परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हाम्रो प्यारो देशको यै छ माग

कविता (छन्द: सालिनी)

हात्ती पाल्दा त्यो छुटाएर धाप
पारे हाम्रै फाँट सारा सखाप
हान्ने, जुध्ने देखियो बेमिलाप
चाले गोटी देशको नै खिलाफ॥१

 

सच्चा गर्ने व्यक्ति पाखा परेको
अन्याचारीले खजाना भरेको
भन्छन् साव्धीले सरापै गरेको
नेपालीको भाग्य खोटो परेको॥२

 

भ्रष्टाचारी झाँगिएको बढेको
चोरी खाने पाठ कस्तो पढेको
पैसामा नै तिर्सना जो गडेको
सत्तामाथि पौँच उस्को अडेको॥३

 

हत्या हिंसा आम माफी गरेको
कालो खाई न्याय मूर्छा परेको
झूटो जाग्दै सत्य सारा मरेको
यो माटोमा रोग कस्तो सरेको?॥४
अन्य आकर्षणहरू

हित कसले चिताए?

हाम्रा सिमानाहरू सर्न थाले

म जन्मेको माटो

निशाको कालो प्रहर

कोरोना र जेष्ठ नागरिक

 

सत्ताधारी देखिए क्या सिकारी
यो नेपाली रीत सारा बिगारी
रित्तो पारी देशको सत्व भारी
आफ्नो पार्दै लोक पारे भिखारी॥५

 

धोई पोती फेर सारा दिमाग
छाती ठूलो पार है छोड राग
मान्छे बन्ने होडमा जोड लाग
हाम्रो प्यारो देशको यै छ माग॥६
Facebook Comments