परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

 मान्छे उभिने सगरमाथा 

कविता

 चाकडी चुक्ली र चाप्लुसीहरुका मुसे दौडमा

बाजी मार्नेहरुले

जब गलामा माला पहिर्याए

निधारमा शानसित रातो टिका थापे

अनि भिरे छातिमा बडेमानको तक्मा

त्यसै त्यसै चौरस्तामा उभिएर

तमसा हेरी रहे / हेरी…..रहे।

अचानक थाहा भो

माथिकाहरुका आशिर्वादले

पुरस्कृत हुनु भनेको के हुन्छ

अनि त्यसभन्दा पर छुट्टै उभिनुको अर्थ के हुन्छ

थाहा भो

जीवनको अर्के स्वाद र सुगन्ध पनि हुँदो रहेछ

अर्कै मूल्य र मान्यता अनि सौन्दर्य पनि हुने रहेछ

थाहा भो जीवन ज्यूने जिन्दगीको

अर्कै इन्द्रणी रंग र सुन्दर मानवीय ढङ्ग पनि हुने रहेछ।

अर्थात् मान्छे उभिने अर्कै सगरमाथ पनि हुने रहेछ।।

Facebook Comments