परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपालीको इम्यूनिटी पावर बढी नै रहेछ

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा व्यक्त गर्नु भएको भनाई जहिले पनि चर्चाको विषय किन हुन्छ ? स्वभाविक हो उहाँ यो देशको प्रधानमन्त्री वा शक्तिशाली व्यक्ति भएकोले उहाँको चर्चा हुने नै हो ? बेसारे चर्चा जति हुनु पथ्र्यो त्यति नभएको जस्तो मलाई लागेको छ। अझै धेरै चर्चा हुनु पर्दछ। र त आम नागरिकले थाहा पाउँछन्। अहिले प्रधानमन्त्रीले जे बोल्नु हुन्छ त्यो ठीकै भए पनि त्यसको विरोध हुन्छ। बेसारे हल्लासँगै अर्को चर्चा पनि संसदमा शुरु भएको थियो। त्यो हो नेपाली जनताको इम्युनिटी पावर औषत अरु देशको तुलनामा बढी छ।

उहाँको बोली भुइमा झर्न नपाउँदै काँग्रेसका एकजना साँसदले भन्नुभयो– ‘नेपालीको इम्यूनिटी पावर बढी छ भनेर कसले भन्यो ? प्रधानमन्त्रीले यस्ता तथ्यविहीन कुरा गरेर जनतालाई हास्यका पात्र बनाउनु हुँदैन।’ यहाँ हास्यास्पद त के थियो भने ती संसाद, जसले तथ्यहित कुरा भनी दावी गरिरहनु भएको थियो, उहाँ स्वयं पनि यसको विज्ञ हुनुहुन्थ्यो र नेपालीको इम्युनिटी पावर बढी छैन भनी खण्डन गर्न कुनै प्रमाण पनि राख्न सक्नुभएको थिएन। उहाँलाई खण्डन गर्न पनि निश्चित आधार चाहिन्छ भन्ने कुराको सम्म पनि हेक्का नभएको भान हुन्थ्यो।

प्रधानमन्त्री ओलीले संसदमा राख्नु भएको सो भनाई जुवारी चलेझै भयो। कान्तिपुर र नयाँ पत्रिका दैनिकले अन्य तथ्यहरु अघि सारेर त्यसको खण्डन गर्न खोजे। तर ती तथ्य र इम्युनिटी पावरमा प्रत्यक्ष सम्बन्ध थिएन। जसको उद्देश्य नकारात्मक विरोध मात्र थियो। कुनै पनि कुरा नकारात्मक र सकारात्मक दुबै ढंगले राख्न सकिन्छ। मैले केही कुरा राखिरहँदा कुनै कुनै पत्रकारिताका पण्डितहरुले सहजै प्रीतक्रिया दिन पनि सक्छन्। पत्रकारितामा स्तुतिगान हुँदैन। पत्रकारिताले सकारात्मक होइन नकारात्मक कुरा खोज्ने हो, यो पत्रकारिताको गुण हो, पत्रकारिता संधै सत्ताको विपक्षमा उभिन्छ जस्ता धेरै धेरै तर्कहरु अघि सार्दै व्यख्याहरु आउन सक्छ। अझ कुनैले तर्क राखेरै खण्डन गर्न नसके फलानाको हनुमान हो भनेर व्यख्या पनि गर्न सक्छन्। त्यतिले नपुगे केही समय पर्खेर उसको व्यक्तिगत र असम्बन्धित कुरा उठाएर त्यसको ध्वज्जी उडाउन पनि पछि पर्दैनन्। तर म भन्छु पत्रकारिता सत्ताको विपक्ष र नकारात्मकताको पक्षमा होइन, असत्यको विपक्ष र सत्यतथ्यको पक्षमा क्रियाशील पेशा हो। मनोगत आरोप पत्रकारिता होइन।

