परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सम्पूर्ण गुरुहरूप्रति समर्पित : कोभिड-१९ पछिको नर्सिङ शिक्षामा वैकल्पिक विधिको आवश्यकता

सन्दर्भ : गुरुपूर्णिमा

आज  आषाढ २१ गते, २०७७ सालको गुरुपूर्णिमाको दिन। गुरुहरूलाई सम्झने र सम्मान गर्ने दिन ।  गत केही वर्षदेखि हामी केही साथीहरूको समूहले सामुहिक रुपमा आफ्ना गुरुहरूलाई एउटा स्थानमा भेला गरेर गुरुपूजा गरी उहाँहरूले हामीलाई दिनुभएको ज्ञान र मार्गदर्शनको सम्मान  स्वरुप गरिने आदरभावको परम्परा कायम राख्दै आएका थियौं। तर यस वर्ष कोभिड—१९को माहामरीले गर्दा नेपालीहरूको विभिन्न चाड पर्व जस्तै यस दिनलाई समेत हामीले चाहेर पनि मनाउन उचित लागेन। त्यसकारण आजको दिनमा यही कोभिडको कारणले गर्दा मैले हासिल गरेको एउटा नयाँ ज्ञान अनलााइन वैकल्पिक शिक्षण विधि समय सापक्ष भएको महशूस गरी हामीले पनि अव व्यवहारमा लागू गर्दै जानु पर्छ भन्ने लागेको र नर्सिङ जगतमा यसको बहस चलाउनु पर्छ भन्ने लागेर संक्षिप्त रुपमा आज गुरुहरूको सम्मान स्वरुप सानो कुरा समर्पित गर्दछु।

यसको फलस्वरुप सबै किसिम र तहका शैक्षिक संस्थाहरूले अनलाइन विधि मार्फत कक्षाहरू शुरु गरे। नर्सिङ शिक्षामा पनि यस विधिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रवेश पायो र यसलाई आधिकारिक निरन्तरता प्रदान गर्न पनि धेरै विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले पनि प्रक्रिया थालेका छन्। तर नर्सिङ शिक्षाको अधिकांश भाग प्रयोगात्मक पक्ष रहेको हुनाले सैद्धान्तिक विषय अनलाइन कक्षाबाट सम्पन्न गर्न सके पनि प्रयोगात्मक पक्षलाई कसरी सम्पन्न गर्ने भन्नेप्रति सबै नर्सिङ शिक्षक तथा सम्बन्धित व्यक्ति र संघ संस्थाहरू अन्योलमा रहेको पाइन्छ।

हाम्रो देश नेपालमा नर्सिङ शिक्षा शुरु भएको आजका दिनसम्म आउँदा छ दशक नाघी सकेको छ। यस ६० वर्षको दौरानमा नर्सिङ शिक्षाको पाठ्यक्रम धेरै पटक परिमार्जन भयो। नर्र्सिङ शिक्षा संचालन गर्ने युनिभर्सिटी तथा कलेजहरूको संख्यामा बृद्वि भयो। शैक्षिक गुणस्तर कायम राख्न शैक्षिक संस्थाहरूलाई नियमन गर्नका लागि नेपाल नर्सिङ परिषद्को स्थापना भएको पनि झण्डै २५ वर्ष भईसकेको छ। यस अवधिमा नर्सिङ परिषद्बाट शैक्षिक गुणस्तर कायम राख्नका लागि विभिन्न गतिविधिहरू सञ्चालनमा ल्याइएका छन्। तर समयको परिवर्तन संगै आएको शैक्षिक, वैज्ञानिक, प्राविधिक विकास तथा वातावरणीय परिवर्तन, मानव सोच विचार र  जीवनशैलीको परिवर्तन संगसंगै आउनु पर्ने शिक्षण विधिमा भने परिवर्तण आएको देखिएन। नर्सिङमा शिक्षण तथा सिकाइका विधिहरूमा वि.सं २०१३ सालदेखि आजसम्म हामीले सैद्धान्तिक विषयलाई कक्षा कोठामा र प्रयोगात्मक सिकाइलाई विभिन्न स्वास्थ्य संस्था तथा समुदायमा प्रत्यक्ष रुपमा अभ्यास गराउँदै आएका छौ र यसैलाई हामी स्तरीय शिक्षाको मापदण्डको रुपमा मान्दै आएका छौं।

