परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

संजिवनी

कविता (छन्दः शार्दूलविक्रीडित)

काट्टो ख्वाउन खोज्दछौ किन तिमी रुच्तैन भन्दैछु म
बान्ता आउन खोज्छ के जुलुम हो पच्तैन भन्दैछु म।
पोल्टो थाप्न नजाउ ती चिजहरू ठानेर कोक्याउनी
त्यसै दिन्छ र के पराइ जनले ल्याएर संजिवनी? १

घाॅटी चिर्छ चरक्क छिर्छ कसरी आँसी निलौं के गरी
लेपेको छ सुगन्ध बाहिर मिठो वास्ना दिने हर्हरी।
नासो राख्नु मलाइ छैन अरुको पासो छ त्यो मोहिनी
लेला जीवन किन्तु दिन्न अरुले ल्याएर संजिवनी।।२

पल्काई गुलियो, मिठो, जहरिलो लट्याउने दाउ छ
लोलाएपछि हातपाउ वलियो अँठ्याउने दाउ छ।
सिस्नो, साग, पिठो मिसेर खुसीले प्यूँला बरु तन्तनी
खानू छैन जुठोपूरो विरसिलो ठानेर संजिवनी।।३

अन्य आकर्षणहरू

विध्वंसेको धमास !

आफैं न्यास्रिएको विचरा दशैं

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

पूर्णेको जून ल्याउने जमिनमा तारा खसाल्ने कुरा
भन्छौ वस्ति बसाउने शिखरमा सम्याउने टाकुरा।
बाते–बन्दुकले झरेन हँसिलो आकाशको चाॅदनी
अर्काको हनुमान दिन्छ कसरी ल्याएर संजिवनी?४

“साॅढेको दूध पोषिलो, मह मिठो भाले अरिंगालको”
भन्ने भन्छ, सुनिरहन्छ दुनियाॅ, के हो कुराको चुरो?
सारा वस्त्र उतारिए पनि रहून् टोपी, जनै, कन्दनी
भष्मासूर दिँदैन शैलवनको ल्याएर संजीवनी?!५

Facebook Comments