परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सरकार विरोधी सित्तैंको आन्दोलन

फुटानी

ए झुम्री ! लु फुन गरेर भिरघरेलाई बोला बोला । काठमाण्डौंमा अस्ति देखि आन्दोलन सुरु भएको छ ! हाम्रो यो गाउँमा पनि अब आन्दोलन थाल्नु पर्छ ।
के अरे बुढा ! खुस्कियो कि क्या हो तिम्रो पनि दिमाख ! तिमीलाई आन्दोलन गर्न कल्ले लगानी गर्छ ? उनार्को त लगानी गर्ने देश, संस्था, नेता–नेतृ र ब्यक्ति छ र अनि आन्दोलन गर्छ त । तिमी के खा’र आन्दोलन गर्छौ । ढिडो खार खुरुक्क बाख्रालाई घाँस काट्न जाउ !

हैट झुम्री तँ कुरै बुझ्दिनस् । उहाँ संसदबाट नक्शा पास भएपनि भारतसंग बार्ताका लािग नेपाली पक्षलाई कमजोर बनाउन युवाहरुको नाममा अर्कै खालको लफडा सुरु भएको छ ! राजावादी हुँ भन्दै दादागिरी देखाउने हाम्रो उभिण्डे खोलाको कान्छोको फोटो पनि आन्दोलनकारीको अग्रपंक्तिमा छ । तल लिरपुरको रामजनमको भब्य फोटो आन्दोलनको अगाडि नै छ । यी त सरिता गिरीको अभिब्यक्ति सारै ठिक भन्ने मान्छे हुन् । अनि यो फोटो छ नि ! यो हेर्त ! यिनारु त काँग्रेसको युवाहरु हो । किन आन्दोलनमा गयो भनेर भिरघरेलाई सोध्नु प¥यो के !

लल ! म भिरघरेलाई बोलाई दिन्छु्’ भन्दै झुम्रीले भिरघरेलाई फुन गरी ।

ए बुढा तिमी यो राजनीतिको लफडा बुझ्दैनौं । तिमी ढुक्क भए हुन्छ यो आन्दोलनमा ‘लिम्पियाधुरा, लिपुलेक हाम्रै हो’ भन्ने नारा लगाएनन् । सदनबाट नक्शा सम्बन्धित संविधान तुरुन्त पारित गर’ भनेर पनि यिनार्ले भनेन् । किन कि यिर्नालाई राष्ट्रियताको बारेमा, सरकारको पक्षमा बोल्ने अधिकार थिएन र छैन ।

ए झुम्री ! सात–आठ वर्ष अगाडि हाम्रो राजकुमार लेखी भन्ने नेताले जातीय र धार्मिक आन्दोलनलाई मात्र युरोपियन युनियनले लगानी गर्ने अरु आन्दोलनलाई लगानी नगर्ने भनेर ११ करोड फिर्ता लगेको भाषण गर्थे त !

यो भाषण त मैले पनि सुनेकी थिएँ । लेखीले त अशोक राईले आन्दोलन उराल्न नसक्दा पैसा फिर्ता गयो पनि भनेका थिए । बुढा ! अबको आन्दोलन अर्को तरिकाले उठ्छ । लगानी पनि अर्कै तरिकाले अर्कैले गर्छ । सय–पचास जनाले राम्रो कमाउने मौका पाउँछन् । केही सञ्चार माध्यम र लेखकहर्ले पनि कमाउछन् ।

हौ काका–काकी ! के भो ! किन आत्तिदै फुन गरेको !

ए भतिज भिरघरे आई पुगिस् ! हैन तेरो काकाको दिमाख पम्चड हुन लाग्यो अरे ! अनि मैले फुन गर्देको ! यिनलाई सम्झा है भतिज । म बाख्रालाई घाँस काट्न हिडें ।

काका के कुरो हो ! त्यस्तो हतारसंग जान्नु पर्ने ?

त्यस्तो उत्पात खास कुरो केही होइन भिरघरे । यो अहिले ‘स्वस्फूर्द युवा आन्दोलन’ भनेर ‘के जाति र उजाति’ भन्दै छन् नि ! खासमा के हो र कहाँबाट कुन उद्देश्यका लागि सञ्चालित हो भनेर जान्न खोजेको ।

काकालाई पनि सारै खुलदुली लाग्छ । म काँग्रेसको कार्यकर्ता भए पनि ठोकुवा गर्छु यो आन्दोलन वर्तमान सरकारलाई असफल पार्न सुरु गरिएको हो । भरसक केपी ओलीलाई असफल बनाउने योजना, संविधान संशोधन हुन नदिने उद्देश्यका लागि र एमसिसी साथै लिम्पियाधुराले बेग्ला बेग्लै भूमिका निर्वाह गर्दैछन् । काका ! यो पाँच वर्षे स्थायी सरकार हो । यसलाई बिचैमा ढाल्न पाए धमिलो पानीमा माछा मार्न पाइन्थ्यो भन्ने सबैलाई लागेकै छ । यसैको उपज आन्दोलन हो ।

आन्दोलन चै क–कस्ले गरिरा’को छ भतिज !

