परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

त्रि.वि. शिक्षा र अनुसन्धान प्रणालीमा विद्युतीय विधिको प्रयोग

SONY DSC

कुनै पनि देशको नागरिक सभ्यता र विकास त्यस देशका शैक्षिक सस्थाहरूको गुणस्तर र राष्ट्रिय प्रभावले निर्धारण गर्छ । नेपालमा रहेका ६ वटा विश्वविद्यालयमध्ये त्रिभुवन विश्वविद्यालय सवैभन्दा पुरानो र नेपाल सरकारको स्वामित्वमा रहेको ठूलो विश्वविद्यालय हो । वि.सं. २०१६ सालमा स्थापना भई त्रिपुरेश्वरमा सञ्चालनमा रहेको त्रि.वि २०२४ सालमा मात्र कीर्तिपुरमा स्थानान्तरण भयो । हाल ३८ केन्द्रीय विभाग, ६० आङ्गिक र १०८४ सम्बन्धन प्रात्त क्याम्पस भएको त्रि.वि ले देशको उच्च शिक्षाको करीव ८० प्रतिशत भार ओगटेको छ । करीव ६ लाखभन्दा वढी विद्यार्थी रहेको त्रि.वि विद्यार्थी भर्नाको दृष्टिकोणले संसारको १२ औँ ठूलो विश्वविद्यालयको सूचीमा पर्छ । ५ संस्थान, ४ संकाय र ४ अनुसन्धान केन्द्र मार्फत् संचालित त्रि.वि स्नातक र स्नातकोत्तर गरी २,००० भन्दा वढी शैक्षिक कार्यक्रमहरू तथा कतिपय विषयमा विद्यावारिधिको कार्यक्रम सञ्चालन गदै आएको छ । आज देश, विदेश, सरकारी तथा गैर–सरकारी संस्थाहरूमा त्रि.वि का उत्पादनले उत्कृष्टता प्रदर्शन गर्नुले पनि त्रिभुवन विश्वविद्यालय एउटा गरिमा बोकेको विश्वविद्यालय हो भन्ने कुरा नकार्न सकिन्न ।

करीव १५,००० शैक्षिक तथा प्रशासनिक जनशक्ति भएको विश्वविद्यालय देशको सम्पूर्ण क्षेत्रमा पुग्नुका साथै निजी संस्थालाई सम्वन्धन दिएर आवश्यकता अनुसार देशमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गदै आएको छ । यति हुँदाहुँदै पनि त्रि.वि. को शिक्षा प्रणाली, अनुसन्धान गर्ने परिपाटी र अनुसन्धानलाई राष्ट्रिय मुलधारमा ल्याउने योजना कमजोर नै देखिन्छ । जसको प्रत्यक्ष प्रभाव देश र नागरिकको क्षमता अभिवृध्दि, सिप, रोजगारी र उत्पादनमा परेको छ । प्रतिस्पर्धी पुर्वाधार, विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका शिक्षक, प्राध्यापक, गरिमामय इतिहास, ठूलो जमातमा रहेका मध्यमवर्गीय विद्यार्थीको गन्तव्य र सरकारको स्वामित्व भइकन पनि गुणस्तर तथा अनुसन्धानमूलक शिक्षा प्रणालीको नेतृत्व गर्न नसक्नुले हामी सबैमा पीडा वोध भैरहेको छ ।

त्रि.वि. लाई नितान्त ऊर्जाशील तथा अनुसन्धानमूलक वनाउने हो भने राष्ट्रिय सहमतिको आधारमा सम्पूर्ण शिक्षक तथा विद्यार्थी सङ्गठनको विघटन गर्नुपर्छ । यही स्थितिमा त्रि.वि. लाई अनुसन्धानमूलक थलोको रूपमा विकास गर्न भने त्यति सजिलो छैन । तर कम्तिमा केन्द्रीय विभागहरूले आफ्नो विभागलाई २४ घण्टा चलाउन सक्नुपर्छ, आवश्यक सुरक्षा, प्रविधि सम्पन्न कम्प्युटर र प्रत्येक विद्यार्थीलाई अध्ययन कक्ष उपलब्ध गराएर अनुसन्धानमा होम्मिनुपर्छ । स्नातकोत्तर तहका विद्यार्थीको भर्नासँगै सुपरभाइजर शिक्षक उपलब्ध गराउन सक्ने हो भने दुई वर्षको कार्यकालमा विद्यार्थीले उत्पादनमूलक अनुसन्धान तथा प्रकाशन गर्न सक्नेमा कुनै दुई मत छैन ।