काठमाण्डौंबाट प्रशारण हुने एभिन्यूज टेलिभिजनले झापाका थुप्रै पालिकाका प्रमुखहरुलाई राहत किन सबै ठाउँमा पुग्न सकेन ? राहतमा किन एकद्वार प्रणाली लगाएको नगर वा गाउँ पालिकामा समन्वय नगरी किन राहत बाँढ्न नपाउने ? जनताको चुल्होमा आगो बल्ने कुरा महत्वपूर्ण हो कि पालिकामा समन्वय ? हामी राहत बाँढ्दैछौं तपाईहरु किन रोक्नु हुन्छ भन्दै व्यापक विरोध गर्दै नगर प्रमुखहरु निरंकुश भए मानवता हराएको जस्ता तथानाम भन्दै आफ्ना कुण्ठाहरु प्रशारण ग¥यो। टेलिभिजनको जङ्गलमा उनीहरुको बकबास सुनेर बस्ने कसको फुर्सद? प्रतिकृया नआएपछि पुनः त्यसलाई मेसेन्जरमा पठाएर, नगरका कर्मचारीहरुको फेसबुक र नगरपालिकाको फेसबुकमा हालेर चर्चामा ल्याइयो।

आखिर किन यस्तो भयो भनी खोज अनुसन्धान गर्दैजाँदा उनीहरुले दाताबाट संकलन गरेको राहत हामी बाँढ्दैछौं भनी प्रचार गर्न यस्तो नाटक गरिएको रहेछ। तर पनि उनीहरुले राहत भने कही बाँढेका थिएनन्। त्यही टेलिभिजनमा काम गर्ने झापाका एक पत्रकारले संस्थाले दिएको ५० हजारको चेक नसाटिएर उनले बोकेको ६ महिना बितिसकेको थियो। ती पत्रकारले आप्mना साथीहरुको तलब दिलाउनेबारे कुनै चर्चा गरेनन् बरु तँ छोड म राहत बाँड्छु भनी सूचना प्रवाह गरे। ओलीको राजमा जनतालाई राहत बाँड्न पनि नपाउने भनी प्रचार गरे। उनको त्यो काम पत्रकारिता हो कि पत्रकारितालाई माध्यम बनाएर लुटखसोट मच्चाउने शैली हो ? पत्रकारिताका गुरुहरु नै जानुन।

सरकारले बन्दाबन्दीको कारण अभरमा परेकालाई राहत बाँड्न एक द्वार प्रणाली लागू गरेको थियो। अहिलेको समयमा राहत बाँड्नु भनेको बाढी पीडित वा अग्नी पीडितलाई राहत बाँड्नुजस्तो होइन। सामान्य असावधानी भएमा राहत बाँड्नेले कोरोना भाइरस पनि बाँड्ने भएकाले सरकारले एकद्वार प्रणालीलाई कडाईका साथ लागू गरेको थियो तर, त्यसको विरोध भयो।

केही समय अगाडि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अब भोलिका दिनमा घरघरमा आफ्नै क्वारेन्टाईमा बस्नु पर्ने दिन पनि आउन सक्छ भन्नु भएको थियो। त्यसलाई पनि राष्ट्रको सञ्चार भनी ढोल पिट्ने संस्थाबाट सरकारले जनताको स्वास्थ्य उपचार नगर्ने आफ्नो उपचार आफैंले गर्नु पर्ने, सरकार जनताको स्वास्थ्य उपचारको जिम्मेवारीबाट पन्छियो जस्ता प्रचारबाजी गरेको थियो। आखिर, विश्वमा भइरहेको अभ्यासलाई नेपालमा पनि लागू गर्ने स्वास्थ्यमन्त्री ढकालले ठीकै भन्नु भएको थियो।

अहिले पनि प्रधानमन्त्रीले नेपाली जनताको रोग प्रतिरोधक शक्ति (इम्यूनिटी पावर) अन्य राष्ट्रका नागरिकभन्दा बढी छ। वीर नेपालीले हिम्मत बढाउनु पर्छ, सावधानी अपनाउनु पर्छ, भौतिक दूरी कायम गरेमा, बन्दाबन्दीलाई पालन गरेमा कोरोना घरभित्र आउन सक्दैन भन्नुभएको थियो। आफ्नो हौसला कायम राखेमा कोरोना लागिहाले पनि केही गर्न सक्दैन। कोरोनालाई नेपाली जनताले जितेका छन् र जित्ने छन् भन्नुभएको थियो। उहाँको बोली भुइमा झर्न नपाउँदै काँग्रेसका एकजना साँसदले भन्नुभयो– ‘नेपालीको इम्यूनिटी पावर बढी छ भनेर कसले भन्यो ? प्रधानमन्त्रीले यस्ता तथ्यविहीन कुरा गरेर जनतालाई हास्यका पात्र बनाउनु हुँदैन।’ यहाँ हास्यास्पद त के थियो भने ती संसाद, जसले तथ्यहित कुरा भनी दावी गरिरहनु भएको थियो, उहाँ स्वयं पनि यसको विज्ञ हुनुहुन्थ्यो र नेपालीको इम्युनिटी पावर बढी छैन भनी खण्डन गर्न कुनै प्रमाण पनि राख्न सक्नुभएको थिएन। उहाँलाई खण्डन गर्न पनि निश्चित आधार चाहिन्छ भन्ने कुराको सम्म पनि हेक्का नभएको भान हुन्थ्यो।

