परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आज म ’आइसोलेसन’मा बसेको छैठौं दिन हो

आज म ’आइसोलेसन’मा बसेको छैठौ दिन हो, कोरोना संक्रमितसंग सम्पर्कमा आएको सातौं दिन हो। आफ्नो ‘अरडिटी, पीसीआर टेस्ट’ नगराउने अड़ानले अझै घटीमा दुई साता ’आइसोलेसन’ मै बस्छु। कोरोना भाइरसको ’इन्क्यूबेशन पीरियड’ २१ दिन हो। अर्थात यसको लक्षण २१ दिन पछिसम्म देखिन सक्छ। तसर्थ ‘आइसोलेसन’ २१ दिन बस्नु पर्ने हो।

मेरा मित्रहरु बुझ्नुस् ’क्वरेन्टीन’ अथवा ’आइसोलेसन’ बस्नु भनेको आफ्ना लागि होइन। मलाई त संक्रमण भई नै सक्यो, यसको परिणाम जे हुन्छ, होस्। मेरो कर्तव्य यो हो, मबाट यो संक्रमण अन्य कसैमा नसरोस्। म गर्वका साथ भन्छु मेरो ’आइसोलेसन’ बसाई मेरा घर परिवारका सदस्य तथा मेरा मित्रवर्गको सुरक्षाका लागि हो ।

कीर्तिपुरको आयुर्वेदिक अस्पतालमा रहेको ’आइसोलेसन सेन्टर’बाट उत्साहजनक खबर आएको छ। यहाँ संक्रमितलाई आयुर्वेदिक औषधि सेवन गर्न दिइएको छ जसको परिणाम अति सफल रहेको छ। ८–१० दिनमै यहाँ ’आइसोलेसन’ बस्न आएका कोरोना संक्रमितहरु स्वास्थलाभ गरिरहेका छन्।

हुन त त्यसै पनि यो भाइरस कुनै घातक भाइरस नै होइन जति यसबारे फिजाइएको हल्ला घातक छ। संक्रमित भएका ८५ प्रतिशत व्यक्तिमा यसले कुनै असर नै देखाउदैन। यिनीहरुमा रुघा खोकीसम्म पनि लाग्दैन। यस्ता संक्रमित बढीमा २१ दिनभित्र बिना कुनै औषधि आफैं नै स्वस्थ हुन्छन्। आयुर्वेद विशेषज्ञहरुले बनाएको औषधिको प्रभावकारिताले २१ दिनभन्दा पहिला नै संक्रमण मुक्त हुने घटनाहरु पनि प्रकाशमा आएका छन्।

सीनामंगलस्थित पाथिभरा आयुर्वेदिक केन्द्रका डा. बीपी तिमिल्सिनाले पनि संक्रमणका विरुद्ध प्रभावकारी औषधि बनाउनु भएको छ। उहाँ मास्क न लगाई नै रोगीको उपचार गर्दै आउनु भएको छ। दिनहुँ विभिन्न रोगीको सम्पर्कमा आउनु हुन्छ उहाँ । उहाँलाई कोरोनाको लेशमात्र पनि भय छैन। म ‘आइसोलेसन’मा बसेको थाहा पाए पछि उहाँले मेरा र सम्पूर्ण परिवारका लागि नै औषधि पठाई दिनुभयो । कतिपय मित्रहरुले मेरो पोस्ट पढेर सीनमङ्गल गई औषधि लिनु भएको छ।

म ‘आइसोलेसन’मा बसेको सुनेर र पढेर कतिपय मित्रलाई लाग्यो म कोरोनादेखि डराएको छु । मित्र यथार्थ यस्तो होइन। मैले टेस्टसम्म गराएको छैन। हो ‘आइसोलेसन’मा बसेको कारण यति हो, कथंकदाचित यदि म संक्रमित छु भने मबाट यो अरुमा नसरोस्। मैले काठमाडौंमा घुमेर अन्य साथी भाइमा संक्रमण फैलिने संभावना रोकेँ भने यो नै सबैभन्दा ठूलो मानवताको कार्य हुनेछ। मलाई थाहा छ, मलाई कोरोनाबाट केही हुँदैन । मसँग कोरोनालाई परास्त गर्ने आत्मबल, मानसिक बल र प्रतिरोधी बल छ। मेरे घर परिवारका सदस्य तथा मेरा अन्य साथीसंगीमा यो नहुन सक्छ। मैले चुरीफुरी लाएर जथाभावी गरेँ भने अन्यका लागि यो संकटको सबब हुनसक्छ।

मेरा मित्रहरु बुझ्नुस् ’क्वरेन्टीन’ अथवा ’आइसोलेसन’ बस्नु भनेको आफ्ना लागि होइन। मलाई त संक्रमण भई नै सक्यो, यसको परिणाम जे हुन्छ, होस्। मेरो कर्तव्य यो हो, मबाट यो संक्रमण अन्य कसैमा नसरोस्। म गर्वका साथ भन्छु मेरो ’आइसोलेसन’ बसाई मेरा घर परिवारका सदस्य तथा मेरा मित्रवर्गको सुरक्षाका लागि हो ।

मुलुक पुनः अघोषित ‘लकडउन’मा गई सक्यो। मैले प्रारम्भदेखि नै यसको विरोध गर्दै आईरहेको छु। ‘लकडउन’ कोरोनासंग जुध्ने उपाय नै होइन। कति दिन ‘लकडउन’ गर्ने ? कोरोना कहिले समाप्त हुन्छ ? के कसैले भन्न सक्छ ?