करीव ३० भन्दा वढी देशका १५४ वटा विश्वविद्यालयसँग दुई पक्षीय सम्वन्ध स्थापित गरेको त्रिभुवन विश्वविद्यालयले आज पनि आफ्नो क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा स्तरउन्नति गर्न सकेको छैन । त्रि.वि. को नीति, योजना तथा कार्यक्रमलाई हेर्ने हो भने विशिश्ट प्रकारको छ, तर कार्यान्वयनमा सरकारको कम प्राथमिकता र वढी राजनैतिक हस्तक्षेपले त्रि.वि लाई कमजोर वनाएको छ । त्रि.वि का पाठ्यक्रमहरू परम्परागत, कम अनुसन्धानमूलक हुनुका साथै शिक्षण प्रणालीमा उन्नत विकास गर्न नसकिएकोले पनि त्रि.वि को साख गिर्दो क्रममा छ । त्रि.वि को अनुसन्धान केन्द्र, जसले अनुसन्धानको मूलप्रवाह गर्नुपर्ने हो, आज मृतप्रायः अवस्थामा छ । अनुसन्धान केन्द्रहरूको उपस्थिति राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा न्यून र कम प्रतिस्पर्धी छ । देशको नीति, योजना तथा कार्यक्रममा अर्थात् अन्तर्राष्ट्रियस्तरकोे अनुसन्धान गर्दा नेपाल सरकारको मूलप्रवाहमा उपस्थिति देखाउनु पर्ने अनुसन्धान केन्द्रहरू राजनैतिक खिचातानी, क्षणिक लाभ, सरकारी तथा गैरसरकारी संस्थानहरूको सामान्य योजनाहरूमा विलिन भएका छन् ।

अझ रोचक त केही केन्द्रीय विभागहरू अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विश्वविद्यालयहरूसँग सहकार्य गरी अनुसन्धान गर्न छाडेर गैर–सहकारी संस्थाहरूसँगको टुक्रे योजना भित्र्याएर हर्ष बडाई गरिरहेका छन् । यी विविध कारणको फलस्वरूप कोरोना भाइरसको महामारीमा त्रि.वि का विज्ञ प्राध्यापकहरू तथा प्रयोगशालाहरू अनुत्पादित हुन पुगे । ६१ वर्षको इतिहास रचेको त्रि.वि. मा हालसम्म पनि एउटा अन्र्तर्राष्ट्रियस्तरको अनुसन्धानमूलक एस.सी.आई. जर्नल नहुनु लज्जास्पद छ । आजसम्म राष्ट्रिय गौरवको कुनै पनि योजना त्रि.वि का विज्ञ प्राध्यापक तथा अनुसन्धान केन्द्रको अध्ययनबाट बनेको पाइँदैन । देशको योजना एकातिर, त्रि.वि को पठनपाठन र अनुसन्धान प्रणाली अर्कोतिर हुने हो भने, विश्वविद्यालय कहिल्यै पनि उत्पादनमुलक हुन सक्दैन ।

