफा र बलियो हुने, कर्कलो र पिँडालुको तरकारीले महिलामा हुने रक्त अल्पतालाई पूर्ति गर्ने हुनाले संस्कारलाई विज्ञान सम्मत बनाउनु महिलालाई स्वस्थ्य गराउनु हो । आफ्ना आफन्तसंग तीज मनाउनु, दुःख सुख बाडेर, मन शान्त पार्नु, ब्रत बस्नु, सकारात्मक कुराहरु गर्नु अनुशासित बन्नु हो ।

सौन्दर्यकी खानी महिलाले स्वर्णश्रृंगार गर्नु, रमाउनु सबै सकारात्मक उर्जाका प्रतिक हुन । घरमा जस्तोसुकै बाध्यता भएपनि महिलालाई माइत जाने छुट र अवसर प्रदान गर्ने यो संस्कार आफैंमा व्यवहारिक पनि छ । तर केही समययता तीज निकै अस्वभाविक रुपमा भड्किलो हुँदै गएको हो । समुदायस्तरमा नाचगान गरेर नयाँ सारी–चोलो, अस्वभाविक गहनाको प्रदर्शन गरेर हार्दिकताका साथ मनाइने तीज पर्व हिजोआज अभिजात वर्गका महिलाले प्रदर्शन गर्ने महङ्गा वस्त्र र आभुषणको प्रतिस्पर्धात्मक पर्व बन्न थालेको छ ।

यो तीज श्रमिक महिलाको चाड रहेन । आर्थिक रुपले समृद्ध महिलाहरुले नयाँ नयाँ गहना र महँगा बस्त्र किन्ने क्षमताको होडवाजी नै अहिलेको तीज हो । आर्थिक रुपले असक्षम महिलाहरु भित्रभित्रै निरास र कुण्ठित हुनुपर्ने बाध्यता यस पर्वले जन्माउँदै छ । पारिवारिक औकातभन्दा धेरै बढी खर्च गर्न खोज्ने, देखावटीपन सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्ट्राग्राम) आदिमा प्रतिस्पर्धा गर्नु तीजको अर्को विकृत स्वरुप देखापरेको छ ।

अघिल्लो दशकसम्म महिलाहरु आफ्ना घरपरिवार (सासु, नन्द, आमाजु) आदिले दुःख दिएका वेदनाहरु गीतका माध्यमबाट व्यक्त गर्थे तर पछिल्ला दिनहरुमा भने महिलाहरु देश विकास, राजनीति, कर्तव्य र अधिकार, महिला हिंसा, न्यायका विषयमा गीत गाउने, म्युजिक भिडियोबाट जागरण फैलाउने गर्न थालिएको छ । पछिल्लो समयमा तीजमा दर खाने भनेर महिनौं अघिदेखि पार्टी प्यालेसमा नाचगान गर्ने, भड्किला पहिरन र गरगहनाको प्रदर्शन गर्ने, दरका नाममा जाँडरक्सी खाएर होहल्ला गर्ने जस्ता विकृति देखिन थालेका थिए । यस वर्ष यी सवै क्रियाकलापलाई कोरोना भाइरसको जगजगीले शून्यमा परिणत गरिदिएको छ ।

कोरोना महामारी तीव्ररुपमा फैलिन थालेको यो समयमा हामी स्वास्थ्यप्रति सचेत भएर उपवास बसौं । ज्यान फालेर होइन, अहिले उपचार गर्न जाने ठाउँ नै सुरक्षित छैनन् । पानी नखाई ब्रत बस्दैमा, श्रीमान्को खुट्टाको पानी खाँदैमा सुस्वास्थ्य, दीर्घायु हुने होइन । श्रीमान्—श्रीमती एक आपसमा सहयोगी बनेर, सबैखाले समस्यामा सहभागी बनेर घरमा प्रेममय वातावरण तयार गर्न सकियो भने सबैभन्दा राम्रो दाम्पत्य जीवन हुनेछ । परिवरमा सबैको आयु बढ्छ । कोरोना माहामारीबाट छिटै मुक्ति मिलोस्, सबै नेपालीमा दिर्धायुको हार्दिक कामना ।

Facebook Comments