परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आखिरी याचना

कविता

यो शरीर थाके पनि

मन नथाकोस् भोलिसम्म ।

यो रात अँध्यारोभित्रै हराओस्

उज्यालो रहिरहोस् भोलिसम्म ।

आशैआशमा झेलिएको यो सास

अडिदेओस् भोलिसम्म ।

रित्तो मेरो मझेरी भरिनेछ बस

उज्यालो भैरहोस् भोलिसम्म ।

 

पुकार गर्दछु हे हरि !

म सबैका आखामा परूँ भोलिसम्म ।

गल्ली खुला होऊन्

मनिसको चहलपहल होस्

मलाई देखेर कसैले भनून्—

आउनुस् भोजन गरेर जानुस्

अन्य आकर्षणहरू

असहाय र न्याय !

बस उज्यालो भैरहोस् भोलिसम्म ।

 

अन्नले तृप्त भै

लामो सास लिई मर्न सकूँ

बस उज्यालो भैरहोस् भोलिसम्म

मागेर चलेको जीवनलाई

लिएर हिँड्न गाह्रो भो ।

दुनियाँ सारा संसार ठप्प भो ।

 

झिनो आशमा भोलिसम्म

यो सास अल्झिन्छ कि

बस उज्यालो भैरहोस् भोलिसम्म

संसार देख्न पाइरहूँ भोलिसम्म !

बस् सास अल्झिरहोस् भोलिसम्म !

Facebook Comments