परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सडक-सदन परिक्रमा 

कत्रो दु:ख गरी जनता यिनलाई संसद पठाउँछन् 

त्यहाँ यी निदाउँछन् या नाङ्गो नाच देखाउँछन्  

आपसमा झगडा गर्छन्, गाली पुराण सुनाउँछन् 

जनतातर्फ हेरी फेरि झुटो मन्त्र बड्बडाउछन 

 

हुन्न सिद्धान्त केही यिनको भए जस्तो देखाउँछन् 

माइक र क्यामरा भेटे फुर्ती गर्छन्, कराउँछ्न् 

ठट्टा गर्छन्, हसाँउछन्, नाच्छन् अनि नचाउँछन् 

सात पुस्ताको रहर मेट्न लुगा राम्रो लगाउँछन 

 

जसले एक छाक दियो टन्न त्यसकै पुच्छर समाउँछन् 

अघाएर पछि लाग्दै भोका साथी बोलाऊँछन् 

लोभी पापी पछि लाग्ने भीडदेखि रमाउँछन्

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

जिल्ल पार्दै अरुलाई आफू, आफ्ना कमाउँछन् 

 

ठूल्ठूला शब्द घोकेर नौलो केही सुनाउँछन् 

बुझ्नुसुझ्नु केही छैन बुझेकै झैँ कराउँछन्    

हैरान हुन्छन् जब जनता सडकमा फर्की आउँछन् 

सडकबाट यी आएका सडकमा नै रमाऊँछन् 

 

सडक खोल्ने माग राखेर सडक बन्द गराउँछन् 

शैक्षिक सुधारका लागि स्कूल आगो लगाउँछन् 

मजदूरको हितको लागि उद्योगमा ताला लाउँछन 

यस्तै यस्ता रोजी फेरि जनता संसद पठाउँछन् !

 

Facebook Comments