परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

निजी विद्यालयका बौद्धिक मजदुर शिक्षकहरूको बिल्लिबाठ

बिहान आठ बजेतिर मोवाइलको चर्काे आवाजलाई पछ्छाउँदै फोन उठाउन पुगेँ । फोन रहेछ आफूले तीन पिरेड पढाउने गरेको निजी विद्यालयबाट । साधारण औपचारिकता निभाइसकेपछि एक्कासी प्रश्न ब्रजिन्छ कानमा- ‘म्याम, बिहान लिने गरेको अनलाइन कक्षामा तपाइँले प्रर्याप्त समय दिन नसक्नु भएको हो? यो समयमा तपाइँ अरू नै काममा व्यस्त हो?’ ठाडो प्रश्नलाई मिजासिलो पाराले हैन सर, मैले राम्ररी नै अनलाइन पढाइरहेकी छु। बरू विद्यार्थी अनुपस्थित संख्या धेरै छ भने।

एउटा शैक्षिक सत्र सकिएर चैत्र महिनासम्ममा उत्तर पुस्तिका परीक्षण गरी परीक्षाफल निकाल्ने जस्ता कार्यमा शिक्षकहरू व्यस्त थिए । एउटा शैक्षिक सत्र पुरा नहुँदै कोरोना माहामारी फैलियो, लकडाउन गरियो । अर्काे शैक्षिक सत्र शुरू भएकै छैन । कहीँ पुस महिना त कहीँ फागुनदेखिको तलव नपाएका निजी विद्यालयका भोका शिक्षकलाई समयमा तलब नदिने तर वैशाख महिना लाग्दैमा नयाँ शैक्षिक सत्र सुरु भयो भनी अनलाइन कक्षा लिन लगाउने निजी विद्यालयका सञ्चालकले पूर्वीय परम्पराको पवित्र मन्त्र ‘गुरु ब्रम्हा, गुरु विष्णु, गुरु देवो महेश्वरः गुरु साक्षात् परव्रह्मा तस्मै श्रीगुरुवे नमः ।।’ को खिल्ली उडाइ रहेका छन् ।

ल ल सबै अभिभावकलाई तुरून्त फोन गर्नुहोस् ल राखें भनेर मोवाइलको रातो बटम दबाउन तम्तयार रहेका प्रधानाध्यापकलाई मैले एकैछिन रोकेँ र, तलव कहिले पाइएला भनी सोधेँ । उनीसंग सिल्ली र बनावटी जवाफ थियो– यो तपाइँको मात्र समस्या हैन हेरौं, गर्दैछौं हेरौला । लाग्थ्यो मप्रति उनी निगाह व्यक्त गर्दैथिए । निजी विद्यालयका सञ्चालकहरूले बन्दाबन्दीको समयमा बौद्धिक वर्ग शिक्षकलाई काम छउञ्जेल भाँडो काम सकियो पछि ठाडो झैं व्यवहार गरिरहेका छन् ।

कोरोना महामारीका कारण २०७६ साल चैत्र ६ गते एसइइको परीक्षा रोकिएपछि विद्यालय बन्द भए। शैक्षिक संस्था मात्र होइन प्रायः सबै आर्थिक गतिविधि ठप्प भएकाले सबैको आम्दानी घटेको छ । मजदुरका गाँस र बास खोसिए झैं निजी विद्यालयका शिक्षकका लागि पनि यो समय भोकको कहर बन्यो । सरकारी शिक्षकहरूलाई त ढिलो चाँडो मासिक तलव खातामा आउने कुरामा शंका नहोला। तर निजी विद्यालयका शिक्षकहरू कमाएर कमाएर जीविका चलाउने वर्गमा पर्छन्, उनीहरूलाई विचल्ली पारिएको छ । अनौठो के छ भने कारखानाका मजदुरको बारेमा आवाज उठाउने र सहानुभुति दर्शाउने धेरै छन् र देखिन्छन् । तर दुर्भाग्य नै भनौं, हामीजस्ता बौद्धिक मजदुरहरूको श्रम शोषणमा बोलिदिने कोही छैन ।