यति हुँदा पनि त्रि.वि. मा आशाका किरणहरू प्रशस्तै छन् । विभिन्न विषयका प्राध्यापक तथा विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थीहरूले विश्व बजारमा राम्रो प्रतिस्पर्धा गरेकै छन् । विदेशमा प्रतिष्ठित विश्वविद्यालय अर्थात् नेपालमै पनि विद्यावारिधि गरेका सक्षम युवा वर्ग त्रि.वि. को सुनौलो सपना वोकेर अगाडि वढिरहेका छन् । त्रि.वि. का विभिन्न संस्थान तथा निकायले आफ्नो अनुसन्धानमूलक प्रकाशन विद्युतीय माध्यममा लगेका छन् । अधिकांश स्नातकोत्तर तहको पढाइ सेमेस्टर प्रणालीमा जानु र विद्यार्थीले आफ्नो शोधपत्रलाई प्रकाशनमा ल्याउन खोज्नु सकारात्मक पक्ष हो । ठूलो संख्यामा विद्यावारिधि गर्न शिक्षकहरू अग्रसर हुनु, खुला प्रतिस्पर्धाबाट सह–प्राध्यापक तथा प्राध्यापक नियूक्ति हुनुले विदेशिएका प्रतिभावान वैज्ञानिकहरू त्रि.वि. सेवामा आउने बाटो खुलेको छ । विभिन्न कालखण्डमा राजनैतिक प्रशासनिक र शैक्षिक चुनौतीको बावजुद पनि त्रि.वि. को अग्रजले बचाएको गरिमा अवका दिनमा पनि कायम राख्दै राष्ट्रिय रूपमा उत्पादनमूलक र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धात्मक बनाउने अभियानमा त्रि.वि. मा थुप्रै शिक्षकहरू लागिपरेका छन् ।

कोरोना महामारी सुरु भएयता त्रिभुवन विश्वविद्यालयले विद्युतीय माध्यमबाट कक्षा सुरु गरेको छ, जुन एउटा राम्रो शुरुवात हुन सक्छ । त्रि.वि ले सयभन्दा बढी निकायका १०,००० भन्दा बढी शिक्षक कर्मचारीको इमेल खाता बनाई माइक्रोसफ्ट टीमवाट अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । अनलाइन कक्षा सञ्चालनका लागी ५०,००० भन्दा वढी विद्यार्थीहरूको इमेल खाता खोलिएको छ भने बाकी विद्यार्थीहरूको खोल्ने क्रम जारी छ । माइक्रोसफ्ट टीम मार्फत विद्युतीय कक्षा सञ्चालन गर्न ३००० भन्दा वढी तालिमको व्यवस्था गरीसकेको छ । विद्युतीय विधिवाट कक्षा सञ्चालन गर्ने अभियान केन्द्रीय विभागमा मात्र नभई देशभरिका सम्पूर्ण आङ्गिक क्याम्पसमा सञ्चालन गर्ने योजना त्रि.वि. को हुनु अति सकारात्मक कुरा हो । सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई त्रि.वि. डोमेनको इमेल खाता उपल्ब्ध गराई अनलाइन पाठ्य सामग्रीहरू सजिलै उपलब्ध हुने बाटो खुलेको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा त्रि.वि.को शिक्षक, कर्मचारी र विद्यार्थीको उपस्थिति सहज भएको छ ।

वेलायतमा १७० वर्ष पहिले शुरु भएको दूरशिक्षा प्रणाली र वीसौँ शताब्दीको अन्त्यतिर सुरु भएको इमेल पत्राचारको आधुनिक रूप नै आजको अनलाइन कक्षा हो । यसको विकास क्रममा सन् १९७० मा इलिनोस विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई उपयोग हुने गरी अनलाइन कक्षा शुरु गरी कम्प्यूटर सङ्ग जोड्ने काम ग¥यो । कम्प्युटर वैज्ञानिक टीम वर्नर्स ली ले सन १९९० मा विश्वव्यापी अनलाइन वेव प्रयोगमा ल्याएपछि अनलाइन शिक्षा प्रणालीको आधुनिकीकरण शुरु भएको मानिन्छ । इन्टरनेटको विकाससँगै विश्वको विभिन्न प्रतिष्ठित विश्वविद्यालयले २० औ शताब्दिको अन्त्यतिरबाट नै विद्युतीय माध्यमबाट कक्षा सञ्चालन शुरु गरेका थिए, नेपालमा भने कोरोनाको महामारीको कारण अनलाइन कक्षा प्रणालीको संयोग जुरेको छ । आधुनिक युगको शिक्षण प्रणालीमा यो उन्नत प्रविधि हो, जुन कोरोनाको महामारीपछि पनि त्रि.वि. ले निरन्तरता दिनुपर्छ ।

