परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपालको नयाँ नक्शा सार्वजनिक

काठमाडौँ, जेठ ७ । नेपाल सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा आज दिउँसो सार्वजनिक गरेको छ । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन मार्फत् अद्यावधिक नयाँ नक्शा सार्वजनिक गर्नुभएको हो ।

यो नयाँ नक्शा मन्त्रिपरिषद्ले अस्ति सोमबार स्वीकृत गरेको थियो । नेपालले यसअघिसम्म प्रयोग गरेको नक्शामा सुदूर पश्चिमको जिल्ला दार्चुलाका गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेका थिए । पुरानो नक्शामा यी क्षेत्र छुटाइएकाले नेपालको नक्शा दार्चुलाको पश्चिम उत्तरमा खुँडे देखिन्थ्यो भने नयाँ नक्शामा यी क्षेत्र समेटिँदा चुच्चो देखिएको छ ।

यसअघिको नक्शा अनुसार नेपालको कूल भूमि १,४७,१८१ वर्ग किलोमिटर थियो भने अब नयाँ नक्शा अनुसार १,४७,५१६ वर्ग किलोमिटर हुन पुगेको छ ।

 

सरकारले आज सार्वनजनिक गरेको नयाँ नक्शा यस्तो छः

 

पुरानो नक्शा यस्तो थियोः

Facebook Comments