परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दुई–चार पुस्ता बसौँ, खाऊँ !! 

चट्याङ–प्रहार

ए बाबा रे हो, छिट्टै निर्णय गर्न त बाध्य नै पो पार्न लागे, लौन के गरौँ ?

सधैँ झैँ जग हँसाएको भरमा यो बाध्यता नटर्ने भयो अब लौ कसो गरौँ ?

यता फर्किए चितामाथि, उता फर्किए चिहान मुनि जानाजान कसरी जाऊँ ?

जता फर्किएर निर्णय गरे पनि मरिने नै  भए अब एउटा अचुक जुक्ति लाऊँ !!

 

बहादुर र ज्ञानी देखिन पहिले एउटा समिति बनाउने प्रक्रिया शुरु गरौँ  

त्यो प्रक्रिया केही गरी पूरा पनि भैहाले समितिको प्रतिवेदनलाई कुरौं 

सकभर प्रतिवेदन बुझ्न आलटाल गरेर उम्कौँ नभए बुझेर बिर्सौँ 

बिर्सन पनि नदिए प्रतिवेदन अध्ययन गर्न विज्ञ टोली गठन गरौँ 

 

त्यो विज्ञ टोलीमा समानुपातिक प्रतिनिधित्व हुनु पर्नेमा जोड दिन परे दिऊँ  

जनजिब्रोमा बसेको यो गीतमा अरु नाच्न थाले आफू पनि नाचूँ, गाऊँ –बजाऊँ  

सबै जाति, धर्म, भूभाग, वर्ण, वर्गबाट विज्ञ छनौट प्रक्रिया शुरु गरौँ

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

यो प्रक्रिया चल्दै समूहहरूबीच झडप शुरु हुन्छ अनिअर्कै गाना बजाऊँ  

 

जब सिंगो समाज बिथोलिएर पूरै अशान्त बन्छ अनि शान्तिको नारा दिऊँ  

सद्भाव र शान्ति स्थापित गर्न शान्ति आयोगको आवश्यकतामा जोड दिऊँ    

त्यो आयोगमा समानुपातिक प्रतिनिधित्वको महत्त्वबारे जनचेतना जगाऊँ   

जनचेतना जाग्दै गर्छ, आयोग गठन हुँदै गर्छ त्यतिन्जेल टुक्का सुनाऊँ, खाऊँ 

 

त्यसपछि पनि आयोग बनी नै हाल्यो र प्रतिवेदन बुझ्नै परे पनि न आत्तिऊँ 

पुरानै जुक्ति फेरि दोहोर्याउँदै भनूँला  “लौ अब अर्को विज्ञ टोली बनाऊँ”

टोलीको काम हेर्न समिति र त्यसको काम हेर्न “उच्चस्तरीय समिति बनाऊँ “

यस्तो बनाउने क्रममै समय बितिहाल्छ त्यतिन्जेल दुई–चार पुस्ता बसौँ, खाऊँ !! 

Facebook Comments