अन्य आकर्षणहरू

परम्परागत कालोपाटी, मार्करवोर्डबाट एक तह माथि उठी आंशिक रूपमा डिजिटल प्रस्तुतिकरण दिँदै आएको नेपालको शिक्षा प्रणाली अकस्मात विद्युतीय विधि मार्फत् कक्षा सञ्चालनले सबैमा एउटा उत्साह जागेको छ । त्रि.वि. को पाठ्क्रम सामग्री, अनुसन्धान, प्रकाशन र विभिन्न विज्ञहरूको प्रस्तुति एकैसाथ अनलाइन मार्फत उपलब्ध गराउन सक्ने भएकोले पनि यो विधि वैज्ञानिक र उत्पादनमूलक छ । कोरोना महामारीपश्चात पनि त्रि.वि.ले यहि अनलाइन कक्षा सञ्चालन प्रणालीलाई निरन्तरता दियो भने त्रि.वि. शिक्षण प्रणालीले सकारात्मक फड्को मार्ने प्रायः निश्चित नै छ । परम्परागत शिक्षण प्रणालीबाट आधुनिक अर्थात् डिजिटल शिक्षण प्रणालीमा जान त्रि.वि. को लागि कोरोना महामारीले सिर्जना गरेको एउटा सुनौलो अवसर मान्न सकिन्छ ।

देशमा सञ्चालन भएका ५ वटा अन्य विश्वविद्यालय र त्यस अन्र्तगतका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुँदा पनि करीब ८० प्रतिशतभन्दा वढी विद्यार्थीहरूको रोजाई त्रि.वि हुनु भनेको त्रि.वि. प्रतिको विश्वास नै हो । तसर्थ, यसको शैक्षिक गुणस्तरलाई सुधार्नुको कुनै विकल्प छैन । भर्खरै मात्र त्रि.वि. ले ल्याएको त्रि.वि. पुनर्ताजगी योजना अन्तर्गतको उद्देश्य २०३० र त्रि.वि. उत्कृष्टता केन्द्र बनाउने योजनालाई सफल बनाउन पनि त्रि.वि लाई अनुसन्धानमुलक शिक्षाको मुल प्रवाहमा ल्याउन जरुरी छ, जसमा कोरोना महामारीपछिको विद्युतीय अध्ययन अध्यापन प्रणाली सहयोग सिद्ध हुन सक्नेछ ।

त्रिभुवन विश्वविद्यालय नेपालीहरूको आस्थाको धरोहर हो । यसको सुधारका थुप्रै विकल्पहरू छन् । विभिन्न समयकालमा त्रि.वि. का श्रष्टाहरूले प्रयास गरेकै हुन् । अब त्रि.वि. ले शिक्षाको नभई अनुसन्धानको ब्यापार गर्नुपर्छ, जति अनुसन्धानलाई व्यावसायीकरण ग¥यो त्यति नै त्रि.वि. को उपस्थिति बलियो हुन्छ । पदाधिकारीहरूको राजनैतिक नियुक्ति, शिक्षक तथा विद्यार्थी संगठनहरूको मौसमी माग र परम्परागत शिक्षा प्रणालीले अव त्रि.वि लाई अगाडि बढाउन सक्दैन । क्षमतावान अग्रजहरूलाई प्राथमिकता दिँदै खुला प्रतिस्पर्धाबाट पदाधिकारीहरू नियुक्त गर्ने परम्पराको शुरुवात गर्नुपर्छ ।

