परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

असहाय र न्याय !

कविता

यहाँ न्यायको कुरा नगर

कठघरा तयार हुनेछ तिम्रा लागि ।

तिम्रै आँखाअगाडि

उच्च मनोबल बोकी हिँड्दछ अपराधी

शक्ति बन्दैन कोही तिम्रा लागि ।

प्रमाणका पोथा फुकाऊ

या मनका बाँध फुटाऊ

सब शुन्यता हुन्छ तिम्रा लागि ।

 

दिन-रात मन-तन लगाऊ

बेकार हुन्छ

न्याय भाग्छ तिम्रा लागि ।

तिम्रै काँध टेकेर फुत्किन्छ पापी

सारा जगत साक्षी भएर के गर्नु

तिम्रै कण्ठ हुँदैन तिम्रै लागि ।

 

अशान्तिले चिरफार गर्दछ

मनले तुच्छ ठान्छ

रोज्न थाल्छौ पासोको बाटो

तर बचाउ गर्ने आफ्नै हुन्नन् तिम्रा लागि ।

अन्य आकर्षणहरू

आखिरी याचना

बिहान जगतै हुलमय भएको बेला

न्यायका लागि बोलिदिने आउनेछन् तिम्रा लागि

तर तिमी हुने छैनौ तिम्रै लागि ।

धन बेचेर सत्य किन्ने तर्खरको

त्यो तिम्रो अपराधी

तिमी झुण्डेको खबर सुन्नासाथ जङ्गियो—

अपराधी थियो र त झुण्डियो ।

 

सुन्यौ नि तिमीले––

दुनियाँ तिम्रो न्यायका लागि

जुलुस लगाउँदैछ

चर्को आवाज उठाउँदैछ

तर आफैँलाई निर्दोष सावित गर्न

आफैँलाई न्याय दिन

अपराधीलाई सजाय दिलाउन

आफ्नै सास राख्न सकेनौ तिमीले

तिम्रो आफ्नै लागि

इतिहासका लागि !

Facebook Comments