वास्तवमा प्रधानमन्त्री ओलीले ठीकै भन्नु भएको थियो। अमेरिका, ब्राजिल, बेलायत, रसिया, भारत, पाकिस्तान र बंगलादेशभन्दा नेपाली जनताको इम्यूनिटी पावर बढी छ। प्रधानमन्त्री ओलीले ठट्टा गर्दै भन्नु भएको होइन। प्रधानमन्त्री ओलीले तथ्यको आधारमा भन्नुभएको हो। हेरौंं तथ्य कस्ता छन्।

जुन २३, २०२० को वोल्डोमिटरको कोरोना सम्बन्धी रिपोर्टलाई विश्लेषण गर्ने हो भने प्रधानमन्त्री ओलीले नेपालीको इम्यूनिटी पावर बढी छ भनी गरेको दावीलाई सही मान्नु पर्ने हुन्छ। यहाँ विश्वका आठवटा देशका केही तथ्याङ्कलाई विश्लेषण गर्ने जमर्को गरिएको छ। विश्वका शक्ति सम्पन्न चारवटा राष्ट्र र एसियाका चारवटा राष्ट्रको तथ्याङ्कलाई हेरौं।

अमेरिका : विश्वको सबैभन्दा बढी कोरोना संक्रमित र मृत्यू भएको राष्ट्रमा अमेरिकका पर्दछ। अमेरिकाको कूल जनसंख्या ३३ करोड ९ लाख ५९ हजार ९३० मध्ये २३ लाख ८८ हजार १५३ जना कोरोना संक्रमित भएको छ। संक्रमित मध्ये १ लाख २२ हजार जना भन्दा बढीले ज्यान गुमाएका छन्। अमेरिकाले २३ जुनसम्म २ करोड ९० लाख १३ हजार १८२ जनाको कोरोना परिक्षण गरेको छ। जनसंख्या र कोरोना परीक्षणलाई हेर्ने हो भने अमेरिकाले प्रति ११ जना बराबर एक जनाको परीक्षण गरेको देखिन्छ। त्यस्तै मृत्यू हुनेहरुमा प्रति १९ जना कोरोना संक्रमित बराबर एक जनाको मृत्यू भएको देखिन्छ।

ब्राजिल : कूल जनसंख्या २१ करोड २५ लाख २५ हजार २७३ रहेको ब्राजिलले जुन २३ सम्म २५ लाख १० हजारको कोरोना परीक्षण गरेको छ। कोरोना परीक्षण जनसंख्याको आधारमा हेर्ने हो भने प्रति ८४ जना बराबर एक जनाको परीक्षण भएको देखिन्छ। त्यहाँ कोरोना संक्रमितको संख्या ११ लाख ११ हजार जनाभन्दा बढी रहेको छ भने कोरोनाबाट मृत्यू भएकाहरुको संख्या ५१ हजार ४०७ रहेको छ। संक्रमित संख्यालाई आधार मानेर मृत्यू हुनेको औषत दर प्रति ५ संक्रमित बराबर एक जनाको मृत्यू भएको देखिन्छ।