एउटा शैक्षिक सत्र सकिएर चैत्र महिनासम्ममा उत्तर पुस्तिका परीक्षण गरी परीक्षाफल निकाल्ने जस्ता कार्यमा शिक्षकहरू व्यस्त थिए । एउटा शैक्षिक सत्र पुरा नहुँदै कोरोना माहामारी फैलियो, लकडाउन गरियो । अर्काे शैक्षिक सत्र शुरू भएकै छैन । कहीँ पुस महिना त कहीँ फागुनदेखिको तलव नपाएका निजी विद्यालयका भोका शिक्षकलाई समयमा तलब नदिने तर वैशाख महिना लाग्दैमा नयाँ शैक्षिक सत्र सुरु भयो भनी अनलाइन कक्षा लिन लगाउने निजी विद्यालयका सञ्चालकले पूर्वीय परम्पराको पवित्र मन्त्र ‘गुरु ब्रम्हा, गुरु विष्णु, गुरु देवो महेश्वरः गुरु साक्षात् परव्रह्मा तस्मै श्रीगुरुवे नमः ।।’ को खिल्ली उडाइ रहेका छन् ।

सामान्य अवस्थामा पनि राम्रो सम्मान नपाएको शिक्षण पेशा कोठाभाडा, खानपान, पानी बिजुली आदिको खर्च धानेर दैनिक गुजारा चलाउन काम नपाञ्जेल पैसा जोहो गर्ने पेसाका रुपमा आम बुझाइ रहेको छ । शिक्षकहरू अन्यत्र काम पाएपछि तुरुन्त पेशा परिवर्तन गर्न बाध्य छन् । त्यसैले भोलिका कर्णधार जन्माउने शिक्षण पेशा दिनानुदिन कमजोर र अलोकप्रिय बन्दै छ। अर्कोतिर निजी विद्यालयहरूले अभिभावकबाट महंगो र विभिन्न बहानामा शुल्क असुली रहेका हुन्छन् । यो पेशामा एकातिर शिक्षकहरूको शोषण भएको छ भने अर्कोतर्फ अभिभावकको । सरकारले माध्यामिक तहसम्म शिक्षा निशुल्क भन्ने नारा पनि पटकपटक लगाइरहेको छ । यस्तो अवस्थामा पनि निजी विद्यालयका सञ्चालकहरूलाई सरकारले उन्मुक्ति दिनु आफैंमा विडम्बना बनेको छ ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा बोकेर हिडेका सम्पूर्ण नेपालीलाई यो कोरोनाको कहरमा हौसला दिनुपर्नेमा निजी विद्यालयका सञ्चालकहरूले हामी शिक्षक माथि कुनै अभिभावकत्व निर्वाह गरेन। चारचार महिनासम्म भोको पेटमा पटुका कस्दा अलिकता पनि दया राखेन। हामी बौद्धिक मजदुरलाई अनलाइन पढाउने बेला नभई कुनै खोजी गरेन। भोका छौ कि? नाङगा छौ कि? सङक्रमित छौ कि? क्वरेन्टाइनमा छौ कि? आइसोलेसनमा छौ वा मृत्यु पो भयो कि कुनै चासो देखाएनन् । सुरक्षित रहनु होला भन्ने सानो खवर पनि पठाउन नसक्ने निजी विद्यालयका सञ्चालकले आफू नाफाखोरमात्रै भएको प्रमाणित गरेका छन्। नाफा कमाउन्जेल कक्टेल पार्टीमा रमाउने, गोजी रित्तिएपछि आफू आफूमा धम्साधम्सी गर्ने र विद्यागृहबाट महिनौं हराउने, शिक्षकका भरमा विद्यामन्दिर चलाउने सञ्चालकहरूले तीन महिनामै कोकोहोलो गर्दै शिक्षकलाई तलब खुवाउन सक्तिन भनी ठूलो स्वरमा कराउन थालेका छन्। अनि सरकारबाट राहत कुम्ल्याउने प्रपञ्च रच्न थालेको छन्।

वैशाख महिनामा नयाँ शैक्षिक सत्र शुरु हुने हुँदा विद्यार्थी अन्यत्र विद्यालयमा जालान् कि भन्ने डरले नाटकीय रूपमा अनलाइन कक्षा चलाउन शिक्षक परिचालन गर्न निजी विद्यालयका मालिकहरू कस्सिए। र अभिभावकलाई निर्लज्ज उर्दी गरे– पैसा तिर्नु। तर आफ्नो दायित्व कहिल्यै पुरा गर्नु पर्छ भन्ने सामान्य नैतिकतासम्म पनि देखाउन तयार भएनन्।

