परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

झुक्नै लाग्यो

कविता (छन्द: मन्दाक्रान्ता)

झुक्नै लाग्यो अब मुलुकको शान टेवा नपाए

बोकी झण्डा नरजन सबै साँध खोजी नधाए

थाके हाम्रो गणपति सबै या कसैले थकाए?

बस्दा हामीहरू मुख थुनी शत्रुले देश खाए॥१

 

यो धर्तीको अनुपम मियो धर्मखम्बा हिलाए

साह्रै हेपी अति कहर यो देशलाई दिलाए

नेपालीको पव विगतको धूलमा नै मिलाए

आशा गर्दा पवित पयको कूट कालो पिलाए॥२

 

टिक्ला केले मुलुक जगको दिव्य माटो गुमाए

वैरी आई फल मधुरको मूल हाँगो घुमाए

चिप्लो घस्दा अघिअघि बढी ढाडमा टेक्न पाए

अन्य आकर्षणहरू

हित कसले चिताए?

हाम्रा सिमानाहरू सर्न थाले

म जन्मेको माटो

निशाको कालो प्रहर

कोरोना र जेष्ठ नागरिक

कैँची मारी अति जकडदै सर्प झैँ ठुङ्न आए॥३

 

साना ठूला मुलुक सबको एउटै हुन्छ भाउ

हेप्ने थिच्ने प्रखर अरिको व्यर्थको हुन्छ दाउ

दोषी को हो सबतिर घुमी खोज पत्ता लगाऊ

जस्ले मिच्ला जमिन, दृढ भै खेद वैरी भगाऊ॥४

 

आफ्नै माटो अनधिकृतमा हेर्न को सक्छ रोक्का

दासी जस्तो मनुज नबसौँ खाई अन्याय धोका

आँधीबेरी सरि दिन सकौँ फाल्न फोहोर झोक्का

खोजी आफ्नो हक बरु पुगौं हेगमै खोल्न ढोका॥५

Facebook Comments