यस वर्षको पौष महिनादेखि विश्वमा कोरोना महामारी शुरु भए पछि नेपालमा पनि चैत्र महिनादेखि समुदायलाई संक्रमणबाट जोगाउन भनी सारा स्कूल कलेज बन्द भए। नर्सिङ शैक्षिक संस्था पनि यसबाट अलग हुन सकेनन् र चैत्र ५ गतेदेखि सम्पूर्ण सरकारी, गैरसरकारी तथा नीजि शैक्षिक संस्थाहरू बन्द भए। संक्रमणको अवस्था घट्नुको साँटो झन बढ्दै गएको अवस्थाले गर्दा विद्यार्थीहरूको पठनपाठन ठप्प हुनगयो। शिक्षक तथा विद्यार्थीहरू घरमा थन्किए। २०७६/०७७ को शैक्षिक वर्ष बिना अध्ययन अन्त्यभयो भने विद्यार्थीहरूको भविष्य एक वर्ष त्यसै खेर जानेहुन्छ। अर्कातिर पढे-सिकेका विषयहरू पनि बिर्सिने डरले विद्यार्थी तथा शिक्षकहरूमा मानसिक तनाव हुन थालेपछि वैकल्पिक उपायको खोजीमा शैक्षिक संस्थाहरू लागे।

यसको फलस्वरुप सबै किसिम र तहका शैक्षिक संस्थाहरूले अनलाइन विधि मार्फत कक्षाहरू शुरु गरे। नर्सिङ शिक्षामा पनि यस विधिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रवेश पायो र यसलाई आधिकारिक निरन्तरता प्रदान गर्न पनि धेरै  विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले पनि प्रक्रिया थालेका छन्। तर नर्सिङ शिक्षाको अधिकांश भाग प्रयोगात्मक पक्ष रहेको हुनाले सैद्धान्तिक विषय अनलाइन कक्षाबाट सम्पन्न गर्न सके पनि प्रयोगात्मक पक्षलाई कसरी सम्पन्न गर्ने भन्नेप्रति सबै नर्सिङ शिक्षक तथा सम्बन्धित व्यक्ति र संघ संस्थाहरू अन्योलमा रहेको पाइन्छ।

यसै सन्दर्भमा पूर्वाञ्चल विश्व विद्यालयले आफ्ना आङ्गिक  तथा सम्बन्धन प्राप्त क्याम्पसका प्राचार्य, प्रशाशनिक प्रमुख तथा शिक्षकहरूलाई गत जेष्ठ महिनामा वैकल्पिक शिक्षण प्रविधि अनलाइन समबन्धी १० दिने तालिम सम्पन्न गर्यो। यसबाट के थाहा भयो भने विश्वका चर्चित स्तरीय विश्वविद्यालयहरूले नर्सिङ शिक्षामा अनलाइन शिक्षण विधि सैद्धान्तिक पक्षमा मात्र नभएर प्रयोगात्क पक्षमा समेत कम्प्युटर, भिडीयो, युट्युव तथा अप्राकृतिक (सिमुलेशन) विधि  प्रयोग गर्दा रहेछन्। हुन त यस विषयमा विलकुलै जानकारी नभएको भने होइन। बेलाबेलामा यस बारेमा नर्सिङ शिक्षकहरूका बिचमा कुराकानी हुने नै गरेका थिए। अझ चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत दुईजना शिक्षकले यस विषयमा विदेशबाट स्नाकोत्तर समेत गरेको हाम्रो जानकारीमा छ। तर यस मध्ये एकजना मेडेम विदेशतिरनै रहनु भयो भने एकजना चिकित्सा शास्त्र अध्ययन संस्थानबाट हालसालै निवृत्त हुनुभयो।