रसिया : कोरोना संक्रमणलाई नियन्त्रण गर्न संघर्षरत रसियाको कूल जनसंख्या १४ करोड ५९ लाख ३३ हजार २५६ रहेको छ भने कोरोना परीक्षणको संख्या एक करोड ७२ लाख ८९ हजार ६९१ रहेको छ। रसियाको जनसंख्या र कोरोना परीक्षणको स्थिति हेर्ने हो भने प्रति ८ जना बराबर एक जनाको जाँच भएको देखिन्छ। त्यहाँ संक्रमितको संख्या ५ लाख ९२ हजार २८० मध्ये ८ हजार २०६ जनाको मृत्यू भएको छ। त्यहाँ प्रति ७२ जना बराबर एक जनाको मृत्यू भएको देखिन्छ।

वेलायत : विश्वको अर्को शक्तिशाली मुलुक बेलायतको कूल जनसंख्या ६ करोड ७८ लाख ७८ हजार २७३ जना मध्ये ८० लाख २९ हजार ७५७ जनाको कोरोना परीक्षण भएको देखिन्छ। यो तथ्याङ्क हेर्ने हो भने प्रति ८ जना बराबर एक जनाको कोरोना परीक्षण गरेको देखिन्छ। त्यस्तै ३ लाख ५२ हजार २८९ जना संक्रमित बेलायतीमध्ये मृत्यू हुनेको संख्या ४२ हजार ६४७ जना रहेको छ। संक्रमितमध्ये मृत्यू हुनेको तुलना गर्ने हो भने प्रति ७ जना बराबर एक जनाको मृत्यू भएको देखिन्छ।

भारत : एसियाको शक्तिशाली राष्ट्रमध्ये भारतको कूल जनसंख्या १ अर्व ३७ करोड ९६ लाख ७८ हजार १८३ जना मध्ये ७१ लाख ३७ हजार ७१६ जनाको कोरोना परीक्षण भएको छ। जनसंख्याको आधारमा परीक्षणको मूल्याङ्कन गर्ने हो भने भारतमा प्रति १९३ जना बराबर १ जनाको परीक्षण भएको पाइन्छ। त्यस्तै भारतमा ४ लाख ४० हजार ६८५ जना कोरोना संक्रमित रहेका मध्ये १४ हजार १५ जनाको मृत्यू भएको देखिन्छ। यो औषत मृत्यू हुने प्रति ३१ जना बराबर १ जना रहेको छ।

पाकिस्तान : एसियाकै अर्को राष्ट्र पाकिस्तानको कूल जनसंख्या २२ करोड ७ लाख ६७ हजार ६२८ मध्ये ११ लाख २६ हजार ७६१ जनाको कोरोना परीक्षण भएको देखिन्छ। जनसंख्यासँग तुलना गर्दा प्रति १९५ बराबर एक जनाको परीक्षण भएको छ। त्यस्तै पाकिस्तानमा एक लाख ८५ हजार ३४ जना कोरोना संक्रमित भएको मध्ये ३ हजार ६९५ जनाको मृत्यू भएको छ। संक्रमित र मृत्यू हुनेको तुलना गर्दा प्रति ५० बराबर एक जनाको मृत्यू दर देखिन्छ।

बंगलादेश : एसियाको अर्को राष्ट्र बंगलादेशको कूल जनसंख्या १६ करोड ४६ लाख ४९ हजार ८२४ जनामध्ये ६ लाख ३० हजार ७१९जनाको कोरोना परीक्षण भएको छ। यो औषत प्रति २६१ बराबर एक जाको कोरोना परीक्षण भएको देखिन्छ। त्यस्तै एक लाख १५ हजार ७८६ जना कोरोना संक्रमित मध्ये एक हजार ५०२ जनाको मृत्यू भएको देखिन्छ। यो तथ्याङ्कलाई हेर्ने हो भने बंगलादेशमा कोरोना संक्रमित प्रति ७७ जना बराबर एक जनाको निधन भएको देखिन्छ।

नेपाल : अब नेपालको २३ जुन २०२० सम्मको तथ्याङ्कलाई हेरौं । नेपालको कूल जनसंख्या कूल २ करोड ९१ लाख २१ हजार ९७० मध्ये ४ लाख ४९ हजार ४७४ जनाको कोरोना परीक्षण भएको छ। यसको औषत स्थिति हेर्दा प्रति ६४ बराबर एक जनाको कोरोना परीक्षण भएको देखिन्छ। नेपालमा कोरोनाबाट ९ हजार जना भन्दा बढी संक्रमित भएका छन् भने २३ जनाको मृत्यू भएको छ। यसको औषत स्थिति हेर्दा प्रति ४१५ बराबर १ जनाको मृत्यू भएको देखिन्छ।