‘हर्ड इम्मयूनिटी’ नै कोरोनासंग लड़ने एकमात्र उपाय हो। मैले प्रारम्भदेखि नै मास्क, सेनिटाइजÞर, ‘सोसल डिस्टेनसिङ’ केहीको पालना गरेको थिइन। ’आइसोलेसन’बाट निस्किएपछि पनि गर्दिन। कोरोनाको घातकता बालबालिका, बूढ़ाबूढ़ी र दीर्घ रोगीहरुमा बढी छ । यिनले ‘हर्ड इम्मयूनिटी’को प्रयोगबाट जोगिनु पर्छ। अन्य सबैले भने ‘हर्ड इम्मयूनिटी’को बाटोमै जानुपर्छ। म ‘हर्ड इम्मयूनिटी’को बाटोमै गएको हो, संक्रमित छु कि छुइन भगवान् जानुन् किनकी मैले टेस्ट गराएको छैन र गराउँदिन पनि।

मित्र हो, संक्रमित भइहाले पनि डराउनु पर्दैन, किनकी ढुक्क हुनुस् ८५ प्रतिशत मानिसमा संक्रमणले केही लछारपाटो लाउँदैन। ८५ प्रतिशतमा कुनै लक्षण नै नदेखी कोरोना हराउँछ, अन्य १० प्रतिशतमा सामान्य रुघा, खोकी, ज्वरोसम्म देखिएर आफैं ठीक हुन्छ। हो, ५ प्रतिशतका लागि भने जोखिमयुक्त हुनसक्छ। यी ५ प्रतिशत भनेको आफ्नो स्वास्थ्य स्थ्तिि कमजोर भएका र दीर्घरोगी वर्गकै प्रतिनिधित्व गर्छन्।

संक्रमण लाग्दैमा अस्पताल नजानुस, यसको केही औषधि त्यहाँ पनि छैन। संक्रमण पुष्टि हुँदा अथवा आशंका मात्र हुँदा घरमै ‘आइसोलेसन’मा बस्नुस्। तपाईमा पहिलादेखि कुनै रोग छ भने त्यसको नियमित औषधि सेवन गर्नुस्। आफ्नो शरीरलाई गह्रौ नभएसम्म अस्पतालको नाम उच्चारणसम्म नगर्नुस्।

कोही व्यक्ति संक्रमण लाग्नासाथ हेलीकाप्टर चार्टर गरेर काठमाडौंको सुपर स्पेसिलिटी हास्पिटलको आईसीयूमा भर्ना हुन्छ । पचासौं लाख खर्च गरी प्लेन चार्टर गरेर रेमेडिसीभीर औषधि मगाउछ । यो खबर पढेर आफ्नो आर्थिक अवस्थामा दुखी नहुनुस्, ग्लानि नगर्नुस् ,राज्यलाई धिक्कार्ने काम नगर्नुस, यी सबैले तपाईको मनोबललाई दुर्बल बनाउँछ। मेडिसिटीमै भर्ना भएका कतिपय संक्रमित पनि फर्केका छैन।

मसंग त टेस्ट गराउने पनि पैसा छैन, तर पनि किंचित हीनताबोध छैन। राज्यले साँचो बोल्दैन, किनकी राज्य विभिन्न संधी–समझौतासंग बाँधिएको छ। डाक्टरले साचो बोल्दैनन, जागीर जाने भय हुन्छ। व्यक्तिगत रूपमा मैले धेरैजना डाक्टरसंग विमर्श गरको छु सबैको भनाइ छ ‘हर्ड इम्मयूनिटी’ बाहेक कुनै उपाय छैन। ‘हर्ड इम्मयूनिटी’ भनेको तपाईलाई कोरोना संक्रमण होस् र तपाईको आफ्नै ‘इम्मयूनिटी पावर’ले आफंै रोग विसेक होस् । हो, यस क्रममा केही मानिसको भने प्राणान्त हुन सक्छ। जति बढीलाई संक्रमण हुन्छ त्यति बढी नै स्वस्थ हुन्छन्, जति बढी स्वस्थ हुँदै जान्छन् सामान्यजनमा कोरोनाप्रतिको आतंक, भय समाप्त भएर आत्मविश्वास वृद्धि हुँदै जान्छ।

आज आइतवार साउन ३२ गते बिहानसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २६,०१९ पुगेको छ। यस मध्ये १०२ जनाले मृत्युवरण गर्नु परेको छ। १७,२०१ जना स्वस्थ लाभ गरी फर्केका छन्। नेपालमा संक्रमण लागेर स्वस्थ लाभ गर्नेको प्रतिशत ६६ भन्दा माथि रहेको छ। मर्नेको प्रतिशत शुन्य दशमलब ३९२२ रहेको छ। जम्मा ’ऐक्टिभ’ संक्रमित संख्या ८,७१६ रहेको छ।

यही क्रम जारी रहे पनि ३ करोड़ नेपाली सबै नै संक्रमित हुँदासम्म पनि नेपालमा हदैभए मानवीय क्षति अधिकतम ३५ हजÞारसम्म हुन सक्छ। तर जसरी जसरी दिन बित्दै जान्छन् मानिसमा यसप्रति जागरूकता आउनुका साथै मनोवैज्ञानिक रूपमा यसप्रति आत्मविश्वास बढ्दै जान्छ र मानवीय क्षति झन झन कम हुँदै जान्छ। आउने एक दुइ महीनाभित्र नै कोरोनाबाट मर्नेको प्रतिशत शुन्य दशमलब १ मा झर्न पुग्छ। हजÞारमा कोही एक जना संक्रमण लागेर मृत्युको मुखमा पुग्न सक्छ ।
कुनै पनि कारणले स्थिति गंभीर छैन। सामान्यजनले चिन्ता लिनु पर्ने कुनै कारण छैन। १५ देखि ५० वर्ष सम्मका मानिसले ‘हर्ड इम्मयूनिटी’ का लागि तत्पर हुनु पर्छ।

Facebook Comments