परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

फाइल थरिथरिका

चट्याङ–प्रहार

 

हाकिमका हातमा हुन्छन् दुईथरीका फाइल

गाईफाइल एकथरी, अर्का साँढेफाइल

साँढेफाइल पनि दुई थरि — हान्ने नहान्ने हुन्छन्

हान्ने साँढेफाइल आए नहान्ने चैँ लुक्छन्

हान्नेमा पनि दुईथरी — डाम्या, नडाम्या हुन्छन्

डाम्या हान्ने साढेदेखि बाँकी फाइल लुक्छन्

 

गाईफाइल थरिथरिका — बाच्छी, कोरली ब्याउने,

दुधालु, थारो गाईफाइल, कुन पाल्ने, कुन फाल्ने ?

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

बाच्छी गाईफाइल आए धाप मारेर छाड्छन्

कोरली या ब्याउने आए आफ्नै गोठमा राख्छन्

 

दुधालु गाईफाइल आए कल्चौडामा आखाँ 

ठूलो कल्चौडोलाई तुरुन्तै, सानोलाई भाका !

लात्ती हान्ने, नहान्ने के छ, राम्रोसँग बुझ्छन्

दूध पगार्न नौनी दल्दै ठूलै बाल्टी थाप्छन्

 

थारो, बैला, बुढी फाइल देखे आँखा तर्छन्

लाखौँ त्यस्ता गाईफाइल बर्षैपिच्छे मर्छन् ।

Facebook Comments