केपी शर्मा ओलीले सरकार चलाउन थाले पछि केही तथ्याङ्कहरु बदलिएका छन्। नकारात्मक सूचकहरु तल झर्ने सकारात्मक सूचकहरु माथि उक्लिने गरेका छन्। एकाध प्रसङ्ग छोडेर हेर्ने हो भने प्रधानमन्त्री ओलीले नेपाली जनताको भविष्य सुदृढ बनाउने खालका धेरै काम गर्नु भएको छ। यही कारणले ओली सरकार जनतामाझ लोकप्रिय बनेको छ। लोकप्रिय सरकारलाई लोकप्रिय भन्न नसक्नेहरु अन्टसन्ट तथ्याङ्कहरु अघि सारेर जनतामा भ्रम छर्दैछन्।

अमेरिका, बेलायत, रसियापछि जनसंख्याको अनुपातमा कोरोनाको बढी परीक्षण गर्ने देश नेपाल हो। एसियाको तुलना गर्दा भारत, पाकिस्तान, बंगलादेशभन्दा धेरै परीक्षण गर्ने देश नेपाल हो। दोस्रो धेरै संक्रमित भएको ब्राजिलको भन्दा बढी कोरोना परीक्षण नेपालले गरेको छ। अहिलेसम्मको मृत्यूको अवस्था हेर्ने हो भने यी ८ वटै देशको तुलना गर्दा कोरोना संक्रमितमध्ये मृत्यूबरण गर्नेको अनुपात नेपाल सबैभन्दा कम छ। त्यसकारण प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको नेपालीको इम्यूनिटी पावर बढी भएको तथ्याङ्क सही मान्नुपर्ने हुन्छ। पूर्व स्वास्थ्यमन्त्री गगन थापाजीले आफ्नो आँकडा सफा गरेर हेर्दा राम्रो हुन्छ। तथ्याङ्कले देखाएको स्थिति बारे बोल्न प्रधानमन्त्रीलाई कसैको साहरा लिनु पर्दैन। त्यसकारण संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको इम्यूनिटी पावर अरु देशका जनताकोभन्दा बढी छ भन्नु भएको हो। उहाँलाई यो भन्न कुनै डाक्टर वा विश्लेषक वा विज्ञको हवाला दिन जरुरी छैन।

केपी शर्मा ओलीले सरकार चलाउन थाले पछि केही तथ्याङ्कहरु बदलिएका छन्। नकारात्मक सूचकहरु तल झर्ने सकारात्मक सूचकहरु माथि उक्लिने गरेका छन्। एकाध प्रसङ्ग छोडेर हेर्ने हो भने प्रधानमन्त्री ओलीले नेपाली जनताको भविष्य सुदृढ बनाउने खालका धेरै काम गर्नु भएको छ। यही कारणले ओली सरकार जनतामाझ लोकप्रिय बनेको छ। लोकप्रिय सरकारलाई लोकप्रिय भन्न नसक्नेहरु अन्टसन्ट तथ्याङ्कहरु अघि सारेर जनतामा भ्रम छर्दैछन्।

यस्तो काम पार्टी बाहिर मात्र होइन, पार्टीभित्रैबाट पनि भइरहेको छ। उनीहरुलाई नेकपाको सरकारले राम्रो काम गरेको भन्नु छैन मलाई प्रधानमन्त्री हुन किन दिइएन भन्ने मात्रै देखिन्छ। सायद स्थायी समितिको बैठकले त्यही सन्देश दिएको छ। प्रधानमन्त्री ओलीले अहिले आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक परिवेशमा अहिलेसम्म अरु सरकारले गरेका कामहरुमध्ये सबैभन्दा राम्रो काम गरेको छ। तर, पनि अहिलेसम्मका सरकारहरुले गर्न नसकेका र यो सरकारले पनि गर्न नसकेका केही कामहरु भने अझै गर्न बाँकी छ।

Facebook Comments