हामी भने परम्परागत शिक्षण विधि नै उपयुक्त हो भन्नेमा नै वकालत गर्ने गरिरहेका छौं। किनभने विद्यार्थीले अस्पताल र समुदायमा प्रत्यक्ष प्रयोगात्मक अभ्यास गर्दा जुन व्यवहारिक ज्ञान हासिल गर्न पाउँछन् त्यो अप्राकृतिक माध्यमबाट पक्कै पनि पाउन सक्तैनन् भन्ने लाग्छ। तर आजको यो असहज र विषम परिस्थिति कहिलेसम्म रहन्छ भन्ने कुरा कसैले एकीन गर्न सक्ने अबस्था छैन। विभिन्न माध्यममार्पmत यो कोरना भाइरसभन्दा फरक अर्को एउटा भाइरस पनि देखा परेको कुर पनि जानकारीमा आएको छ। साथै हालको कोभिड–१९ पनि घरघरको शौचालय पाइपबाट ढल निकासमा समेत फैलिएको नमुना परीक्षणबाट पुष्टि भएको भन्ने समाचारहरू सार्वजनिक भएका छन्। यस्तो विषम परिस्थितिमा अस्पताल तथा समुदायमा विद्यार्थीलाई कसरी अभ्यास गराउन सकिन्छ भन्ने प्रश्न जटिल बन्दै गएको छ। अर्कातिर केही अस्पतालहरूले आइन्दा विद्यार्थीहरूलाई शिक्षण अभ्यास गराउन अनुमति प्रदान जगराउने भनी मौखिक सूचना समेत दिन थालिसकेका छन्।

अन्य आकर्षणहरू

कोभिड-१९: चुनौती र अवसरहरु

अझ नैतिकताको आधारमा साच्चै भन्ने हो भने मानव अधिकारको पक्षबाट विचार गर्दा हामी स्वास्थ्य सेवा प्रदायकहरूले हरेक उपचार तथा सेवा प्रदान गर्दा सुसूचित अनुमति प्राप्त गर्नु आवश्यक हुन्छ। अनुमति विना प्रदान गरिएको सेवाबाट कथंकदाचित केही अनिच्छित घटना घट्न गएमा सेवा प्रदायक व्यक्ति तथा संस्था समेतले कानूनी कारवाही र क्षतिपूर्ति बेहोनु पर्ने जस्ता गम्भीर अबस्था आइपर्न सक्छ। यदाकदा अहिले पनि यस्ता घटनाहरूले गर्दा सेवाप्रदायक संस्थाहरूले ठूलो क्षतिपूर्ति तिर्नु परेका घटनाहरू हामीबाट छिपेको छैनन्। यसले भोलिका दिनमा विद्यार्थीहरूको व्यवहारिक अभ्यासमा ठूलो समस्या खडा नगर्ला भन्न सकिन्न।

यसकारण वैकल्पिक विधि बारे हामीले विचार गर्ने बेला भएको महशूस गरी मैले यसबारे वास्तविक जानकारी लिन आवश्यक ठानेर साथै पूर्वाञ्चल विश्वविद्यालयले प्रदान गरेको तालिमबाट प्रेरित हुँदै यस बारेमा थप अध्ययन गर्ने कोशिश गरें। यसै सिलसिलामा अनलाइन तथा वैकल्पिक विधिको असर सम्बन्धी इन्टरनेशनल जर्नल अफ इनभारोेमेन्ट रिसर्च एण्ड पव्लिक हेल्थ र एल्साभिएर (ELSAEVIER) मा भरखरै छापिएका अनुसन्धानात्मक लेखहरूको अध्ययनले पनि अब हामी परम्परागत विधिबाट वैकल्पिक विधितिर जानु पर्ने देखाएको छ।