आन्दोलनमा सबैखाले लाग्छन् काका ! यो उ भन्नै पर्दैन । हाम्रो काँग्रेस यो सरकारका विरुद्ध लाग्नु स्वभाविकै हो । जेसुकैका लागि जस्तोसुकै आन्दोलन भए पनि प्रतिपक्षको कर्तव्य भनेको आन्दोलनलाई साथ दिनु नै हो भन्ने चलन नेपालमा स्थापित भै सकेको छ । अनि अर्को कुरा सरकारले राम्रो काम गरे पनि नराम्रो देख्ने आँखा सरकार विरोधीसंग हुन्छ । अहिलेको आन्दोलन भने ओली विरोधी मात्र होइन संविधान संशोधन विरोधी थियो र त्यही कारणले राष्ट्र विरोधी पनि हो ।

लु…! तेरो काकी पनि आई पुगिछ । ए झुम्री च्या खाउन है अब ।

के को अहिले नै च्या । एकछिन पछि खाउँला । अनि भिरघरे ! अहिलेको स्वस्फूर्रद युवा आन्दोलन त भारतकै रेखदेखेको विरुवा पो भन्छन् नि ! कुरो के हो हँ ?

कुरो ठिकै हो काकी ! आफूले धेरै अघि देखि भोगचलन गर्दै आएको जग्गा, जग्गाधनी आफैंले भोगचलन गर्छु भन्दा गाउँ घरमा त मान्छे रिसाउँछन् । यहाँ त राष्ट्र–राष्ट्र बिचको कुरो छ । त्यसमा पनि यो भारत भन्ने हाम्रो छिमेकी दक्षिण एसियामा दादागिरी गर्दै सबै छिमेकीलाई दुःख दिदै छ ।

अनि भतिज ! सरकारले सिमाना सम्बन्धी प्रमाणहरु जुटाउन समिति गठन गरेर अर्को गल्ती ग¥यो भन्दै छन् त ! त्यो कुरो के हो ?

त्यो पनि सरकारको विरोध गर्नका लागि गरिएको कुरा हो । हिजो संसदबाट चुच्चे नक्सा राख्ने भन्ने सम्बन्धमा संविधान संशोधन भयो । यसपछि भारतसंग वार्ता हुन्छ । नेपालसंग उक्त भूमि हाम्रो हो भन्ने यथेष्ट प्रमाण अहिले पनि छ । अरु छुटपुट प्रमाण भए त्यो पनि भेला गरौं भनेर समिति बनेको हो। तर, विरोधीलाई विरोध गर्न पाएपछि पुग्छ के काका !

हो भतिज ! काठमाण्डौमा भारतीय राजदुताबास छ । भारतका बरद पुत्र–पुत्री यही आफ्नै देशमा छन् र ओली नभए भारतसंग समानताको ब्यवहार खोज्ने कोही छैनन् भन्ने खबर दिल्ली पु¥याउने नेताहरु आफ्नै पार्टीमा छन् भन्ने कुरा यो सरकारले बिर्सिएको छ ।

भ्रष्टाचारको कुरा उठेको छ नि भिरघरे !

हो काकी कुरा उठेको छ । सरकारले पनि केही कमी कमजोरी गरेकै छ । तर, कोरोना भाइरस फैलिएका वखत युवायुवतीको जमघट गराएर मनपरी अश्लिल वाक्यहरु लेखिएका प्लेकार्डहरु बोक्न लगाएर हिसाव खोज्नेहरुसंग नेपाली युवाहरुले नै अब हिसाब खोज्ने छन् र खोज्नु पनि पर्छ ।

अनि गोविन्द केसीका मान्छे पनि आन्दोलन चर्काउन जोड्तोडले लागेका छन अरे त !

सबैतिरका उचालिनेहरु लागेका छन् । केहीले त मजाले कमाउँछन् । खर्च गर आन्दोलन चर्काउ, उत्तेजित नारा लगाउ भन्ने आदेश बमोजिम काम गर्नेहरु नेपालमा थुप्रै छन् । समाजलाई अपाच्य हुने अश्लिल शब्द लेखिएका प्लेकार्ड बोकेर मनपरि नारा लगाउँदैमा हुन्छ । परिवारका सबै एकै ठाउँमा बसेर हेर्न सुन्न नहुने पनि नारा, जुलुस, प्लेकार्ड । हैट !

लौ त काका–काकी म हिडेँ ।

जै नेपाल ।

Facebook Comments