धुन्धुकारी कविता तृणविन्दु कौशिक शनिबार, साउन ३, २०७७ मा प्रकाशित 53 नभै पेट पूजा यी बोल्नै नसक्ने हुँदा पेट पूजा यी चल्नै नसक्ने। कुनै शोक, सन्ताप, संवेदनाले भएछन् कि ढुङ्गा, यी गल्नै नसक्ने ! उँधो फिर्नु पर्दा यी भुक्ता रहेछन् उँभो फिर्नु पर्दा यी झुक्ता रहेछन्। ठूला भेल–बाढी, घमासान आँधी हुरी–हुन्डरीमा यी लुक्ता रहेछन्। सँगैमा धुपौरे, सँगैमा छ झोले मिलेको छ मार्सी, भुलेको छ खोले। अन्य आकर्षणहरू पर्दा उघार्न आओ शनिबार, भदौ २०, २०७७ नशालु ती आँखा शनिबार, भदौ १३, २०७७ बल्झिएर रोएँ ! शनिबार, भदौ ६, २०७७ साम्यवादको नक्कली रटान शनिबार, साउन ३१, २०७७ पश्चाताप शनिबार, साउन २४, २०७७ उधारेर छानो छ खम्बा उखेल्नु खरानी कहाँ मिल्छ छाप्रो नपोले ! बने बंगला, अग्लिए आलिशान उनै सर्वहारा गुरूका महान “जिते युध्द संसार, हारे छ नेल” भनेको सुनी हाँस्छ होला चिहान। बिरोल्ने, बिथोल्ने, गिजोल्ने छ बानी यिनैले बनाए, चलाए सुनामी। स्वयम् राजनेता भए धुन्धुकारी ठूला भन्नु मात्रै, रहेछन् हरामी। Facebook Comments 53