यसका लागि शैक्षिक गतिविधिसंग सम्बन्धित सम्पूर्ण व्यक्ति तथा संस्थाहरू र नेपाल र्निर्सङ परिषद्को बिचमा समेत सहकार्य गरी योजनाबद्ध रुपमा तयारी गर्नु पर्ने हुन्छ। अनि मात्र वैकल्पिक विधिको प्रयोगबाट हामीले चाहे अनुसार समुदायमा सेवा प्रदान गर्न सक्ने नर्सहरू तयार गर्न सकिन्छ। होइन भने शिक्षण विधि परिवर्तन गरेर मात्र हुँदैन। हुन त यसबारे पूर्वाञ्चल विश्वविद्यालय लगायत सबै विश्वद्यिालयहरूले यस समबन्धी खाका तयार गरी निर्देशिका समेत जारी गरिसकेको अवस्थामा कलेजहरू पनि उत्तिकै गम्भीर हुन अत्यावश्यक छ।

विशेष गरेर नर्सिङ शिक्षामा यसको महत्व अझ बढी हुने रहेछ। यसमा सैद्धान्तिक मात्र नभइ प्रयोगात्मक पनि रहने हुनाले ‘व्लेन्डेड लर्निङ’ शैक्षिण विधिको प्रयोग गर्नु पर्ने रहेछ। तर यो विधि प्रयोगमा ल्याउनुभन्दा पहिले विभिन्न गुणस्तरीय सफ्टवेरको छनौट, नेटको पहुँच, विद्यार्थीलाई उपकरणको उपलव्धता, शैक्षिक गतिविधि, उमेर, तह, शिक्षक तथा विद्यार्थीहरूको अनलाइन विधि समबन्धी ज्ञान र सीपका बारेमा पनि ध्यान दिनु जरुरी पर्छ।

हाल हामीले आकस्मिक रुपमा अनलाइन कक्षा जसोतसो चलाइ रहेछौं। तर यसमा सतप्रतिशत विद्यार्थीको पहुँच हुन सकेको छैन। अनलाइनबाट सञ्चालन गर्न सकिने विभिन्न प्रयोगात्मक विधिहरू सिकाउने र विभिन्न माध्यमद्वारा गोपनीयताका साथ सञ्चालन गर्न सकिने परीक्षा विधिमा पनि पोख्त हुन सकिएको छैन। यस कारण अबको अवस्था अनुसार नर्सिङ शिक्षणमा अनलाइन तथा वैकल्पिक विधि प्रयोगमा ल्याउने हो भने हाम्रो जस्तो भौगोलिक विविधता, प्राविधिक सुविधाको कमी, विद्यार्थी तथा अभिभावकहरूको असमान आर्थिक अवस्था आदि विचार गरी योजना बनाउन आवश्यक हुन्छ।

यसका लागि  शैक्षिक गतिविधिसंग सम्बन्धित सम्पूर्ण व्यक्ति तथा संस्थाहरू र नेपाल र्निर्सङ परिषद्को बिचमा समेत सहकार्य गरी योजनाबद्ध रुपमा तयारी गर्नु पर्ने हुन्छ। अनि मात्र वैकल्पिक विधिको प्रयोगबाट हामीले चाहे अनुसार समुदायमा सेवा प्रदान गर्न सक्ने नर्सहरू तयार गर्न सकिन्छ। होइन भने शिक्षण विधि परिवर्तन गरेर मात्र हुँदैन। हुन त यसबारे पूर्वाञ्चल विश्वविद्यालय लगायत सबै विश्वद्यिालयहरूले यस समबन्धी खाका तयार गरी निर्देशिका समेत जारी गरिसकेको अवस्थामा कलेजहरू पनि उत्तिकै गम्भीर हुन अत्यावश्यक छ।

Facebook Comments