त्रि.वि. लाई नितान्त ऊर्जाशील तथा अनुसन्धानमूलक वनाउने हो भने राष्ट्रिय सहमतिको आधारमा सम्पूर्ण शिक्षक तथा विद्यार्थी सङ्गठनको विघटन गर्नुपर्छ । यही स्थितिमा त्रि.वि. लाई अनुसन्धानमूलक थलोको रूपमा विकास गर्न भने त्यति सजिलो छैन । तर कम्तिमा केन्द्रीय विभागहरूले आफ्नो विभागलाई २४ घण्टा चलाउन सक्नुपर्छ, आवश्यक सुरक्षा, प्रविधि सम्पन्न कम्प्युटर र प्रत्येक विद्यार्थीलाई अध्ययन कक्ष उपलब्ध गराएर अनुसन्धानमा होम्मिनुपर्छ । स्नातकोत्तर तहका विद्यार्थीको भर्नासँगै सुपरभाइजर शिक्षक उपलब्ध गराउन सक्ने हो भने दुई वर्षको कार्यकालमा विद्यार्थीले उत्पादनमूलक अनुसन्धान तथा प्रकाशन गर्न सक्नेमा कुनै दुई मत छैन।

त्रि.वि. अनुसन्धान केन्द्रहरूलाई सुविद्या सम्पन्न बनाई अन्तर्राष्ट्रिय मुद्दाहरू परराष्ट्र तथा कुटनीतिक विषयमा पनि अनुसन्धान थाल्नु पर्छ, जसको परिणाम, राष्ट्रलाई आवश्यक पर्दा सहयोगसिद्ध होस् । यो विषम परीस्थितिमा विश्वविद्यालयका पदाधिकारी, कतिपय प्राध्यापकहरू, विभाग र आङ्गिक क्याम्पसका शिक्षक, कर्मचारीले देखाउनुभएको इमान्दारीपन प्रशंसनीय छ । विदेशका प्रतिष्ठित विश्वविद्यालयमा रहेका आफ्ना प्रतिभावान नागरिकलाई १०० ट्यालेन्ट कार्यक्रम अन्र्तगत विश्वविद्यालयमा फर्काउने अभियान चीनमा सफल अभियानको रूपमा प्रख्यात छ । यस प्रकारको अभियान त्रि.वि. मा पनि आवश्यक तथा सान्र्दभिक हुनसक्छ । जसको फलस्वरूप विश्वस्तरको ज्ञान–विज्ञान विश्वविद्यालय मार्फत राष्ट्रको मूल प्रवाहमा आउन सक्छ । संवत् २०७२ सालमा नेपालको नयाँ संविधान जारी भएपछि प्रदेशस्तरमा विश्वविद्यालयहरू खोलिनुपर्छ र त्रि.वि लाई विकेन्द्रीकरण गरिनुपर्छ भन्ने आवाज नउठेका होइनन्।

त्रि.वि. एउटा गरिमा वोकेको राष्ट्रको नेतृत्व गर्न सक्ने विश्वविद्यालय हो जसले केन्द्र, प्रदेश र स्थानिय तहमा सञ्चालन हुन सक्ने सबै खाले विश्वविद्यालय र शैक्षिक कार्यक्रमलाई आफ्नो छाताभित्र ल्याउन सक्छ । देशमा सञ्चालन भएका ५ वटा अन्य विश्वविद्यालय र त्यस अन्र्तगतका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुँदा पनि करीब ८० प्रतिशतभन्दा वढी विद्यार्थीहरूको रोजाई त्रि.वि हुनु भनेको त्रि.वि. प्रतिको विश्वास नै हो । तसर्थ, यसको शैक्षिक गुणस्तरलाई सुधार्नुको कुनै विकल्प छैन । भर्खरै मात्र त्रि.वि. ले ल्याएको त्रि.वि. पुनर्ताजगी योजना अन्तर्गतको उद्देश्य २०३० र त्रि.वि. उत्कृष्टता केन्द्र बनाउने योजनालाई सफल बनाउन पनि त्रि.वि लाई अनुसन्धानमुलक शिक्षाको मुल प्रवाहमा ल्याउन जरुरी छ, जसमा कोरोना महामारीपछिको विद्युतीय अध्ययन अध्यापन प्रणाली सहयोग सिद्ध हुन सक्नेछ ।

Facebook Comments