परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

इद : स्वच्छ मन र पवित्र हृदयले व्रत बसी अाफू र अाफ्नाे देशका लागि प्रार्थना गरौं

अादरणीय अामा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा नमस्कार साथै मुस्लिम समुदायको महान चाड इदको हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु । मलाई इदको शुभकामना दिनुहुने सम्पूर्ण महानुभावहरूमा धन्यवाद !

देश अहिले अति नै कठिन परिस्थिति सँग गुज्रिरहेको कुरा त हामी समस्त नेपालीमा सर्वविवितै छ। हामी covid-19 को कारण lockdown मा बसेको पनि अब दुई महिना भई सक्याे । यस्तो परिस्थितिमा हाम्रो एक महिने लामाे रमजान सकिएर इद पनि अाएको छ । इद हाम्रो प्रमुख चाड हाे । याे चाड हामीले मस्जिदमा जम्मा भई एक अापसमा शुभकामना अादान प्रदान गर्न सक्ने वातावरण नभएको कारण सदा झै रमजान र इद हर्साैलासमय र तामझामका साथ मनाउन नसके पनि हामीले अा-अाफ्नाे घरमा नै रहेर स्वच्छ मन र पवित्र हृदयले व्रत बसी अाफू र अाफ्नाे देशका लागि प्राथाना गर्याै भन्ने कुरामा म विश्वस्त छु । देशमा एक पछि अर्काे गर्दै समस्या हरू थपिदै अाएका छन covid-19 को समस्या निर्मूल हुन नपाउँदै सिमानाको बिबादले हामीलाई दुःखी बनाएको छ।

हामी नेपाली परापुर्व कालदेखि नै अर्काको अधिनमा बसेको ईतिहासमा कोरिएको छैन र कोर्न पनि दिनु हुँदैन । हामी हाम्रो मातृभूमि प्रति सदैव स्वभिमानी छाै। फलस्वरूप अरू देशले जस्तो हामिले स्वतन्त्रता दिवश मनाउनु परेको छैन किनकी हामी सधैं स्वतन्त्र छाै । नेपाल अामाको रक्षाको लागि हामी सम्पूर्ण नेपालीले एकसाथ सहयात्रा गर्नुपर्छ । सरकारका नराम्रा कामलाई खबरदारी गर्नुका साथसाथै राम्रा स्वागत याेग्य कामलाई प्रसंशा गरी हातेमालाे गर्दै अघि बढ्नु पर्छ।

हामीले जात धर्म र लैङ्गिक कुराहरू झिकेर अनायसै हाम्रो भाईचारामा खलल ल्याउनु पनि हुदैन । हामी हिन्दू, मुस्लिम, बुद्धिष्ट, ईसाई भन्दा पनि पहिलाे एक सच्चा नेपाली हुन जरूरी छ । पुरानाे शब्दमा “चारजात छत्तिस बर्णको साझा फुलबारी” र नयाँ शब्दमा ” सयाै थुङ्गा फूलका हामी एउटै माला नेपाली” भन्ने कुरालाई हामीले शिराेपर गर्न सक्याै भने मात्र देशमा शान्ति र अमन चयन कायम रहिरहने छ।

कुनै पनि बाह्य शक्तिले हस्तक्षेप गर्न सक्ने छैनन् भन्ने मेराे बुझाई हाे । फेरि एक पटक इदको शुभकामना दिदै हाम्रो सिमानामा मिचिएको जमिन हामिलाई फिर्ता हाेस । यसको लागि हामी छिमेकीसँग कुनै पनि प्रकारको जङ्ग लड्नु नपराेस् हामीलाई अनाहकमा यसरी हाम्रो जन्मभूमि माथीको थिचाेमिचाे सह्य हुनै छैन भन्दै हामी नेपालीको रगत राताे मात्र  हैन ताताे पनि छ भन्ने कुरा अगवत गराउँदै अन्त्यमा covid-19 को कारण देश तथा बिदेशमा ज्यान गुमाउनु हुने सम्पूर्णलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै विदा हुन चाहन्छु ।

“जननी जन्मभूमिश्व स्वर्गादपि गरीयसी” !

Facebook Comments