परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आमाको आशीर्वाद

कविता

तिमी हाँसे पो मन हाँस्छ
तिमी नाचे पो मन नाच्छ
आमा, म सदैब
तिम्रो आशीर्वादको 
प्यासी छु, प्यासी हुँ ।

आमा,
तिमी जीवनकै
कठिन ज्यादै कठिन
बुढयौली यात्रामा छ्यौ।
तिमीले गोरेटोलाई
चौडा बनाएको
सुगम बाटोमा
म यात्रारत छु ।
कहिले कहिले गम खान्छु—
तिमीले बाटो मेरो नबनाएको भए
हात समाएर
नडोर्याएको भए
म आज म हुँदैन थिएँ
त्यसैले त आमा तिमी
महान छ्यौ ।
तिम्रै मायालु हिर्काइले
म चलिरहेको छु
धड्कन चलिरहेको छ ।

म दुःखमा पर्दा
संघर्षको नाउ बन्यौ।
म अँध्यारिँदै जाँदा
दियो भै बल्यौ 
अबुझ थिएँ
बुज्जकी बनायौ।

मैले कहिले भोक लाग्यो कि?
निन्द्रा लाग्यो कि?
तिर्खा लाग्यो कि?
भनेर सोधिन,
सोध्नै चाहिन ।

अन्य आकर्षणहरू

एउटा ऋतु मात्र होइन
दशकभन्दा अगाडि
सदियौँदेखि नै
आमालाई
किनारामै छोडेर
कुलेलाम सन्तानहरू
देखेको छु
कतै म नि त्यस्तै त हुन्न?

आमा मलाई माफ गर
म सधै तिम्रै 
भै नै रहन पाउँ ।
तिम्रो बोलीलाई
गीत बनाई
गाइरहन पाउँ

आमा मलाई
आशीर्वाद चाहिएको छ।

 

Facebook Comments