परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आन्दोलन गर्ने, आन्दोलन गर्ने 

 जाँचको बेला प्रश्न आउँदा

आफूलाई उत्तर कुनै नआउँदा

लगेको चिट पनि चोर्न नपाउँदा

भन के गर्ने ? आन्दोलन गर्ने ।

 

गोठ भरिभरि भैंसी पाल्दा

बर्षौं घाँस, भकारो गर्दा

कुनै भैंसी कहिल्यै नब्याउँदा

भन के गर्ने ? आन्दोलन गर्ने ।

 

बिहे गरेको बर्षौं बित्दा

सन्तानको मुख देख्न नपाउँदा

थाकेँ डाक्टर झाँक्री लाउँदा

भन के गर्ने ? आन्दोलन गर्ने ।

 

छानेर राम्री बिहे गरी ल्याउँदा

तैपनि अर्कैकी राम्री लाग्दा

मेकअप खर्च धान्न नसक्दा

भन के गर्ने ? आन्दोलन गर्ने ।

 

पूरै देशमा लक्डाउन लाग्दा 

आफ्नै देशमा पस्न नपाउँदा

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

पस्नेले घर बस्न नपाउँदा 

घर बस्नेले हिँडन नपाउँदा 

भाइरस टेस्टको रिजल्ट नआउँदा 

मृत्युपछि पोजिटिभ पाउँदा 

भन के गर्ने ? आन्दोलन गर्ने  

 

असार–साउन झरी पर्दा 

बाढी, पहिरोले नोक्सान गर्दा 

कता के, कता के, मेसो नपाउँदा 

भन के गर्ने ? आन्दोलन गर्ने 

 

पार्टी मिले नेता नमिल्दा 

नेता मिले पार्टी नमिल्दा

कुरो मिले काम नमिल्दा 

काम मिले दाम  नमिल्दा 

भन के गर्ने ? आन्दोलन गर्ने 

 

 

देश प्रेमको हुट्हुटी लाग्दा 

ब्यक्त गर्ने ठाउँ नपाउँदा 

कसो के गर्ने थाहा नपाउँदा 

भन के गर्ने ? आन्दोलन गर्ने 

आन्दोलन गर्ने, आन्दोलन गर्ने !

 

 

 

 

 

 

 

Facebook Comments