परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पुरुष हुनुका फाइदाहरू !

चट्याङ–प्रहार

मेकअपमा पैसा खर्च गरे पुग्छ, मेकअप गर्नु पर्दैन
दाह्री खौरे पुग्छ, पिडौँला खौरनु पर्दैन
नुहाएपछि एउटै तौलिया बेरे पुग्छ
छाती र टाउकामा दुईटा पर्दैन
जिन्दगीभरि एउटै थर भए पुग्छ, दुईटा पर्दैन ।

सिट्ठी बजेको सुन्ने बित्तिकै पछाडि फर्किनु पर्दैन ।
अर्कोले आफूलाई हेर्यो कि हेरेन भन्ने थाहा पाए पुग्छ
कुन चाहिँ अङ्गमा हेर्यो, थाहा पाउनु पर्दैन ।

नयाँ लुगा लगाएको साथीसँग लुगाको मोल सोध्नु पर्दैन
आफ्ना नाक–कानमा आफैँ प्वाल पार्दै सुनका किला ठोक्न पर्दैन
छिटो हिँड्न सकिन्छ, लुगा र गहनाको थुप्रो बोक्नु पर्दैन ।

बाथरुममा रेजर्, साबुन, टुथपेष्ट र बुरुस गरी जम्मा चार चीज भए पुग्छ
पूरै कस्मेटिक पसल खोल्नु पर्दैन
आफ्नु लुगा सधैँ आफैँ लाउन र फुकाल्न सकिन्छ
अर्कामा भर पर्नुपर्दैन ।

सबैजसो लुगामा दुई–चार बगली हुन्छ, छातीमा पैसा घुसार्नु पर्दैन
बोक्नै परे भरिएको गह्रौँ झोला बोकिन्छ रित्तो बोक्न पर्दैन
बोके झोला ठूलै झोला बोकिन्छ, इत्रो (सानो) बोक्नु पर्दैन
पर्समा नोट अटाए पुग्छ, ऐना अटाउन पर्दैन ।
सार्वजनिक शौचालयमा एक्लै जान सकिन्छ, साथी डाक्नु पर्दैन

चार रंगको नाम जान्ने भए पुग्छ, पच्चीस जान्नु पर्दैन
सुतेर उठेपछि सोझै बाहिर गए हुन्छ
फर्किएर ओछ्यान सुम्सुम्याउनु पर्दैन
जुत्ता एक–दुई जोर भए पुग्छ
१ र २ = १२ जोर पर्दैन ।

लुगा लगाउँदा कति छोपियो, सोचे पुग्छ
कति देखियो सोच्नु पर्दैन
आफूलाई कोही मन पर्‌यो भने
आफ्ना बा–आमा छोडेर जानु पर्दैन
बाथरुममा गएर आफु सफा भए पुग्छ ।
बाथरुमलाई पनि सफा पार्नु पर्दैन ।

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

जुत्तामा पालिस लगाए पुग्छ
नङमा लगाउनु पर्दैन
जुत्तामा बुरुस लगाए पुग्छ
गालामा लगाउनु पर्दैन
काला परेलामाथि कालै रंग थप्नु पर्दैन
कालो माथि कालो दलेर जे फरक हुन्छ
त्यो फरक देख्न पर्दैन ।

इस्टमित्र या साथीको नाम थाहा पाए पुग्छ
तिनको वंशावली थाहा पाउनु पर्दैन
सन्तान घरमा छन् कि छैनन्, थाहा पाए पुग्छ
भोकै छन कि अघाए, थाहा पाउनु पर्दैन ।

ल अब भन्नुस् ए हजुर ! 

पुरुष हुँदाका यत्ति धेरै फाइदा थाहा पाएपछि

गोरु, गधा र उल्लू बनेको चाहिँ थाहा पाउनुपर्छ कि पर्दैन?

Facebook Comments