परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बजेन मधुरो सम्बन्धको बाॅसुरी

कविता (छन्दः शार्दूलविक्रीडित )

दावी गौतम बुध्दमा छ कहिले कैले छ आलीतिर

मेरै सुन्दर खेतका रहरिला दाबी छ बालीतिर।

अत्याचार बढी भयो सकस भो थिच्तै गयौ बेसरी

बज्ला शङ्ख बरू बजेन मधुरो सम्बन्धको बाॅसुरी।।१

 

काली पश्चिमको भुभाग लुटियो मेची नदी पूर्वको

सुष्ता दक्षिणको तराइ हरियो आधार ऐश्वर्यको।

त्यत्तिले पनि तुष्ट छैन र अझै, आएछ काली तरी

बज्ला शङ्ख बरू बजेन मधुरो सम्बन्धको बाॅसुरी।।२

 

छाला बाहिर हैन भित्रतक नै तिम्रो छ कालो निलो

तन्देरी उठ फोर्नु पर्छ पिंधको टन्किरहेको पिलो।

निर्धा निर्वल निम्छरा मुलुकमा तिम्रो छ दादागिरी

अन्य आकर्षणहरू

पर्दा उघार्न आओ

नशालु ती आँखा

बल्झिएर रोएँ !

साम्यवादको नक्कली रटान

पश्चाताप

बज्ला शङ्ख बरू बजेन मधुरो सम्बन्धको बाॅसुरी।।३

 

सानो देश भनेर पिल्लर झिकी पस्छौ सिमाना मिची

मारीनन् किन जन्मँदै जननिले घाटी खिरीलो थिची!

कालापानी पुगेर काल तिमिले निम्त्याउदैछौ अरि।

बज्ला शङ्ख बरू बजेन मधुरो सम्बन्धको बाॅसुरी।।४

 

तिम्रो मन्त्र छ ‘सत्यमेव जयते’ आदर्शको रोसनी

मेरो देश मिचि रयौ तर पनि लुक्तै अॅधेरो मुनि।

सीतालाई जलाउने घर लगि बानि छ त्यो आसुरी

बज्ला शङ्ख बरू बजेन मधुरो सम्बन्धको बाॅसुरी।।५

Facebook Comments