निजी विद्यालयका मालिकको संगठन प्याब्सन , एन प्याब्सनले अभिभावकलाई शुल्क बुझाउन ताकेता गरेसँगै चौतर्फी विरोध भइरहेको छ। विद्यार्थी र अभिभावक यसको विपक्षमा उभिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरेर अलकडाउनका अवधिको शुल्क नलिन निर्देशन दिएको छ । अधिकांश स्कुलले चैतसम्मको शुल्क लिइसकेका थिए तर पनि शिक्षकहरूलाई भने तलव दिएका छैनन्।

प्राज्ञिक र मर्यादित बन्नु पर्ने शिक्षण संस्थाले न्यायोचित व्यवहार गर्न सकेन भने त्यसको सन्देश समाजमा कस्तो जाला त्यसतर्फपनि सोच्नु पर्ने बेला आएको छ । न्यूनतम आत्मसम्मानको समेत अभाव हुँदा समाज परिवर्तनका संवाहक शिक्षकको मनोवल दिनप्रतिदिन गिर्दै गएको छ। यसबारेमा संसदमा झिनो आवाज त उठ्यो तर खासै सुनुवाई नहुनले विद्यालयका मालिकसंग जनप्रतिनिधिहरूको समेत साठसाठ छ भन्ने संकेत गरेको छ।

अतः निजी शैक्षिक संस्थामा आवद्ध भएका शिक्षकको समस्याको विषयमा समयमै सबै पक्षबाट ध्यान पुग्नु जरुरी छ। विद्यालयहरू ज्ञानका उद्योग भएकाले त्यसको गुणस्तर कायम गर्ने अति महत्वपूर्ण साधन शिक्षकहरूलाई बेवास्ता गरेर शिक्षाको गुणस्तर राम्रो हुन सक्तैन। त्यसैले आज अप्ठेरोमा परेका शिक्षकलाई बँचायौं भने मात्र शिक्षकले विद्यालय र विद्यार्थी दुबैको भविश्य बँचाउने छन्।

कोरोना महामारीको संकट कहिलेसम्म रहन्छ भन्ने टुङ्गो छैन। संकट लम्बिरह्यो भने भोलि यस्तै अवस्थामा सरकारले औपचारिक रूपमा नयाँ शैक्षिक सत्र सुरूवातको शुरुवात गर्नु पर्ने पनि हुनसक्छ। के यस्तो अवस्थामा पनि निजी विद्यालयका शिक्षकले भोकभोकै अनलाइन कक्षा सञ्चालन गर्न सक्छन? यो आफैंमा आश्चर्यको विषय बनेको छ।

सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट २०१८ मा नै शिक्षक र शिक्षा सम्बन्धमा तलब भत्ताको सन्तोषजनक स्केल र सामाजिक स्तर दिएर शिक्षण पेसाको उचित सम्मान कायम गर्नु, जसबाट यस पेसामा योग्य मानिस प्राप्त हुन सकुन’ भनिएको छ। तर शैक्षिक संस्थाका मालिकहरूको हकहितका लागि स्थापित संस्थाको मनोमानी तथा कमजोर सरकारी नीतिले आज निजी शिक्षण संस्था र त्यसमा निर्भर शिक्षक लगायत कर्मचारीको भविष्य सुनिश्चित हुन सकेको छैन।

अतः निजी शैक्षिक संस्थामा आवद्ध भएका शिक्षकको समस्याको विषयमा समयमै सबै पक्षबाट ध्यान पुग्नु जरुरी छ। विद्यालयहरू ज्ञानका उद्योग भएकाले त्यसको गुणस्तर कायम गर्ने अति महत्वपूर्ण साधन शिक्षकहरूलाई बेवास्ता गरेर शिक्षाको गुणस्तर राम्रो हुन सक्तैन। त्यसैले आज अप्ठेरोमा परेका शिक्षकलाई बँचायौं भने मात्र शिक्षकले विद्यालय र विद्यार्थी दुबैको भविश्य बँचाउने छन्।

Facebook Comments